Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

तालिमका प्रशिक्षार्थीको ‘सिप विकास परीक्षण’ सहरी योजना आयोगले गर्ने


काठमाडौँ । टुँडिखेलमा काठमाडौँ महानगरपालिका सञ्चालन गरिरहेको ‘सिप मेला’मा तालिम लिइरहेको व्यक्तिहरुले प्राप्त गरेको सिपलाई सहरी योजना आयोगले परीक्षण गर्ने भएको छ । तालिमबाट श्रम बजारमा पठाउन योग्य जनशक्ति उत्पादन सुनिश्चित गर्न आयोगले विज्ञसहित अनुगमन गरेर प्रशिक्षार्थीहरुको सिप परीक्षण गर्न लागेको हो । ‘तालिम कार्यक्रम चलाउनका लागि होइन, यो नतिजाका लागि हुनुपर्छ । तालिम लिने व्यक्ति, आफ्नो क्षमता कागजमा होइन, व्यवहारमा देखाउन सक्ने हुनुपर्छ ।

यसका लागि सिप परीक्षण गर्ने योजनामा छौँ ।’ आज मेलाको अवलोकनका लागि जानु भएका सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले भन्नुभयो, ‘सिप विकास तालिमका प्रचलित सूचक र योग्यता निर्धारण विधिको प्रयोग गरेर परीक्षण गर्नेछौँ ।’

‘तालिम प्राप्त गरेका व्यक्तिहरु काम गर्न निपूर्ण हुनुपर्छ । यसका लागि प्राप्त ज्ञान र प्रयोगात्मक सिपको मापन हेर्नेछौँ । प्रशिक्षण विधि, पाठ््यक्रम, सिकाइ विधि र सिकारुहरुमा आउने परिवर्तन हेर्नेछौँ । बजारले माग गरेका जनशक्ति र तालिमबाट प्राप्त योग्यताको स्तर हेर्नेछौँ ।’


प्रकाशित मिति: २७ बैशाख २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?