Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

भारतीय एम्बुलेन्समा ठूलो परिणाममा अवैध लागुऔषध बरामद, ४ जना पक्राउ


काठमाडौँ। नेपाल प्रहरीले भारतीय एम्बुलेन्समा ठूलो परिणाममा अवैध लागुऔषध ट्रामाडोल क्याप्सुल बरामद गरेको छ ।

शनिवार बिहान १ बजेर ५५ मिनेटको समयमा ललितपुर जिल्लाको कान्ती लोकपथ सडक खण्डमा रहेको प्रहरी चौकी भट्टे डाँडाको चेकपोष्टमा खटिएको प्रहरी टोलीले भारतीय एम्बुलेन्समा ठूलो परिणाममा अवैध लागुऔषध ट्रामाडोल क्याप्सुल बरामद गरेको हो ।

एक पत्तामा १० क्याप्सुल भएको ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आइपी ट्रामाडोल लेखिएको ट्रामाडोल क्याप्सुल ५ हजार ४ सय पत्ता, एक पत्तामा १० क्याप्सुल भएको ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आइपी ५० एमजि ट्रामन लेखिएको ट्रामाडोल क्याप्सुल ४ हजार ८ पत्ता गरी जम्मा ९ हजार ४ सय ८ पत्ता, क्याप्सुल थान ९४ हजार ८० र बिआर ०५ पिए ०४२१ नम्बर भएको भारतीय एम्बुलेन्स एक थान र मोबाइल ३ थान बरामद गरेको पत्रकार सम्मेलनका क्रममा प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताएका छन् ।

पक्राउ पर्नेमा भारत बिहार प्रान्त, पूर्वी चमपारण, मोतिहारी जिल्ला टुमरिया ग्राम पञ्चायत वार्ड नम्बर ५ स्थायी वतन भएका २० वर्षका समिर आलम, भारतकै मोतिहारी जिल्ला राजबजार नगर वार्ड नम्बर ३३ बताउने वर्ष ३३ का मोहम्मद मुन्ना अन्सारी, मोतिहारीको पलानवा ग्राम पञ्चायत वार्ड नम्बर ९ स्थायी वतन बताउने वर्ष ४५ का नोर्जान खातुन, मोतिहारी जिल्ला नगर वार्ड नम्बर ५ पछियाटोल स्थायी वतन भएका वर्ष २२ का मोहम्मद उमर सिद्धिकी (एम्बुलेन्स चालक) लाई पनि पक्राउ गरिएको बताए ।

सवारीसाधन चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट काठमाडौंतर्फ तिब्र गतिमा आइरेको बिआर ०५ पिए ०४२१ नम्बर भएको भारतीय एम्बुलेन्समा चेकजाँच गर्दा लागुऔषध बरामद भएको जिल्ला प्रहरी परिसर ललितपुरले बताएको छ । उनकाअनुसार एम्बुलेन्स चालक भारतको बिहार प्रान्त पूर्वी चम्पारण मोतिहारी जिल्ला रक्सौल नगर वार्डनम्बर ५ पछियाटोल स्थायी वतन भएका वर्ष २२ का मोहम्मद उमर सिद्धिकी रहेका छन् ।

एम्बुलेन्सबाट बाहिर निस्किएर भाग्ने प्रयास गरेकाले उनलाई तत्काल नियन्त्रणमा लिइ एम्बुलेन्सको तलासी लिँदा लागुऔषध भेटिएको हो । एम्बुलेन्सको बिरामी राख्ने ठाउँमा कालोमा सेतो धर्का भएको र कालोमा हरियो धर्का भएको समेत गरी दुई वटा छुट्टा छुट्टै झोलामा निम्न परिणामको अवैध लागुऔषध ट्रामाडोल क्याप्सुल लुकाइ छिपाइ ल्याएको अवस्थामा फेला पारिएको बताएका छन् ।

एम्बुलेन्समा एक बालक र एक बालिकासहित ६ जना रहेको प्रहरीले बताएको छ ।


प्रकाशित मिति: २३ चैत्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?