Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

तालिमका प्रशिक्षार्थीको ‘सिप विकास परीक्षण’ सहरी योजना आयोगले गर्ने


काठमाडौँ । टुँडिखेलमा काठमाडौँ महानगरपालिका सञ्चालन गरिरहेको ‘सिप मेला’मा तालिम लिइरहेको व्यक्तिहरुले प्राप्त गरेको सिपलाई सहरी योजना आयोगले परीक्षण गर्ने भएको छ । तालिमबाट श्रम बजारमा पठाउन योग्य जनशक्ति उत्पादन सुनिश्चित गर्न आयोगले विज्ञसहित अनुगमन गरेर प्रशिक्षार्थीहरुको सिप परीक्षण गर्न लागेको हो । ‘तालिम कार्यक्रम चलाउनका लागि होइन, यो नतिजाका लागि हुनुपर्छ । तालिम लिने व्यक्ति, आफ्नो क्षमता कागजमा होइन, व्यवहारमा देखाउन सक्ने हुनुपर्छ ।

यसका लागि सिप परीक्षण गर्ने योजनामा छौँ ।’ आज मेलाको अवलोकनका लागि जानु भएका सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले भन्नुभयो, ‘सिप विकास तालिमका प्रचलित सूचक र योग्यता निर्धारण विधिको प्रयोग गरेर परीक्षण गर्नेछौँ ।’

‘तालिम प्राप्त गरेका व्यक्तिहरु काम गर्न निपूर्ण हुनुपर्छ । यसका लागि प्राप्त ज्ञान र प्रयोगात्मक सिपको मापन हेर्नेछौँ । प्रशिक्षण विधि, पाठ््यक्रम, सिकाइ विधि र सिकारुहरुमा आउने परिवर्तन हेर्नेछौँ । बजारले माग गरेका जनशक्ति र तालिमबाट प्राप्त योग्यताको स्तर हेर्नेछौँ ।’


प्रकाशित मिति: २७ बैशाख २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?