Trending
>>   मनमती खोलामाथि बनेका संरचनामाथि महानगरको डोजर (तस्बिरसहित) >>   मन्त्रिपरिषद् बैठकबाट राष्ट्रिय एआई नीति, २०८२ स्वीकृत ,अरु के के भए निर्णय >>   सामाजिक सञ्जाल र इन्टेलिजेन्स विधेयकप्रति काँग्रेसको स्पष्ट विमति छः विश्वप्रकाश शर्मा >>   एमसीसी अन्तर्गतका दुई वटा प्रशारण लाइन निर्माणका लागि ठेक्का सम्झौता >>   काँग्रेस सदैव नवप्रवर्द्धन र प्रविधिमार्फत सामाजिक रुपान्तरणको पक्षमा छः सभापति देउवा >>   पाइलटका पिता भन्छन् : ममाथि ह्यारेसमेण्ट भयो, उसको आत्मा नरोओस् >>   जर्मनीमा बेपत्ता भईन २२ बर्षे रोशनी ! >>   सौर्य एयरलाइन्स दुर्घटना प्रतिवेदनबारे मृतकका आफन्त:पीडितका कुरा सुनिदिए पनि न्याय पाएको अनुभुति हुन्छ >>   अत्याधिक गर्मीले फ्रान्सको जनजीवन प्रभावित >>   मधेसका मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट
Logo
२९ श्रावण २०८२, बिहीबार
२९ श्रावण २०८२, बिहीबार

मुख्य समाचार


उपप्रमुख डंगोलसँग नियोग उपप्रमुख टाकाहिरोको शिष्टाचार भेट

काठमाडौँ । नेपाल र जापान दुई देशका बिचमा कुटनीतिक सम्बन्ध, सहर सहरका विचमा भगिनी सम्बन्ध र नागरिक तहमा पारिवारिक सम्बन्ध स्थापित भएको काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । शिष्टाचार भेटका लागि आउनु भएका नेपालका लागि जापानको दूताबासका नियोग उपप्रमुख तामुरा टाकाहिरोसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

कांग्रेस संसदीय दलको बैठक भोलि

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक बस्ने तय भएको हो । संसदको हिउँदे अधिवेशनमा पार्टीले खुल्नुपर्ने भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।

तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको उद्घाटन

काठमाडौं । कांग्रेस उपसभापति समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पूर्वप्रधानमन्त्री तथा सन्तनेता कृष्णप्रसाद भट्टराई नेपाली राजनीतिमा निष्ठा, समर्पण र त्यागको प्रतिमूर्ति भएको बताएका छन् । ललितपुरमा तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले आफ्नो पूरै जीवन यो देश, देशको माटो, जनता र

मेयर बालेनसँग राजदूत अमेरिकी थम्प्सनको शिष्टाचार भेट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर. थम्प्सनले शिष्टाचार भेट गर्नुभएको छ । प्रमुख शाहको कार्यकक्षमा भएको भेटघाटमा आपसी विषयमा कुराकानी भएको थियो । भेटका क्रममा प्रमुख शाहले भन्नुभयो, ‘आपसी कार्यक्रमका रुपमा हामीले आइटी (सूचना प्रविधि) को तालिम चलाउन सक्छौँ

सुरक्षण मुद्रणको काम नेपालमै गर्न सके राजश्वको ठूलो हिस्सा बाहिर जाँदैनः मन्त्री शर्मा

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुरक्षण मुद्रणको काम नेपालभित्रै गर्नसके राजश्वको ठूलो हिस्सा बाहिर जानबाट रोकिने बताएकी छन् । बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा भएको छलफलमा बोल्दै मन्त्री शर्माले नेपालभित्रै सुरक्षण मुद्रणका काम गर्दा राजस्वको ठुलो हिस्सा बाहिर जानबाट रोकिने बताएकी

अख्तियारले भन्यो-प्रदेश र स्थानीय तहमा आफू अनुकूलका नियुक्ति रोक्नु

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश र स्थानीय तहमा अनुत्पादक र आफू अनुकूलका नियुक्ति रोक्न सर्कुलर जारी गरेको छ । उक्त आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तह र प्रदेशमा सर्कुलर जारी गरेको हो । त्यस्तै, प्रदेश तथा स्थानीय तहहरूमा

संविधान र सङ्घीयता कार्यान्वयनले मात्र प्रदेश बलियो हुन्छ: कानुनमन्त्री जिसी

कर्णाली। कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले संविधान र सङ्घीयता कार्यान्वयनबाट मात्र प्रदेश तथा स्थानीय सरकार बलियो हुने बताएका छन् । संविधानले तीनै तहका सरकारको एकल र साझा अधिकारको व्यवस्था गरेकाले ती अधिकार कार्यान्वयनका लागि मुलतः सङ्घीय सरकारको विशेष भूमिका रहने उनले बताएका हुन्। जिसीले भने, “संविधान

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासँग इजरायलका राजदूतको शिष्टाचार भेट

काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडर गोल्डबर्गरले शिष्टाचार भेट गरेका छन् । राजदूत गोल्डबर्गरले बिहीबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन् । उक्तभेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले शान्ति र अहिंसाको मूलमन्त्र बोकेको नेपालले विश्वभर शान्ति चाहने बताउँदै मध्यपूर्वमा पनि छिटो शान्ति कायम होस्

स्थानीय तहको काम कारबाहीको निगरानी गर्ने छुट्टै संयन्त्र बनाउनुपर्ने माग

काठमाडौं। प्रतिनिधि सभा सदस्यहरूले स्थानीय तहको काम कारबाहीको निगरानी गर्ने छुट्टै संयन्त्र बनाउनुपर्ने माग गरेका छन् । त्यस्तै, संविधानले आवश्यक कानुन बनाउने, योजना तर्जुमा गर्ने, बजेट छुट्याउने, विकास आयोजनाहरूको अनुगमन गर्ने लगायतका अधिकार स्थानीय तहलाई दिएको छ । स्थानीय तहले पाएको यो संवैधानिक अधिकारको प्रयोगको दुरुपयोग भएको र स्थानीय तहमा

विमानस्थल ‘पीपीपी’ मोडेलमा सञ्चालन गर्न अध्ययन समिति गठन

काठमाडौं। सरकारले काठमाडौं, पोखरा, भैरहवा र प्रस्ताव गरिएका अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा सञ्चालन गर्न अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समिति गठन गर्ने प्रस्तावलाई स्वीकृति प्रदान गरेको हो । काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, पोखराको पोखरा अन्तर्राष्ट्रिय

सम्वन्धित समाचारहरु