Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

मुख्य समाचार


अर्थमन्त्री पौडेललाई चेम्बर अफ कमर्सका १०१ सुझाव

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेटबारे सरकारलाई एक सय एक बुँदे सुझाव प्रश्तुत गरेको छ । सोमवार सिंहदरबारमा आयोजित एक कार्यक्रमकाबीच नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष एक सय एक बुँदे सुझाव पेश गरेका हुन्। सो अवसरमा अध्यक्ष अग्रवालले कृषि, पर्यटन,

बुद्धका शिक्षाहरु सरल छन्, अपनाउन मात्रै कठिन होः प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका शिक्षाहरु सरल रहेको बताएक छन् । सोमवार स्वयम्भूस्थित आनन्दकुटी विहारमा आयोजित सार्वजनिक बौद्धसभामा बोल्दै प्रधानमन्त्री ओलीले बुद्धका शिक्षाहरु जटिल नरहेको बताएका छन् । उनले झुटो नबोल, असत्य मार्ग नहिँड, असत्य नबोल, हिंसा नगर, कसैप्रति अन्याय नगर जस्ता सहज शिक्षाहरु रहे पनि अपनाउन कठिन रहेको

निजी क्षेत्रको समस्या समाधान सरकारको प्राथमिकताः अर्थमन्त्री पौडेल

काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलल निजी क्षेत्रमा देखिएका समस्या समाधान गर्नु सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन् । आर्थिक वर्ष २०८२/८३ को बजेटका सम्बन्धमा सोमवार नेपाल चेम्बर अफ कमर्ससँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले अगामी आर्थिक वर्ष २०८२/८३ मा बजेटमार्फत निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्रको सुधारका लागि ठोस कदम

संयम हुन आग्रह गर्दै शान्तिको कामना गरेपछि भारत र पाकिस्तानबीचको लडाईं रोकियोः प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले संयम हुन आग्रह गर्दै हात हालाहालको स्थिति लडाईंमा परिणत नहोस् भनेर कामना गरेपछि भारत र पाकिस्तानबीचको लडाईं रोकिएको बताएका छन् । सोमवार २५६९ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस –२०८२ को अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही दिनअघि मात्रै छिमेकी मुलुक भारत

धर्मरहित राजनीति गर्नेहरुलाई जनतालाई भूटानी शरणार्थी बनाएर पैसा कमाउने बुद्धि आउँदो रहेछः अध्यक्ष लिङदेन

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले धर्मरहित राजनीति गर्नेहरुका कारण मुलुकले आफ्नो धार्मिक तथा सांस्कृतिक पहिचान गुमाएको टिप्पणी गरेका छन् । कास्कीको पोखरामा जारी कोटिहोम महायज्ञलाई सोमवार सम्बोधन गर्दै अध्यक्ष लिङदेनले धर्म निरपेक्षताको नाममा राजनीति गर्नेहरूले आम नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर पैसा कमाउने काम गरिरहेको टिप्पणी गरेका छन्

स्वयम्भूस्थित आनन्दपूर्ति बिहारमा भगवान बुद्धको अस्तु धातुको दर्शन (तस्बिरहरु)

काठमाडौँ। २५६९ औँ बुद्ध जयन्तीका अवसरमा स्वयम्भूस्थित आनन्दपूर्ति बिहारमा धर्मालम्बीहरुले भगवान बुद्धको अस्तु धातुको दर्शन गरेका छन्। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको हो ।बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्वीले बुद्धप्रति भावपूर्ण

नयाँ आयोजना अघि बढाउनसक्ने अवस्था छैनः भौतिक सचिव शर्मा

काठमाडौँ। नेपाल सरकारले जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ । हरेक वर्ष घाटा बजेट ल्याउँदै गरेको सरकारले विनियोजन गरेको बजेट पूर्णतः खर्च गर्न नसकेको धेरै भइसकेको छ । सबै आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षामा घटाउने बाध्यतामा सरकार छ । आम्दानी भन्दा खर्च बढी गर्नुपर्ने अर्को बाध्यतामा पनि सरकार

४० मध्ये चार वटा सामाजिक सञ्जाल मात्रै सूचिकृत

काठमाडौँ। मुलुककै ठूलो दल नेपाली काँग्रेस– नेकपा एमाले नेतृत्वको सरकारले नियमन गर्न भन्दै पटक पटक सामाजिक सञ्जालहरुलाई सूचिकरण हुन पटकपटक पत्राचार गरेपनि उनीहरुले अटेर गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकाअनुसार अहिलेसम्म चार वटामात्रै सामाजिक सञ्जाल सूचिकृत भएका छन् । नेपालमा ४० वटा भन्दा बढी सामाजिक सञ्जाल सञ्चालित छन्

आज किराँत समुदायले उँभौली पर्व मनाउँदै

काठमाडौँ। आज किराँत समुदायले उँभौली पर्व मनाउँदैछन् । किराँत धर्मावलम्वी राई, लिम्बू लगायत जातजातिहरूले उँभौली अर्थात चण्डी पूर्णिमामा प्रकृतिको पूजा आराधना गरी यो पर्व मनाउने गर्दछन् । किराँत समुदायमा प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा बाली राम्रो होस् भनेर प्रकृतिको पूजा गर्ने परम्परा रहिआएको छ

२५६९ औँ बुद्ध जयन्ती आजः बौद्ध तीर्थस्थलमा दर्शनार्थीको भीड

काठमाडौँ। २५६९ औँ बुद्ध जयन्तीका अवसरमा आज देशभरका बौद्ध तीर्थस्थलमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । काठमाडौं उपत्यकाका बौद्ध, स्वयम्भूनाथ क्षेत्रसहित देशभरका विभिन्न बौद्ध स्तुपाहरुमा दर्शनार्थीहरुको भीड देख्न सकिन्छ । काठमाडौंको स्वयम्भू, बौद्ध लगायतका बौद्ध गुम्बाहरुमा पनि दर्शनार्थीको बिहानैदेखि घुइँचो रहेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने

सम्वन्धित समाचारहरु