Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्रीसँगको समन्वयमा कुनै समस्या छैन, ‘बाइपास’ गरिएको चर्चा अफवाह मात्रः अर्थमन्त्री डा. वाग्ले


काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र साहसँग आर्थिक एजेण्डामा नजिकको समन्वय भइरहेको दाबी गर्दै बाहिर फैलाइएका अफवाहको पछि नलाग्न उद्यमीहरुलाई आग्रह गरेका छन् । केही समययता प्रधानमन्त्री शाहले निजी क्षेत्रसँग गरेको छलफलमा अर्थमन्त्री वाग्ले अनुपस्थित रहेका छन् । निजी क्षेत्रसँगको छलफलमा अर्थ मन्त्रालयको नेतृत्व गरिरहेका डा वाग्लेलाई प्रधानमन्त्रीले बेवास्ता गरेका समाचारहरु प्रकाशित भएपछि उनले मंगलवार अर्थ मन्त्रालयमा उद्यमीसँगको छलफलमा यस्तो प्रष्टिकरण दिएका हुन् । उनले आर्थिक मुद्दामा प्रधानमन्त्रीको तहबाट लामो समययताकै सबैभन्दा गहिरो चासो र समन्वय भइरहेको पनि स्पष्ट पारेका छन् । उनले प्रधानमन्त्री स्वयं निजी क्षेत्रसँग निरन्तर संवादमा रहेको तथा उद्यमी–व्यवसायीले उठाएका विषयमा तत्काल आफू तथा सम्बन्धित मन्त्रीहरूसँग समन्वय र फलोअप गर्ने गरेको बताएका छन् । उनले सरकार निजी क्षेत्रको लगानी सुरक्षित गर्न तथा प्रतिफलको सुनिश्चितता दिने कुरामा प्रतिवद्ध रहेको दोहोर्याएका छन् । उनले भने, ‘अब हाम्रो साझा एजेन्डा भनेको इन्भेस्टमेन्ट नै हो । सम्माननीय प्रधानमन्त्रीज्यू स्वयं निजी क्षेत्रसँग निरन्तर संवादमा हुनुहुन्छ । मुख्य विषयहरूमा उहाँले सोझै र तत्काल म लगायतका मन्त्रीहरुसँग फलोअप गरिरहनुभएको छ । बजारमा एउटा मसला भाछ अर्थमन्त्री देखिएन भन्ने छ । यो सोझै सम्माननीयज्यूसँग यहाँहरूको प्रत्यक्ष ’नो फिल्टर’, ‘नो इन्टरमिडियसन’ सोझै होस् भन्ने व्यवसायी र प्रधानमन्त्रीज्यूको चाहना पनि छ । प्रधानमन्त्रीज्यू आफै पनि त्यति सार्वजनिक कार्यक्रमहरूमा नदेखिने भएको हुनाले हामीले यो काम सल्लाहमा नै गरेका हौँ । व्यवसायी तथा उद्यमीले उठाएका प्रधान मुद्दाहरू जहिले पनि उहाँले सिधै हामीलाई फोन गरेर ‘यो यस्तो रहेछ नि, फलानो वस्तुको दर यस्तो रहेछ नि’ भनेर डिटेलमा बुझ्नुहुन्छ । हाम्रो कुरामा निरन्तर संवाद पनि भइरहेको हुन्छ । प्रत्येक क्याबिनेट पछि प्रधानमन्त्रीज्यूसँग म बस्छु । तर बजारमा चाहिँ अनेक अफवाहहरू, झुठहरू फैलाइन्छ । यो सब कुराहरु पत्याउन छोडिसके जस्तो लाग्छ । यति क्लोज कोर्डिनेसनमा आर्थिक मुद्दाहरूमा सायद प्रधानमन्त्रीकै तहमा यति गहिरो चासो राखिएको यो धेरै लामो समय पछि हो । अर्थमन्त्री–प्रधानमन्त्रीको क्लोज कोर्डिनेसन डिस्कसनमा यो कुराहरू भइराखेका छन् । बजारका हल्लाहरूको पछाडि नलागिदिनुहोला ।’ उनले मुलुकका आर्थिक मुद्दाहरुमा प्रधानमन्त्री साहसँग निरन्तर गहिरो छलफल भइरहेको भन्दै बजारका हल्लाहरुको पछाडि नलाग्न आग्रह गरेका छन् ।

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र साहसँग आर्थिक एजेण्डामा नजिकको समन्वय भइरहेको दाबी गर्दै बाहिर फैलाइएका अफवाहको पछि नलाग्न उद्यमीहरुलाई आग्रह गरेका छन् ।

केही समययता प्रधानमन्त्री शाहले निजी क्षेत्रसँग गरेको छलफलमा अर्थमन्त्री वाग्ले अनुपस्थित रहेका छन् । निजी क्षेत्रसँगको छलफलमा अर्थ मन्त्रालयको नेतृत्व गरिरहेका डा वाग्लेलाई प्रधानमन्त्रीले बेवास्ता गरेका समाचारहरु प्रकाशित भएपछि उनले मंगलवार अर्थ मन्त्रालयमा उद्यमीसँगको छलफलमा यस्तो प्रष्टिकरण दिएका हुन् । उनले आर्थिक मुद्दामा प्रधानमन्त्रीको तहबाट लामो समययताकै सबैभन्दा गहिरो चासो र समन्वय भइरहेको पनि स्पष्ट पारेका छन् । उनले प्रधानमन्त्री स्वयं निजी क्षेत्रसँग निरन्तर संवादमा रहेको तथा उद्यमी–व्यवसायीले उठाएका विषयमा तत्काल आफू तथा सम्बन्धित मन्त्रीहरूसँग समन्वय र फलोअप गर्ने गरेको बताएका छन् । उनले सरकार निजी क्षेत्रको लगानी सुरक्षित गर्न तथा प्रतिफलको सुनिश्चितता दिने कुरामा प्रतिवद्ध रहेको दोहोर्याएका छन् ।

उनले भने, ‘अब हाम्रो साझा एजेन्डा भनेको इन्भेस्टमेन्ट नै हो । सम्माननीय प्रधानमन्त्रीज्यू स्वयं निजी क्षेत्रसँग निरन्तर संवादमा हुनुहुन्छ । मुख्य विषयहरूमा उहाँले सोझै र तत्काल म लगायतका मन्त्रीहरुसँग फलोअप गरिरहनुभएको छ । बजारमा एउटा मसला भाछ अर्थमन्त्री देखिएन भन्ने छ । यो सोझै सम्माननीयज्यूसँग यहाँहरूको प्रत्यक्ष ’नो फिल्टर’, ‘नो इन्टरमिडियसन’ सोझै होस् भन्ने व्यवसायी र प्रधानमन्त्रीज्यूको चाहना पनि छ । प्रधानमन्त्रीज्यू आफै पनि त्यति सार्वजनिक कार्यक्रमहरूमा नदेखिने भएको हुनाले हामीले यो काम सल्लाहमा नै गरेका हौँ । व्यवसायी तथा उद्यमीले उठाएका प्रधान मुद्दाहरू जहिले पनि उहाँले सिधै हामीलाई फोन गरेर ‘यो यस्तो रहेछ नि, फलानो वस्तुको दर यस्तो रहेछ नि’ भनेर डिटेलमा बुझ्नुहुन्छ । हाम्रो कुरामा निरन्तर संवाद पनि भइरहेको हुन्छ । प्रत्येक क्याबिनेट पछि प्रधानमन्त्रीज्यूसँग म बस्छु । तर बजारमा चाहिँ अनेक अफवाहहरू, झुठहरू फैलाइन्छ । यो सब कुराहरु पत्याउन छोडिसके जस्तो लाग्छ । यति क्लोज कोर्डिनेसनमा आर्थिक मुद्दाहरूमा सायद प्रधानमन्त्रीकै तहमा यति गहिरो चासो राखिएको यो धेरै लामो समय पछि हो । अर्थमन्त्री–प्रधानमन्त्रीको क्लोज कोर्डिनेसन डिस्कसनमा यो कुराहरू भइराखेका छन् । बजारका हल्लाहरूको पछाडि नलागिदिनुहोला ।’

उनले मुलुकका आर्थिक मुद्दाहरुमा प्रधानमन्त्री साहसँग निरन्तर गहिरो छलफल भइरहेको भन्दै बजारका हल्लाहरुको पछाडि नलाग्न आग्रह गरेका छन् ।


प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?