Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

सडक बालबालिका मुक्त नेपाल घोषणाको अन्तिम चरणमा छौँः मन्त्री सुडी


काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सरकार सडक बालबालिका मुक्त नेपाल घोषणाको अन्तिम चरणमा रहेको बताएका छन् ।

बिहीवार सिंहदरबारमा मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनका क्रममा यसबारे जानकारी गराएका हुन् । उनले सडक बालबालिका मुक्त अभ्यिान सञ्चालनका लागि सडक बालबालिका विशेष संरक्षण, निर्देशिका, २०८२ स्वीकृत भइसकेको बताए । हराएका ६ हजार ५ सय ९० जना बालबालिकाको खोजतलास गरी ५ हजार ८ सय ३१ जना र बेवारीस फेला परेका ३ सय ८३ जनाको उद्धार गरी ६ हजार २ सय १४ को पारिवारिक पुनर्मिलन तथा पुनस्र्थापना गरिएको बताए । भारतका विभिन्न ठाउँमा बेवारीस फेला परी त्यहाँका बाल कल्याण गृहमा राखिएका लगायत ७१ जना बालबालिकाको स्वदेश फिर्ती, परिवार पुनर्मिलन तथा पुनस्र्थापना गरिएको जानकारी दिए । जोखिममा परेका ५९१ जना बालबालिकालाई उद्धार गरिएको र २०४ जना सडक बालबालिकाको उद्धार, संरक्षण तथा व्यवस्थापन गरिएको बताए । मन्त्री सुडीकाअनुसार बालबालिका सम्बन्धी राष्ट्रिय नीति, २०८० को कार्यान्वयन कार्ययोजनाको मस्यौदा तयार भएको छ ।

उनले भने, ‘सडक बालबालिका मुक्त अभियान सञ्चालनका लागि सडक बालबालिका विशेष संरक्षण निर्देशिका, २०८२ स्वीकृत भएको छ । नेपाल सरकारको मिति २०८१ असार ३१ को निर्णयअनुसार सडक बालबालिका मुक्त नेपाल घोषणाको अन्तिम चरणमा रहेको छ । हराएका ६५९० जना बालबालिकाको खोजतलास गरी ५८३१ जना र बेवारीस फेला परेका ३८३ जनाको उद्धार गरी ६२१४ को पारिवारिक पुनर्मिलन तथा पुनस्र्थापना गरिएको छ । भारतका विभिन्न ठाउँमा बेवारीस फेला परी त्यहाँका बाल कल्याण गृहमा राखिएका लगायत ७१ जना बालबालिकाको स्वदेश फिर्ती, परिवार पुनर्मिलन तथा पुनस्र्थापना गरिएको छ । जोखिममा परेका ५९१ जना बालबालिकालाई उद्धार गरिएको छ। २०४ जना सडक बालबालिकाको उद्धार, संरक्षण तथा व्यवस्थापन गरिएको छ । बालबालिका सम्बन्धी राष्ट्रिय नीति, २०८० को कार्यान्वयन कार्ययोजनाको मस्यौदा तयार भएको छ । गत आ.व.मा मन्त्रालयको कुल बजेट १ अर्ब ३० करोड ३२ लाख ७५ हजार ६ सय ८ मध्ये ६५ करोड ३६ लाख ७७ हजार खर्च भई जम्मा ५०.१६ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ ।’

मन्त्री सुडीकाअनुसार गत आ.व.मा मन्त्रालयको कुल बजेट १ अर्ब ३० करोड ३२ लाख ७५ हजार ६ सय ८ मध्ये ६५ करोड ३६ लाख ७७ हजार खर्च भई जम्मा ५०.१६ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ ।


प्रकाशित मिति: ८ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?