Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

लोपोन्मुख राउटे समुदायका बालबालिकाको शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन गर्न माग


पोखरा। विद्यालय तहमा अध्ययनरत तथा अभियन्ता प्रेन्सा रेग्मीले लोपोन्मुख राउटे समुदायका बालबालिकाहरुमा शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन गर्न माग गरेकी  छिन् ।

पोखराको गण्डकी बोर्डिङ स्कुलकी छात्रा रेग्मीले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै संविधानमा शिक्षा र बालबालिकासम्बन्धी मौलिक हक भएपनि राउटे समुदायका बालबालिका उक्त अधिकारबाट वञ्चित रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । उनले राउटे समुदायको बालबालिकाको शिक्षाको सुनिश्चितता गर्न सम्बन्धित स्थानीय सरकारलाई परामादेश जारी गर्न सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गरिरहेको समेत बताउदै संविधानमा भएका केही त्रुटि औँल्याउँदै त्यसलाई सुधार गर्न जरुरी रहेको बताएकी छिन् ।

उनले संविधानको धारा २१५ को उपधारा ९ र धारा १०२ मा भएको व्यवस्था अस्पष्ट रहेको दाबी गर्दै तत्काल सच्याउनुपर्ने आवश्यकता रहेको बताइन् ।


प्रकाशित मिति: २२ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?