Trending
>>   सम्पूर्ण खोला मापदण्ड खारेजजीको माग गर्दै प्रदर्शन >>   अमेरिकी ट्यारिफ नीतिले विश्वव्यापी अनिश्चितता निम्त्याउँछः इण्डोनेसिया >>   ट्रम्पले ल्याएका नयाँ भन्सार दर चीनबाहेक अरु देशका लागि ९० दिनका लागि स्थगन >>   नेपाल र भारतका भन्सार उच्च अधिकारीहरुको बैठक काठमाडौंमा शुरु >>   मौसम :यी स्थानमा आज मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना >>   बझाङमा चट्याङ लागेर एकजनाको मृत्यु >>   आज मिति २०८१ साल चैत्र २८ गते बिहिबार ,हेर्नुहोस् आजको राशिफल >>   नेपालले करिव २७ टन राहत सामग्री म्यानमारलाई सहयोग गर्दै >>   रवि लामिछानेको पक्राउ अस्वभाविक र राज्यको गैरकानूनी हर्कत भएको बताउदै मानव अधिकार आयोगमा निवेदन >>   आर्थिक वृद्धिदरमा सरकारी लक्ष्य भेट्न कठिन हुने
Logo
२८ चैत्र २०८१, बिहीबार
२८ चैत्र २०८१, बिहीबार

भारतीय एम्बुलेन्समा ठूलो परिणाममा अवैध लागुऔषध बरामद, ४ जना पक्राउ


काठमाडौँ। नेपाल प्रहरीले भारतीय एम्बुलेन्समा ठूलो परिणाममा अवैध लागुऔषध ट्रामाडोल क्याप्सुल बरामद गरेको छ ।

शनिवार बिहान १ बजेर ५५ मिनेटको समयमा ललितपुर जिल्लाको कान्ती लोकपथ सडक खण्डमा रहेको प्रहरी चौकी भट्टे डाँडाको चेकपोष्टमा खटिएको प्रहरी टोलीले भारतीय एम्बुलेन्समा ठूलो परिणाममा अवैध लागुऔषध ट्रामाडोल क्याप्सुल बरामद गरेको हो ।

एक पत्तामा १० क्याप्सुल भएको ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आइपी ट्रामाडोल लेखिएको ट्रामाडोल क्याप्सुल ५ हजार ४ सय पत्ता, एक पत्तामा १० क्याप्सुल भएको ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आइपी ५० एमजि ट्रामन लेखिएको ट्रामाडोल क्याप्सुल ४ हजार ८ पत्ता गरी जम्मा ९ हजार ४ सय ८ पत्ता, क्याप्सुल थान ९४ हजार ८० र बिआर ०५ पिए ०४२१ नम्बर भएको भारतीय एम्बुलेन्स एक थान र मोबाइल ३ थान बरामद गरेको पत्रकार सम्मेलनका क्रममा प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताएका छन् ।

पक्राउ पर्नेमा भारत बिहार प्रान्त, पूर्वी चमपारण, मोतिहारी जिल्ला टुमरिया ग्राम पञ्चायत वार्ड नम्बर ५ स्थायी वतन भएका २० वर्षका समिर आलम, भारतकै मोतिहारी जिल्ला राजबजार नगर वार्ड नम्बर ३३ बताउने वर्ष ३३ का मोहम्मद मुन्ना अन्सारी, मोतिहारीको पलानवा ग्राम पञ्चायत वार्ड नम्बर ९ स्थायी वतन बताउने वर्ष ४५ का नोर्जान खातुन, मोतिहारी जिल्ला नगर वार्ड नम्बर ५ पछियाटोल स्थायी वतन भएका वर्ष २२ का मोहम्मद उमर सिद्धिकी (एम्बुलेन्स चालक) लाई पनि पक्राउ गरिएको बताए ।

सवारीसाधन चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट काठमाडौंतर्फ तिब्र गतिमा आइरेको बिआर ०५ पिए ०४२१ नम्बर भएको भारतीय एम्बुलेन्समा चेकजाँच गर्दा लागुऔषध बरामद भएको जिल्ला प्रहरी परिसर ललितपुरले बताएको छ । उनकाअनुसार एम्बुलेन्स चालक भारतको बिहार प्रान्त पूर्वी चम्पारण मोतिहारी जिल्ला रक्सौल नगर वार्डनम्बर ५ पछियाटोल स्थायी वतन भएका वर्ष २२ का मोहम्मद उमर सिद्धिकी रहेका छन् ।

एम्बुलेन्सबाट बाहिर निस्किएर भाग्ने प्रयास गरेकाले उनलाई तत्काल नियन्त्रणमा लिइ एम्बुलेन्सको तलासी लिँदा लागुऔषध भेटिएको हो । एम्बुलेन्सको बिरामी राख्ने ठाउँमा कालोमा सेतो धर्का भएको र कालोमा हरियो धर्का भएको समेत गरी दुई वटा छुट्टा छुट्टै झोलामा निम्न परिणामको अवैध लागुऔषध ट्रामाडोल क्याप्सुल लुकाइ छिपाइ ल्याएको अवस्थामा फेला पारिएको बताएका छन् ।

एम्बुलेन्समा एक बालक र एक बालिकासहित ६ जना रहेको प्रहरीले बताएको छ ।


प्रकाशित मिति: २३ चैत्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?