-राजिव खत्री
स्नेहा लामिछानेसँग बसेर थोरै कुराकानी गरे । उनि दुनियाँका लागि हराएकी थिइन तर आफुले आफुलाई खोज्दै थिइन । पढाईको प्रेसर थियो । इन्जिनियरिङ अध्यायनरत छात्रा, परिक्षामा केहि विषयमा असफल भएपछि विक्षिप्त बनेकी थिइन् । उनका लागि जिन्दगी प्रेसर कुकर जस्तो भई दियो । पढाइको प्रेसर, परिवारको प्रेसर, साथीभाइको प्रेसर । प्रेसरै प्रेसरले धेरै हानेपछि उनले एकान्तबासलाई रोजिन । एक हप्तासम्म दुनियाँ उनको खोजिमा भौतारियो तर उनि भने पशुपति क्षेत्रमा आफुले आफुलाई खोज्दै थिइन । आफुलाई चिन्न खोज्दै थिइन ।
ए प्लसको होडबाजी, किताबको भारी र पढाइको प्रेसरले हाम्रा बच्चाहरु शारीरिक र मानसिक रूपमा थाकेका छन् । हाम्रो शिक्षा देखावटी बन्दै गएको छ । हामी आफैं राम्रो बन्ने भन्दा पनि फोटो एडिट गर्न तिर लागेका छौं । हाम्रो बच्चाहरुले रमाइलो गर्न बिर्सेका छन् । न पढाईमा रमाइलो, न खेलमा रमाइलो । बेस्वादको जिन्दगी महसुस गर्दैछन् । बच्चाहरुले आनन्द लिने र खुशीले शिक्षाको सागरबाट मोती टिप्ने अवसर नै पाएनन् । यहाँ हराएको स्नेहा थिइनन, हाम्रो शिक्षा प्रणाली थियो । हराएको स्नेहा थिइनन, हाम्रो संस्कार थियो । हराएको स्नेहा थिइनन, हाम्रो अभिभावकत्व थियो । हराएको स्नेहा थिइनन, अभिभावकत्व थियो । हराएको स्नेहा थिइनन, राज्य थियो ।
समय यसरी परिवर्तन भईदियो कि सानोमा पढाइको नोट बनाउने प्रेसर, ठुलो भएपछि नोट कमाउने प्रेसर । कुन दिन टाउकोमा सिट्टी लाग्छ थाहा छैन ।
प्रकाशित मिति: २७ बैशाख २०८१, बिहीबार