Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक दाहाल


काठमाडौँ।नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशको राष्ट्रिय स्वाधीनतामाथि संकट आएको बताएका छन् । शनिवार नरबहादुर कर्माचार्यको १३ औं स्मृति दिवसमा पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा बोल्दै संयोजक दाहालले अहिले कम्युनिष्ट आन्दोलनले एउटा धक्का खाएको र कम्युनिष्ट आन्दोलनलाई फेरि एकतावद्ध गर्न जरुरी रहेको उल्लेख गरेका छन् । कम्युनिष्ट आन्दोलनलाई फेरि पुनर्जीवित गर्ने र देशको नेतृत्व लिने सङ्कल्प गर्नुपर्ने समय आएको र देशको स्वाधीनतामाथि आइपरेको सङ्कट समाधान गर्न, म्युनिष्ट आन्दोलनमाथि आएको असाधारण अप्ठ्यारो परिस्थितिको सामना गर्न र कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरी रहेको बताएका छन् । दाहालले भने, ‘अहिले नेपालको कम्युनिष्ट आन्दोलनले एउटा धक्का खाएको बेलामा हामीले कमरेड पुष्पलाल, कमरेड नरबहादुर कर्माचार्य जस्ता नेताहरूलाई स्मरण गर्दै कम्युनिष्ट आन्दोलनलाई फेरि एकतावद्ध गर्ने, कम्युनिष्ट आन्दोलनलाई फेरि पुनर्जीवित गर्ने र देशको नेतृत्व लिने सङ्कल्प गर्नुपर्ने अहिले अवस्था छ । जतिबेला हामी कमरेड पुष्पलाल वा कमरेड नरबहादुर कर्माचार्यप्रति श्रद्धा र सम्मान प्रकट गर्छौँ, यतिबेला हाम्रो लागि यो औपचारिक कार्यक्रमजस्तो मात्रै छैन । औपचारिकता पूरा गरेजस्तो मात्रै होइन । हामीले साँच्चै नै देशमा अहिले राष्ट्रिय स्वाधीनतामाथि आइपरेको सङ्कट समाधान गर्ने, कम्युनिष्ट आन्दोलनमाथि आएको असाधारण अप्ठ्यारो परिस्थितिको सामना गर्ने, कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्ने र देशमा देखापरेको निरङ्कुश प्रवृत्तिका विरुद्ध, निरङ्कुशताका विरुद्ध फेरि एकचोटि सङ्घर्ष गर्ने दृढ अठोट गर्ने, सङ्कल्प गर्ने कुरा पनि हो यो श्रद्धाञ्जलि वा सम्मान कार्यक्रम, हामी सबैले यसलाई त्यसै रूपमा लिनुपर्छ ।’ संयोजक दाहालले देशमा निरंकुश प्रवृत्ति देखापरेको र त्यसकाविरुद्धमा एक पटक पुनः संघर्ष गर्नुपर्ने अवस्था आएको जिकिर गरेका छन् ।

काठमाडौँ।नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशको राष्ट्रिय स्वाधीनतामाथि संकट आएको बताएका छन् ।

शनिवार नरबहादुर कर्माचार्यको १३ औं स्मृति दिवसमा पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा बोल्दै संयोजक दाहालले अहिले कम्युनिष्ट आन्दोलनले एउटा धक्का खाएको र कम्युनिष्ट आन्दोलनलाई फेरि एकतावद्ध गर्न जरुरी रहेको उल्लेख गरेका छन् । कम्युनिष्ट आन्दोलनलाई फेरि पुनर्जीवित गर्ने र देशको नेतृत्व लिने सङ्कल्प गर्नुपर्ने समय आएको र देशको स्वाधीनतामाथि आइपरेको सङ्कट समाधान गर्न, म्युनिष्ट आन्दोलनमाथि आएको असाधारण अप्ठ्यारो परिस्थितिको सामना गर्न र कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरी रहेको बताएका छन् ।

दाहालले भने, ‘अहिले नेपालको कम्युनिष्ट आन्दोलनले एउटा धक्का खाएको बेलामा हामीले कमरेड पुष्पलाल, कमरेड नरबहादुर कर्माचार्य जस्ता नेताहरूलाई स्मरण गर्दै कम्युनिष्ट आन्दोलनलाई फेरि एकतावद्ध गर्ने, कम्युनिष्ट आन्दोलनलाई फेरि पुनर्जीवित गर्ने र देशको नेतृत्व लिने सङ्कल्प गर्नुपर्ने अहिले अवस्था छ । जतिबेला हामी कमरेड पुष्पलाल वा कमरेड नरबहादुर कर्माचार्यप्रति श्रद्धा र सम्मान प्रकट गर्छौँ, यतिबेला हाम्रो लागि यो औपचारिक कार्यक्रमजस्तो मात्रै छैन । औपचारिकता पूरा गरेजस्तो मात्रै होइन । हामीले साँच्चै नै देशमा अहिले राष्ट्रिय स्वाधीनतामाथि आइपरेको सङ्कट समाधान गर्ने, कम्युनिष्ट आन्दोलनमाथि आएको असाधारण अप्ठ्यारो परिस्थितिको सामना गर्ने, कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्ने र देशमा देखापरेको निरङ्कुश प्रवृत्तिका विरुद्ध, निरङ्कुशताका विरुद्ध फेरि एकचोटि सङ्घर्ष गर्ने दृढ अठोट गर्ने, सङ्कल्प गर्ने कुरा पनि हो यो श्रद्धाञ्जलि वा सम्मान कार्यक्रम, हामी सबैले यसलाई त्यसै रूपमा लिनुपर्छ ।’

संयोजक दाहालले देशमा निरंकुश प्रवृत्ति देखापरेको र त्यसकाविरुद्धमा एक पटक पुनः संघर्ष गर्नुपर्ने अवस्था आएको जिकिर गरेका छन् ।


प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?