Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

सडक बालबालिका मुक्त नेपाल घोषणाको अन्तिम चरणमा छौँः मन्त्री सुडी


काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सरकार सडक बालबालिका मुक्त नेपाल घोषणाको अन्तिम चरणमा रहेको बताएका छन् ।

बिहीवार सिंहदरबारमा मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनका क्रममा यसबारे जानकारी गराएका हुन् । उनले सडक बालबालिका मुक्त अभ्यिान सञ्चालनका लागि सडक बालबालिका विशेष संरक्षण, निर्देशिका, २०८२ स्वीकृत भइसकेको बताए । हराएका ६ हजार ५ सय ९० जना बालबालिकाको खोजतलास गरी ५ हजार ८ सय ३१ जना र बेवारीस फेला परेका ३ सय ८३ जनाको उद्धार गरी ६ हजार २ सय १४ को पारिवारिक पुनर्मिलन तथा पुनस्र्थापना गरिएको बताए । भारतका विभिन्न ठाउँमा बेवारीस फेला परी त्यहाँका बाल कल्याण गृहमा राखिएका लगायत ७१ जना बालबालिकाको स्वदेश फिर्ती, परिवार पुनर्मिलन तथा पुनस्र्थापना गरिएको जानकारी दिए । जोखिममा परेका ५९१ जना बालबालिकालाई उद्धार गरिएको र २०४ जना सडक बालबालिकाको उद्धार, संरक्षण तथा व्यवस्थापन गरिएको बताए । मन्त्री सुडीकाअनुसार बालबालिका सम्बन्धी राष्ट्रिय नीति, २०८० को कार्यान्वयन कार्ययोजनाको मस्यौदा तयार भएको छ ।

उनले भने, ‘सडक बालबालिका मुक्त अभियान सञ्चालनका लागि सडक बालबालिका विशेष संरक्षण निर्देशिका, २०८२ स्वीकृत भएको छ । नेपाल सरकारको मिति २०८१ असार ३१ को निर्णयअनुसार सडक बालबालिका मुक्त नेपाल घोषणाको अन्तिम चरणमा रहेको छ । हराएका ६५९० जना बालबालिकाको खोजतलास गरी ५८३१ जना र बेवारीस फेला परेका ३८३ जनाको उद्धार गरी ६२१४ को पारिवारिक पुनर्मिलन तथा पुनस्र्थापना गरिएको छ । भारतका विभिन्न ठाउँमा बेवारीस फेला परी त्यहाँका बाल कल्याण गृहमा राखिएका लगायत ७१ जना बालबालिकाको स्वदेश फिर्ती, परिवार पुनर्मिलन तथा पुनस्र्थापना गरिएको छ । जोखिममा परेका ५९१ जना बालबालिकालाई उद्धार गरिएको छ। २०४ जना सडक बालबालिकाको उद्धार, संरक्षण तथा व्यवस्थापन गरिएको छ । बालबालिका सम्बन्धी राष्ट्रिय नीति, २०८० को कार्यान्वयन कार्ययोजनाको मस्यौदा तयार भएको छ । गत आ.व.मा मन्त्रालयको कुल बजेट १ अर्ब ३० करोड ३२ लाख ७५ हजार ६ सय ८ मध्ये ६५ करोड ३६ लाख ७७ हजार खर्च भई जम्मा ५०.१६ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ ।’

मन्त्री सुडीकाअनुसार गत आ.व.मा मन्त्रालयको कुल बजेट १ अर्ब ३० करोड ३२ लाख ७५ हजार ६ सय ८ मध्ये ६५ करोड ३६ लाख ७७ हजार खर्च भई जम्मा ५०.१६ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ ।


प्रकाशित मिति: ८ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?