बर्लिन । जर्मनीको हाइडेलबर्ग विश्वविद्यालयमा सुरक्षित राखिएका नेपालका ८०० भन्दा बढी ऐतिहासिक पाण्डुलिपि नेपाल फिर्ता हुने भएका छन्। बर्लिनस्थित नेपाली राजदूतावास र हाइडेलबर्ग विश्वविद्यालयबीच भएको सम्झौतापछि ती सामग्री नेपाल पठाउने प्रक्रिया अघि बढाइएको हो। शुक्रबार जर्मनीका लागि कार्यवाहक राजदूत सागर प्रसाद फुयाल र विश्वविद्यालयका प्राध्यापक डा. एक्सेल मिखाइल्सबीच ‘सेन्टर फर एसियन
काठमाडौँ । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय सम्पती छानबिन आयोगले काम अघि बढाउन बाटो खुलेको छ । आयोगलाई काम अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कार्यदेश दिएको हो । कार्यदेशअनुसार सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त वा हटिसकेका उच्च पदाधिकारीहरूको स्वदेश तथा विदेशमा
काठमाडौँ । रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सहकारी सम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। राष्ट्रपतिको कार्यालय द्वारा जारी विज्ञप्तिअनुसार “सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३” वैशाख १७ गते औपचारिक रूपमा जारी गरिएको हो। यससँगै सहकारी क्षेत्रको व्यवस्थापन, नियमन तथा सुधारका लागि सरकारको
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बुद्ध दर्शनलाई व्यवहारमा रुपान्तरण गर्न सकेमात्रै दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्न सकिने बताएका छन् । बिहीवार ललितपुरमा आयोजित बौद्ध सभालाई सम्बोधन गर्दै उनले बुद्धका अहिंसामैत्री, करणा र प्रज्ञाका सन्देशलाई व्यवहारमा रुपान्तरण गर्न सकेमा मात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण हुने राष्ट्रपति पौडेलले
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले बुद्ध दर्शन विश्वमा शान्ति स्थापना गर्ने सबैभन्दा शक्तिशाली हतियार भएको बताएका छन् । बिहीवार ललितपुरमा आयोजित बौद्ध सभामा बोल्दै मन्त्री पौडेलले बुद्धको दर्शन व्यक्तिगत साधनाबाट सुरु भएर विश्व कल्याणमा पुग्ने पवित्र मार्ग बन्ने बताएका छन् । त्यस अवसरमा उनले सबैलाईं सकारात्मक
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलका सदस्य मोहनलाल आचार्यले विद्यमान निर्वाचन पद्धति अत्यन्त खर्चिलो भएको बताएका छन् । बिहीवार निर्वाचन पर्यवेक्षण निकायहरूद्वारा आयोजित प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उनले विद्यमान निर्वाचन पद्धति अत्यन्त खर्चिलो भएको बताएका छन् । उनले यसले राजनीतिमा सुशासनभन्दा विकृति निम्त्याएको
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुकुम्बासी समस्या समाधानका क्रममा कुनैपनि वास्तविक नागरिकलाई घरबारविहीन नबनाइने प्रतिवद्धता व्यक्त गरेका छन् । खोला किनारका जोखिमपूर्ण र गैरकानूनी रूपमा हडपिएका क्षेत्रहरू खाली गराउने कदम चालिएको स्पष्ट पार्दै उनले राज्यको यो कदम नागरिकको सुरक्षा र कानूनी प्रणाली स्थापित गर्नका लागि
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पूर्वगृहमन्त्री सुधन गुरुङमाथी छिट्टै छानविन गर्ने बताएका छन् । बुधवार बसेको संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले छानविन प्रक्रिया छिट्टै शुरु हुने जानकारी दिएका छन् । गुरुङले नै आफूमाथी छानविनको माग गरेको उनले बताएका छन् । उनकाअनुसार कुन प्रक्रियाबाट छानविन
काठमाडौँ । चिनियाँ सहयोगमा चक्रपथ विस्तारको दोस्रो चरणको काम अघि बढ्ने भएको छ । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता बुधवार औपचारिक रूपमा सम्पन्न भएसँगै चक्रपथ विस्तारको काम अघि बढ्न बाटो खुलेको हो । भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदुत
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्याको दीर्घकालीन समाधान असम्भव रहेको बताएका छन् । सुकुम्बासीको परिभाषा दिँदै आफ्नो स्वामित्वमा एक चपरी जमिन पनि नभएको र बस्ने ठाउँ कतै नभएका व्यक्ति नै वास्तविक सुकुम्बासी भएको बताएका छन् । नेता खनालले राष्ट्रिय