Trending
>>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग >>   प्रधानमन्त्री राहत कोषको हिसाबकिताब खोज्दै एमाले सांसद कँडेल >>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

मुख्यमन्त्री र प्रधानमन्त्रीमा प्रत्यक्ष निर्वाचिन हुनुपर्छः एमाले नेता थपलिया


काठमाडौ। नेकपा एमाले वागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले देशको कार्यकारी पद अर्थात मुख्यमन्त्री र प्रधानमन्त्री पदमा प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्नुपर्ने प्रश्ताव अघि बढाएका छन् ।

उनले यो व्यवस्था संविधानमै सुनिश्चित गर्न आवश्यक रहेको धारणा राखेका हुन् । हेटौंडास्थित प्रदेशसभा परिसरमा कुराकानी गर्दै थपलियाले प्रत्यक्ष निर्वाचन प्रणालीले सरकारलाई पाँच वर्षसम्म ढुक्कसँग काम गर्ने वातावरण दिन्छ र जनतासँगको अपनत्व पनि बढाउँछ भन्ने विश्वास व्यक्त गरेका छन् । सरकार स्थिर रहनसक्यो भने विकास निर्माणका कुराहरू पनि निरन्तर रूपमा अघि बढ्नसक्ने बताए । त्यसैले अब संविधानमै आवश्यक संशोधन गरेर यस्तो प्रणालीमा जानुपर्ने बेला आएको उनको भनाइ छ ।

थपलियाले अहिलेको राजनीतिक प्रणालीमा सरकार ढल्ने, समर्थन फिर्ता हुने र बारम्बार सत्ता परिवर्तन हुने क्रमले विकासको गति अवरुद्ध भएको उल्लेख गरे । प्रत्यक्ष निर्वाचन प्रणालीबाट जनप्रतिनिधि आउँदा जनताले आफैंले चुनेको नेतृत्वसँग प्रत्यक्ष रूपमा हिसाव—किताव माग्नसक्ने वातावरण बन्ने भन्दै उनले उक्त प्रणाली लोकतान्त्रिक अभ्याससँग पनि मेल खाने बताएका छन् ।

उनले पार्टीभित्र देखिएको आन्तरिक बहस स्वाभाविक प्रक्रिया भएको बताए ।


प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?