काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक सामाजिक विकासमा चीनले पुर्याउँदै आएको सहयोगप्रति खुशी व्यक्त गर्नुभयो ।
काठमाडौं । बसन्तपुर दरबार स्क्वायर क्षेत्र घुम्नको लागि मात्र नभएर धार्मिक स्थलको रुपमा पनि निक्कै प्रशिद्ध छ । यहाँ घुम्नका लागि दैनिक हजारौँको संख्यामा विदेशी पर्यटकहरु आउने गर्छ । काठमाडौं उपत्यका लगायत देशबाहिरका मानिसहरु पनि असन र न्यरोडमा सामान किन्न बसन्तपुर दरबार क्षेत्रको बाटो नै प्रयोग गर्ने भएकाले पनि यो
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले विनियोजन विधेयकको छलफलका क्रममा केही सांसदले संसद्मा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । आर्थिक वर्ष २०८१/०८२ को विनियोजन विधेयकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लागि गरिएको विनियोजनको सम्बन्धमा आज प्रतिनिधिसभामा सांसदहरूले बजेटमाथि उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री चौधरीले त्यस्तो
काठमाडौं । नेपालमा पहिलो पटक इन्द्रेणी रोपाइँ जात्रा महोत्सव आयोजना हुने भएको छ। मायाको पहिचान नेपाल र डाकिनी हस्पिटालिटीले असार १५ गते (जुन २९, २०२४) इन्द्रेणी रोपाई जात्रा महोत्सव गर्न लागेका हुन्। मायाको पहिचान नेपालले महोत्सवको तयारी पुरा भएको जनाएको छ। असार १५ गते बौद्धमा बेलुकी ५ बजेदेखि रोपाई जात्रा
काठमाडाैं । तिलगङ्गा नेत्र विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ संघीय संसदमा पेश भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सोमबार राष्ट्रिय सभामा विधेयक पेश गर्नुभएको हो।सदनमा विधेयक पेश गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले यो विश्वविद्यालयको आफ्नै उत्पादन केन्द्र हुने र यस क्षेत्रमा संसारकै
काठमाडौं । सर्वोच्च अदालतले फणिन्द्र देवकोटालाई गण्डकी प्रदेशसभा सदस्यका रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको छ । सोमबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले देवकोटालाई माओवादी केन्द्रले गरेको कारबाही कार्यान्वयन नगर्न र सांसदको रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको हो ।
माेहन राज पाण्डे, काठमाडौं । काठमाडौं महानगरपालिकाले 'म्युरल आर्ट' गरी सार्वजनिक स्थानका भित्ता रंगाउन थालेको छ। आकर्षक रैथाने कला संस्कृति झल्काउने चित्र कोरेर रंगाउन थालेसँगै त्यहाँ तस्बिर खिच्नेको भीड समेत लाग्न थालेको छ। महानगरले ललित कला प्रज्ञा प्रतिष्ठानसँग ५० लाखमा सम्झौता गरी सार्वजनिक पर्खालका भित्ता रंगाउन थालेको हो।
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवासम्बन्धी कार्यलाइ आइतबार एक सूचना जारी गरी अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरेको जानकारी दिएको छ । पहुँच र भनसुनका आधारमा मनमौजी सरुवा हुँदा प्रशासनिक काम कारवाहीसमेत प्रभावित हुँदै आएको भन्दै आलोचना भइरहेको थियो । [pdf-embedder url="https://accuratekhabar.com/wp-content/uploads/2024/06/Notices-20240623232320847.pdf"]
काठमाडौं । नेपाल प्रहरीको बढुवा समितिको आज बसेको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा पोषराज पोखरेल सिफारिस भएका छन् । उनी प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा दरबन्दी रही काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत छन् । उनी दुइ दिन मात्र एआईजी हुनेछन् ।
काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बोलाइएको छ । बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ । यसैगरी ,बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकहरुमा मन्त्रालयगत छलफलमा उठेको