Trending
>>   तनहुँका १४ हजार छात्रालाई एचपीभी खोप लगाइँदै >>   गोरखामा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु >>   रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने >>   कालीगण्डकीमा तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण >>   कस्तो रहला आज दिनभरको मौसम ? >>   आज मिति २०८१ साल माघ ०९ गते बुधबार,हेर्नुहोस आजको राशिफल >>   केपी ओलीले फेस गर्न सकेनन मलाई : हर्क साम्पाङ्ग >>   नेपालका अदालतहरुको कार्यसम्पादन अब्बल छः कानूनमन्त्री चौरसिया >>   मुद्दा चलाउने प्रक्रियामा प्रधानमन्त्रीको हस्तक्षेप छैनः महान्यायाधिवक्ता वडाल >>   धराने जनताको खानेपानी समस्या चालु वर्षभित्रै समाधान हुन्छ : खानेपानीमन्त्री यादव
Logo
९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार

मुख्य समाचार


कांग्रेसको गैरसरकारी संस्था समन्वय विभागमा थप सदस्य मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको गैरसरकारी संस्था समन्वय विभागको सदस्यमा व्यक्तिलाई मनोनयन गरेका छन् । उनले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य डा. रणबहादुर रावल प्रमुख रहेको उक्त विभागमा आज सदस्य मनोनीत गरेका हुन् ।

इलाम–२ मा भिड्दै एमाले- माओवादीः माओवादीबाट चार नाम सिफारिस

काठमाडौं । इलाम–२ को उम्मेदवारका लागि माओवादीबाट चार जनाको नाम सिफारिस भएको छ । प्रदेश समितिले जिल्ला समन्वय समिति इलामको सिफारिसको आधारमा चार जनाको नाम केन्द्रमा पठाएको बताइएको छ । माओवादीका कोशी प्रदेश अध्यक्ष हर्क बहादुर नेम्वाङका अनुसार केन्द्रीय सदस्य धिरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको

‘अन्तर निकाय समन्वय कार्यविधि’ तर्जुमा गर्न ५ सदस्यीय समिति

काठमाडौँ । काठमाडौँको पूर्वाधार विकासमा समन्वय गर्न ‘अन्तर निकाय समन्वय कार्यविधि’ तर्जुमा हुने भएको छ । आज महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको ‘पूर्वाधार समन्वय बैठक’ कार्यविधिको मस्यौदा तयार पार्न ५ सदस्यीय समिति गठन गरेको छ । समितिमा महानगरपालिका, सडक विभाग, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण र काठमाडौँ उपत्यका खानेपानी

राज्य व्यवस्था समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाएको छ । समितिको बुधबार बिहान ११ बजे बैठकमा उपप्रधानमन्त्री लामिछानेलाई बोलाइएको हो । समितिको सचिवालयका अनुसार बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची छ ।

अर्थमन्त्रीसँग एआईआईबीले भन्यो : नेपाल हाम्रो उच्च प्राथमिकतामा छ

काठमाडौँ। एसियाली पूर्वाधार लगानी बैङ्क (एआइआइबी) ले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको जनाएको छ । नेपाल भ्रमणमा रहेको एआइआइबीको उच्चस्तरीय प्रतिनिधिमण्डलले अर्थमन्त्री वर्षमान पुनसँग भेटका क्रममा नेपाललाई लगानीको प्राथमिकतामा राखिएको जनाएको मन्त्री पुनको सचिवालयले जनाएको छ । त्यस अवसरमा अर्थमन्त्री पुनले पूर्वाधार विकाससहित अन्य आयोजनामा लगानी बढाउन आग्रह गरेका थिए

ढोलाहिटी घटनाः चार आरोपी सार्वजनिक, पाँच जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा !

काठमाडौं । ललितपुर ढोलाहिटीको घटनामा संलग्न भएका चार आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । आइतबार राति होली खेलेर खाजा खान ढोलाहिटीको डी पोपिना खाजाघरमा पुगेर मदिरा सेवन गरेका युवाबीच चक्कु हानाहान हुँदा २ जनाको हत्या भएको थियो । जिल्ला प्रहरी परिसर ललितपुरले आज पत्रकार सम्मेलन गरी रोपीलाई सार्वजनिक गरेको हो

भत्कियाे मेरील्याण्डको पुल

काठमाडौं । अमेरिका मेरील्याण्डको बाल्टिमोर शहरस्थित फ्रान्सिस स्कट पुल भत्किएको छ । मालबाहक डुंगाले ठक्कर दिँदा स्टिलबाट निर्मित पुल भत्किएको डेली मेलले जनाएको छ । सामाजिक सन्जाल एक्समा राखिएको एक भिडियोमा डुंगाले पुलको खम्बामा ठक्कर दिएको देखिन्छ । लगत्तै पुलको पुरै संरचनामा भाँचिएर पानीमा खसेको देखिन्छ ।

४ असइसहित २३ प्रहरी सम्पर्कविहीन

काठमाडौं । नेपाल प्रहरीका चार जना असइ (प्रहरी सहायक निरीक्षक)सहित २३ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।सूचना जारी गरी खोजतलास गर्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयलले जनाएको छ । प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै सम्पर्कमा नरहेका कर्मचारीलाई सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको छ । तोकिएको अवधिमा

हाम्रो नेपाली पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

मकवानपुर । हाम्रो नेपाली पार्टीले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश प्रमुखलाई पत्र लेख्दै सो दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यका अनुसार जनताले दिएको म्यान्डेट अनुसार आफूहरू प्रतिपक्षको भूमिकामा रहने गरी चैत ९ गतेदेखि

चीन भ्रमणमा एमाले उपाध्यक्ष विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा गएका छन् । बोआओ फोरममा सहभागी हुन उपाध्यक्ष पौडेल आज चीन प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ । बोआओ फोरम मार्च २६ देखि २९ मार्चसम्म चीनको हैनान राज्यमा आयोजना हुँदैछ ।

सम्वन्धित समाचारहरु