Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

बजेट विनियोजन गर्दा सरकारले झापालाई मात्रै नेपाल देख्छः सांसद तामाङ


काठमाडौ।नेकपा (माओवादी केन्द्र)की सांसद छिरिङ ल्हामु लामा तामाङले कर्णाली प्रदेशलाई विकास बजेटमा बेवास्ता गरिएको भन्दै सरकारप्रति कटाक्ष गरेकी छिन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले बजेट विनियोजन गर्ने समयमा सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापालाई मात्र नेपाल देख्ने गरेको टिप्पणी गरिन् । उनले कर्णाली क्षेत्रका सडकलगायत भौतिक पूर्वाधारमा पर्याप्त स्रोत नछुट्याएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराइन् । उनले कर्णालीको विकास नगरी समृद्ध नेपाल सम्भव नरहेको कुरा आफूहरु उठाउँदै आएको भएपनि सरकारले सुन्न नचाहेको बताइन् ।

उनले भने, ‘सरकारले कर्णाली क्षेत्रका सडकमा बजेट र साधन स्रोत उपलब्ध गराउँदैन । बजेट विनियोजन गर्दा झापालाई नेपाल देख्छ । तर सम्माननीय प्रधानमन्त्रीज्यूलाई यो सदनबाट हामी कर्णालीबाट प्रतिनिधित्व गर्ने माननीयहरुले कर्णाली भनेको नेपालसहितको भूगोल हो, कर्णालीको विकास नगरी समृद्ध नेपाल बन्दैन भनेर पटक पटक भनिरहेका छौं । प्रधानमन्त्रीज्यूले अधुरा तथ्यको साहारा लिँदै, कार्यकर्ताको मगन्ते कुरा सुन्दै कर्णालीको विकासका बारेमा धारणा बनाएर गलत व्याख्या गर्नुहुन्छ । त्यसैले प्रधानमन्त्रीलाई सदनका सबै बैठकमा अनिवार्य रुपमा सदनमा उपस्थित हुने व्यवस्था गरियोस् ।’

उनले प्रधानमन्त्री ओलीले कर्णालीको विकासबारे अधुरा तथ्यका आधारमा धारणा बनाएको भन्दै आपत्ति जनाइन् । प्रधानमन्त्री सदनको बैठकमा नियमित उपस्थित रहनुपर्ने व्यवस्था गर्नुपर्ने उनको माग छ ।


प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?