Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

प्रहरी संगठनहरुलाई साधन श्रोत सम्पन्न बनाऔंः सशस्त्र प्रहरी महानिरीक्षक अर्याल


काठमाडौँ। सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले प्रहरी संगठनहरुलाई साधन श्रोत सम्पन्न बनाउनुपर्नेमा जोड दिएका छन् ।

शुक्रवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रहरी संगठनहरु साधन श्रोत सम्पन्न हुन नसकेक बताउंदै गृह मन्त्रालयलाई धेरै वर्ष पहिलादेखि प्रहरीलाई साधन श्रोत उपलब्ध गराउन नामहरुको सूचि दिएपनि पूरा हुन नसकेको दाबी गरेका छन् । उनले सुरक्षा राष्ट्रको प्राथमिकतामा पर्नुपर्ने उल्लेख गर्दै प्रविधि र साधन श्रोत सम्पन्न गर्नका लागि सरकारले बजेट निर्माणको काम भइरहेकाले सबैकुरा समेट्न जरुरी रहेको बताए । प्रहरीलाई साधन श्रोत सम्पन्न बनाउन सरकारलाई निर्देशन दिन समिति समक्ष आग्रह गरेका छन् ।

उनले भने, ‘गृह मन्त्रालयले प्रहरीलाई सामानहरु वर्षौं वर्ष भइसक्यो दिनुपर्छ भनेको । भएको छैन । सुरक्षा राष्ट्रको प्रायोरिटीमा पर्नुपर्छ । त्यो पर्नको लागि अहिले मैले अनुरोध गरेको किन हो भने अहिले बजेटको समय आएको छ । व्यक्तिगत इन्टेन्सनले कुनै पनि कमी, कमजोरी भएको छैन । टेक्नोलोजीकल कारणले, साधन श्रोतको कारणले धेरै कुरा भने जस्तो गर्न सकेको छैन । त्यसले गर्दा धेरै कुरामा समस्या अउने हुन्छ । त्यो अवस्थामा हाम्रो मान्छेहरु पूर्ण रुपमा काम गर्न सक्दैन । सरकार भनेको सरकार, प्रतिपक्ष जनता सबै हो । यसको लागि सबै एकजुट भएर समितिले औपचारिक रुपमै प्रहरी संगठनहरुलाई साधन श्रोत सम्पन्न गर्न केके दिनुपर्छ । लिस्ट पनि पठाएका छौँ । त्यसका लागि यहाँबाट निर्देशन भइदियो भने प्रहरीहरु पछि—पछिसम्म पनि सम्झिने वातावरण बन्थ्यो ।’

महानिरीक्षक अर्यालले तीनकुने घटनामा बल प्रयोग आवश्यकता र समानुपातिकमा आधारित रहेको दाबी गरेका छन् ।


प्रकाशित मिति: २२ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?