Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

नागरिकता बस र सिनेमाको टिकट जसरी दिनहुन्नः प्रेम सुवाल


काठमाडौँ। नेपाल मजदुर किसान पार्र्टीका सांसद प्रेम सुवालले नेपालको नागरीकता बसको टिकट जसरी दिन नहुने बताएका छन् ।

बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुवालले नागरीकता सम्बन्धि विधेयकको दोस्रो संसोधनले राम्रो मात्रै होला भन्न नसकिने बताएका हुन् । खुला सीमाना भएको देश नेपालमा जन्मको आधारमा मात्र नागरिकता दिनुपर्ने विषयमा उनले जोड दिए । उनले देशको खुला सीमानाको समस्या समाधान नगरेसम्म नागरिकता सम्बन्धि समस्या समाधान नहुने बताउंदै गैरआवसीय नेपाली नागरीकताको बारेमा पुनारावलोकन गर्नुपर्ने बताए ।

उनले भने,‘नेपालको नागरीकता बस र सिनेमाको टिकट जस्तै जो सुकैलाई सजिलै दिन हुँदैन । नेपालका आन्दोलनलाई भारतीय शासक वर्गको सहयोग भएको भन्दैमा खुला सीमाना भएको देशमा जन्मको आधारमा नेपाली नागरीकता दिनुपर्ने कानून चाहिन्छ ।’

सांसद सुवालले व्यवस्थापिका, न्यायपालिका, कार्यपालिका र उद्योग व्यापारसमेतका लागि वंशजका आधारमा नेपाली नागरिकता आवश्यक हुने व्यवस्था गर्नुपर्नेे जिकिर गरेका छन्।


प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?