Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

महानगरको बजेट गर्न तर्जुमा गर्न छलफल सुरु


काठमाडौँ । आर्थिक बर्ष २०८१/८२ का लागि बजेट तथा कार्यक्रम तर्जुमा गर्न छलफल सुरु भएको छ । वैशाख १० गते महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को वैठकले आर्थिक बर्ष २०८१/८२ का लागि मार्गदर्शन पारित गरेपछि त्यही मार्गदर्शनका आधारमा उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा रहेको ‘बजेट तर्जुमा समिति’ले विषयगत समितिसँग छलफल सुरु गरेको हो ।

बैठकमा उपप्रमुख डंगोलले कार्यक्रम छनोट आवश्यकताको प्राथमिकीकरण गरेर तत्काल चाहिने, कार्यान्वयन गर्न सकिने योजना छान्नु पर्ने बताउनुभयो । वैठकका निर्णयका बारेमा जानकारी गराउँदै उहाँले भन्नुभयो, ‘विषयगत समितिहरुको बैठकबाट चालु आर्थिक बर्षको समीक्षा र आगामी वर्षका कार्यक्रमको प्रस्ताव ल्याउने र यसरी आएका विवरणहरुलाई संकलन तथा ढाँचामा राख्न योजना अनुगमन तथा मूल्याङ्क एकाइका प्रमुख सुमित्रा लामिछाने सुवेदीको संयोजकत्वमा बजेट तथा अनुगमन महाशाखा प्रमुख विकास चित्रकार र मानव संशाधन विकास महाशाखा प्रमुख प्रवीण प्याकुरेल सदस्य रहेको समितिलाई जिम्मेवारी दिइएको छ ।’

बैठकमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बजेट सीमा र बजेट तथा कार्यक्रम तर्जुमा मार्गदर्शन बारे अवगत गराउनुभएको थियो । त्यसपछिको छलफलमा प्रवक्ता नविन मानन्धर, सामाजिक समितिका संयोजक रामकुमार के. सी., सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जन, विधायन समितिका संयोजक मचाराजा महर्जन, राजस्व समितिका संयोजक नवराज पराजुली, वित्त समितिका संयोजक रामजी भण्डारी, भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकार र कृषि, सहकारी तथा पशुपन्छी व्यवस्था समितिका संयोजक रामजी भण्डारीले धारणा राख्नुभएको थियो ।

काठमाडौँमा भौतिक पूर्वाधारका काम गर्न सकिने समय, योजनाको कार्यान्वयन गर्न आवश्यक प्रक्रियाको चरण र अवस्था, केन्द्र र वडागत रुपमा हुने कार्यक्रमको सम्बन्ध जस्ता पक्षमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । यस्तै सामाजिक विकास, स्वास्थ्य, शिक्षा, वातावरणीय सुधारजस्ता आधारभूत आवश्यकताका विषयमा उहाँहरुको जोड थियो ।


प्रकाशित मिति: २७ बैशाख २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?