Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

जुम्लाको स्याउलाई बजारको सुनिश्चितता गर्न सांसद शाहीको माग


काठमाडौ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जुम्लाको स्याउलाई बजारको सुनिश्चितता गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । विदेशी स्याउ आयातमा २ महिना प्रतिवन्ध लगाउन पनि उहाँको माग छ । उनले विदेशी स्याउमा विभिन्न विषादी मिसाइएको कारण स्वास्थ्यमा समस्या देखिने तथा स्वदेशी स्याउले उचित मूल्य नपाउने भएको कारण स्वदेशी स्याउको लागि बजार सुनिश्चित गर्न माग गरे । उनले सबै सांसद एवं संसद सचिवालयका कर्मचारीहरुलाई समेत जुम्लाको स्याउ किनिदिन आग्रह गरे । सांसद शाहीले स्याउ विक्रीका लागि राजधानी ल्याउँदा बाटो प्रहरीले जाँचको नाममा हेरानी गर्ने गरेको भन्दै गृहमन्त्री रमेश लेखकको समेत ध्यानाकर्षण गराएका छन् ।

उनले भने, ‘जुम्लाको स्याउ बजारमा आएको छ । सबै माननीयज्यूहरुले किनिदिनुहोला । अहिले मात्रै विदेशी स्याउ आइराखेको छ । त्यसले हाम्रो जुम्लाको स्याउलाई बजारिकरण गर्न गाह्रो पारेको छ । अघिल्लो महिनामात्रै डेढ अर्ब स्याउ आयात भएको छ । त्यसको क्वारेन्टाइन चेक नगरिकन यहाँ नल्याउनुहोला । सकभर एकदुई महिना विदेशी स्याउ आयात रोकिदिनुहोस् । त्यो भयो भने जुम्लाको स्याउले मार्केट पाउँछ र किसाले पैसा पाउँछ ।’

सरकारले गुणस्तर जाँच गरेर मात्र विदेशी स्याउ आयात गर्नुपर्नेमा उनको जोड छ ।


प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?