Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

जुम्लाको स्याउलाई बजारको सुनिश्चितता गर्न सांसद शाहीको माग


काठमाडौ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जुम्लाको स्याउलाई बजारको सुनिश्चितता गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । विदेशी स्याउ आयातमा २ महिना प्रतिवन्ध लगाउन पनि उहाँको माग छ । उनले विदेशी स्याउमा विभिन्न विषादी मिसाइएको कारण स्वास्थ्यमा समस्या देखिने तथा स्वदेशी स्याउले उचित मूल्य नपाउने भएको कारण स्वदेशी स्याउको लागि बजार सुनिश्चित गर्न माग गरे । उनले सबै सांसद एवं संसद सचिवालयका कर्मचारीहरुलाई समेत जुम्लाको स्याउ किनिदिन आग्रह गरे । सांसद शाहीले स्याउ विक्रीका लागि राजधानी ल्याउँदा बाटो प्रहरीले जाँचको नाममा हेरानी गर्ने गरेको भन्दै गृहमन्त्री रमेश लेखकको समेत ध्यानाकर्षण गराएका छन् ।

उनले भने, ‘जुम्लाको स्याउ बजारमा आएको छ । सबै माननीयज्यूहरुले किनिदिनुहोला । अहिले मात्रै विदेशी स्याउ आइराखेको छ । त्यसले हाम्रो जुम्लाको स्याउलाई बजारिकरण गर्न गाह्रो पारेको छ । अघिल्लो महिनामात्रै डेढ अर्ब स्याउ आयात भएको छ । त्यसको क्वारेन्टाइन चेक नगरिकन यहाँ नल्याउनुहोला । सकभर एकदुई महिना विदेशी स्याउ आयात रोकिदिनुहोस् । त्यो भयो भने जुम्लाको स्याउले मार्केट पाउँछ र किसाले पैसा पाउँछ ।’

सरकारले गुणस्तर जाँच गरेर मात्र विदेशी स्याउ आयात गर्नुपर्नेमा उनको जोड छ ।


प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?