Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

वायु प्रदुषणले खतराको तह पार गर्यो , ‘मर्निङ वाक’ गरेर थप रोग ननिम्त्याऔँः डा.अजित श्रेष्ठ


  • डा. अजित श्रेष्ठ, छाती रोग विशेषज्ञ, अल्का अस्पताल

केही दिनदेखि वायु प्रदुषणका कारण काठमाडौं उपत्यकाका बासिन्दा रुघाखोकी, घाँटी खसखसाउने, आँखा पोल्ने, श्वासप्रश्वासलगायत विभिन्न समस्या लिएर अस्पताल पुग्ने गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घको वातावरणसम्बन्धी निकाय ‘युएनईपी’ काअनुसार विश्वव्यापी समस्या निम्त्याएको वायु प्रदुषणका कारण विश्वमा हरेक वर्ष ७० लाख मानिसको मृत्यु हुने गरेको छ । काठमाडौंमा वायु प्रदुषणकै कारण मानिसको मृत्यु भएको घटना सार्वजनिक नभएको भएपनि यतिबेला वायु प्रदुषणसँग सम्बन्धित समस्या लिएर अस्पतालहरुमा जाने बिरामीको संख्या बढेको छ । अल्का अस्पतालका छाती रोग विशेषज्ञ डा. अजित श्रेष्ठले विगत केही दिनदेखि आँखा, नाक, कान, घाँटी तथा श्वासप्रश्वाससँग सम्बन्धित समस्या लिएर अस्पताल आउनेको चाप बढेको बताएका छन् । छातीको समस्याका कारण कतिपय बिरामीलाई आइसियुमा राख्नु परेको समेत उनको भनाइ छ । उनल वायु प्रदुषणका कारण मुटुमा असर गर्ने र हृदयघातको समेत उच्च जोखिम हुने बताएका छन् ।

उनले भने, ‘प्रदुषणको कारणले गर्दा बिरामीको चाप अस्पतालहरुमा बिस्तारै बढ्दै गएको छ । विशेष गरेर श्वासप्रश्वासको समस्या लिएर बढी आउँछन् । सँगसँगै आँखा, नाक, कान, घाँटी तथा छालाका समस्या लिएर आएका छन् । घाँटी खसखस गर्ने, आँखा पोल्ने र आँशु आउनेलगायतका समस्या लिएर आएका छन् । छातीका संक्रमण लिएर बिरामीहरु धेरै छन् ।केही बिरामीहरु आइसियुमा समेत राख्ने अवस्था आएको छ । आइसियुको बिरामीको चाप पनि बढेको छ । वायु प्रदुषणले गर्दाखेरि हृदयघात हुने सम्भावना पनि बढी हुन्छ भन्ने अध्ययनले देखाएको छ । हाम्रो अरु अस्पतालका डाक्टरहरुको कुरा सुन्दा पनि मुटुका रोगीहरुको पनि उत्तिकै चाप बढेको छ ।’

डा. श्रेष्ठले वायु प्रदुषणले वृद्धवृद्धा, बालबालिका तथा गर्भवति र सुत्केरीमा ठूलो जोखिम निम्त्याएको बताएका छन्। मुटु, मिर्गौला, श्वासप्रश्वास लगायतका दीर्घरोगी पनि उच्च जोखिममा रहेको उनको भनाइ छ । उनले अहिलेको जटिल समयमा व्यायामको रुपमा बिहान हिँड्ने कार्य रोक्नुपर्ने बताए । मर्निङ वाल्कको नाममा बिहान हिँड्दा थप रोग निम्तिने भन्दै उनले घरमै बसेर व्यायाम गर्न सुझाव दिएका छन् । हिडेर मात्रै व्यायाम हुन्छ भन्ने मान्यताबाट यतिबेला पछि हट्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘उमेर समूहको कुरा गर्दा जहिले पनि स्वास्थ्यमा जोखिममा पर्ने भनेकै वृद्धवृद्धा र बालबालिका । अर्को भनेको गर्भवती र सुत्केरी महिला तथा दीर्घरोगीहरु जस्तो मुटु, मिर्गौला, श्वासप्रश्वास लगायतका रोगी पनि पनि उच्च जोखिममा हुन्छन् । त्यस्ता रोगीले बच्नुपर्ने मेरो सुझाव हुन्छ । हामी स्वस्थ हुनका लागि व्यायाम गर्ने, मर्निङ वाल्क गर्नेगर्छौं । जब अहिले बाहिर हिँड्दा झन् रोग निम्तिन्छ, बढी अस्वस्थ भइन्छ भने हिड्नुको के तुक ? त्यसकारण अहिलेको अवस्था जस्तो छ त्यसलाई विशेष महत्व दिनु जरुरी छ । अहिलेको अवस्थामा हिडडुल गर्नु एकदम खतरनाक छ । हिडडुल गर्नै पर्ने भए घरकै कोठामा हिँडडुल वा व्यायाम गर्न पनि सकिन्छ । हिडेर मात्रै व्यायाम हुन्छ भन्ने पनि होइन । हिडेर मात्रै व्यायाम हुन्छ भन्ने कुरामा अहिले लाग्नु हुँदैन ।’

डा. श्रेष्ठले वायु प्रदुषणले खताराको तह पार गरेकाले सरकारले जनस्वास्थ्यलाई ध्यानमा राखेर केही न केही निर्णय गर्नुपर्ने बताउनु भयो । स्वास्थ्य विशेषज्ञहरुसँग परामर्श लिएर सरकारले ठोस निर्णय गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘सरकारले जनस्वाश्थ्यामा सरोकार राख्ने हो भने यसबारेमा केही न केही सोच्न आवश्यक भइसकेको अवस्था हो । सरकारी तवरबाट के कस्तो निर्णय आउँछ त्यो हेर्न बाँकी नै छ । तर जनस्वास्थ्यको अवस्थालाई खतराको तह पार गरिसकेको अवस्थामा केही न केही निर्णय होला भन्ने ठानेको छ । त्यो सरकारले विशेषज्ञहरुसँग बसेर गर्ने निर्णयको एउटा पाटो भयो तर व्यक्तिगत रुपमा मैले भन्नुपर्दा यो अवस्था आइसकेको छ ।’

डा. श्रेष्ठले वायु प्रदुषण विकराल बन्दै गएकाले नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीहरुले समय समयमा स्वास्थ्य परीक्षण गर्नुपर्ने बताएका छन् । सन्तुलित, पोषिलो र स्वस्थ भोजनमा ध्यान दिनुपर्ने उनको भनाइ छ । बाहिर हिँड्डुल गर्नैपर्ने अवस्थामा मास्क प्रयोग गरेर धेरै हदसम्म बच्न सकिने उनले बताएका छन् ।


प्रकाशित मिति: २३ चैत्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?