Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

मुख्य समाचार


विपक्षीको अवरोधपछि प्रतिनिधि सभा बैठक आधा घण्टा स्थगित

काठमाडौँ। प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरुले विरोध कायम राखेका छन् । सोमवार २ बजे बस्ने भनेको प्रतिनिधि सभाको बैठक साढे ३ बजे बसेपनि बैठकको कारबाही अघि बढ्न सकेन । बैठकको कारबाही शुरु हुने बित्तिकै विपक्षी राजनीतिक दलहरुले संसदमा उठेर विरोध जनाएसँगै सभामुख देवराज घिमिरेले बैठक आधा घण्टापछि बस्नेगरी स्थगित गरे

भन्सार विधेयक पारित भएसँगै राजश्व चुहावट नियन्त्रण हुन्छः अर्थमन्त्री पौडेल

काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक, २०८० पारित भएसँगै राजश्वको चुहावट नियन्त्रण गर्न सहज हुने बताएका छन् । सोमवारको राष्ट्रिय सभा बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्तावउपर सांसदहरुले उठाउनुभएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले विधेयक पारित भएर

नेपाललाई अस्थिर बनाइराख्न चाहने शक्तिकेन्द्रहरुले अझै अस्थिरता सिर्जना गराइरहेका छन्ः सांसद भट्टराई

काठमाडौँ। नेकपा एमालेका सांसद गोपाल भट्टराईले मुलुकमा प्रतिगामीहरुको चहलपहल कायम रहेको बताएका छन् । सोमवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले नेपाललाई अस्थिर बनाइराख्न चाहने शक्तिकेन्द्रहरु अझैपनि अस्थिरता सिर्जना गरिरहने पक्षमा रहेको बताएका हुन् । उनले प्रतिगामी शक्तिहरुको आडमा लडखडाउँदै भएपनि प्रदर्शनलाई जीवित राख्ने मनस्थितिमा रहेपनि जनसहभागिता कमजोर

रिटर्नीहरूलाई राज्यले आवश्यक सम्मान र सहयोग गर्न सकेनः अध्यक्ष दाहाल

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले रिटर्नीहरू (विदेशबाट फर्किएका नागरिक) प्रति राज्यले अपेक्षित सम्मान र सहयोग नदेखाएको बताएका छन् । माओवादी निकट रिटर्नी सेन्टरको स्थापना दिवसको अवसरमा सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले राज्यले रिटर्नीहरूको भावना र योगदानको कदर गर्न नसकेको बताएका हुन् ।

कोरोना संक्रमणको जोखिमलाई ध्यान दिएर पूर्वतयारी योजना कार्यान्वयनमा ल्याउन सरकारको ध्यानाकर्षण

काठमाडौँ। नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद पौडेलले कोरोनाले भविष्यमा निम्त्याउनसक्ने खतरालाई ध्यानमा राखी पूर्वतयारी योजना र रणनीति कार्यान्वयनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । सोमवार राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै सांसद पौडेलले छिमेकी मुलुक भारतमा कोरोना भाइरसका संक्रमितको संख्या तिब्र गतिमा बढीरहेको यथार्थलाई मध्यनजर गरी सीमावर्ती नाकाहरुमा स्वास्थ्य परीक्षण र निगरानी

गोरखा सैनिकको वंशजको नेपाली नागरिकता कायम राख्न माग

काठमाडौँ। भूतपूर्व गोर्खा सैनिकहरुले गोर्खा सैनिक र उनीहरुका सन्ततिलाई वंशजको नागरिकता दिन माग गरेका छन् । सोमवार प्रतिनिधि सभाअन्तर्गको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनीहरुले गोरखा सैनिकहरुको नेपाली नागरिकताको निरन्तरता र उनीहरुको सन्ततिलाई वंशजको आधारमा नागरिका दिनुपर्ने माग गरेका हुन् । देशले सम्झौता गरेर पठाएका नागरिकलाई राज्यविहीनताको अवस्था

माओवादीले राष्ट्रिय सभाबाट माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद सुरेश आलेमगरले मानव तस्करीको नयाँ काण्डका रुपमा देखापरेको भिजिट भिषा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् । सोमवार राष्ट्रिय सभाको आकस्मिक समयमा बोल्दै सांसद आलेमगरले गृहमन्त्रीको नैतिकता र इमान्दारितामा शंका नभएपनि मातहतको कार्यालयमा रहेका व्यक्तिहरुको छानविनमा सहयोग गर्नकै लागि भएपनि गृहमन्त्रीले

स्थानीय तहको संख्या ५ सय बनाउन छलफल शुरु भएको छः सचिव भट्टराई

काठमाडौँ। सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका सचिव योगेश भट्टराईले स्थानीय तह, प्रदेशलाई बढी भन्दा बढी साधन स्रोत दिएर संघीयतालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । आज राजधानीमा आयोजित संघीयतामा बजेट सम्बन्धि कार्यक्रममा उनले अहिले पनि केन्द्रीकृत मानसिकता हावी भइरहेको र त्यसलाई संघीयता प्रभावकारी रुपमा कार्यान्वयन गरेर हटाउँदै जानुपर्ने बताए । सचिव

मेयरलाई संविधानले २२ वटा अधिकार दिएको छ, प्रयोग गर्न जान्नुपर्यो ; सभापति चालिसे

काठमाडौँ। प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिका सभापति सन्तोष चालिसेले स्थानीय तह, प्रदेश सरकारलाई संविधानले धेरै अधिकार दिएपनि प्रयोग गर्न चुकिरहेको बताएका छन् । काठमाडौंमा आयोजित संघीयतामा बजेट सम्बन्धि कार्यक्रममा उनले मुलुकको आवश्यकता पूरा गर्न तीन तहका सरकार बनेको बताउँदै प्रदेश, स्थानीय तहले आफ्नो अधिकार बुझेर सक्षम हुनतर्फ लाग्नुपर्ने बताएका हुन् ।

संविधान समय र परिस्थितिअनुसार संशोधन गर्न सकिन्छः मन्त्री राई

काठमाडौँ। रक्षामन्त्री मानवीर राईले संविधान समय र परिस्थितिअनुसार संशोधन गर्न सकिने बताएका छन् । सोमवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्द मन्त्री राईले यस्तो बताएका हुन् । गैह्रआवासीय नेपाली र ब्रिटिश गोरखामा भर्ती भएकाहरुको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताए । संविधानका कतिपय जटिलताहरु संशोधन गर्दै जानुपर्ने विषय

सम्वन्धित समाचारहरु