Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध केही पनि गर्न सक्दैनः पुष्पकमल दाहाल


काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध केही पनि गर्न नसक्ने बताएका छन् ।

भ्रष्ट र दलालहरुले काँग्रेस–एमाले गठबन्धन बनाएको आरोप लगाउँदै उहाँले वर्तमान सरकारले भ्रष्टाचार, बेथिति र अराकजताविरुद्ध केही पनि गर्न नसक्ने बताएका छन् । दलाल, विचौलियाहरुले आफू अनुकूल काम गराउन वर्तमान सरकार बनाइएको अध्यक्ष दाहालको जिकिर थियो । बुधवार काठमाडौंमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सातौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उहाँले सरकार भ्रष्टहरुले बनाएकाले मुलुकमा राम्रो काम गर्ने उपसभामुख इन्दिरा राना, कूलमान घिसिङहरुलाई सरकारले हटाउने काम गरिरहेको दाबी गरे । उनले आफूले भ्रष्टाचारको विरुद्ध अभियान चलाउँदा सरकारबाट हट्नुपरेको पनि दोहोर्याएका छन् ।

अध्यक्ष दाहालले भने, ‘सत्तारुढ काँग्रेस–एमाले गठबन्धन नेताहरुले बनाएको होइन । मलाई कण्ठ थाहा छ–त्यो विचौलिया, दलालहरुले उनीहरुको घरमा, उनीहरुको होटलमा लगेर उनीहरुको इच्छा अनुसार बनेको सरकार भयो यो । त्यसकारण यो सरकारले भ्रष्टाचारका विरुद्ध केही पनि गर्न सक्दैन । यो सरकारले बेथिति र अराजकताका विरुद्ध केही पनि गर्न सक्दैन । किनकी उनीहरुले नै बनाएको सरकार हो । राम्रो काम गर्न खाज्यो हटाउ भन्छ सरकार । राम्रो काम गर्न खोज्यो कुलमान हटाउने । कान्छा राम हटाउने । अलि राम्रो इन्दिरा राना हटाउ । हेर्नुस्त छ छानीछानी जनजाति हटाउने । छानीछानी राम्रो काम गर्ने मान्छे हटाउने । अनि आफूलाई फाईदा हुनेगरी बिचौलिया र दलालले भनेजस्ता मान्छे भर्ती गर्ने । यही त अहिले भईराखेको छ । त्यसो भएको हुनाले म तपाईहरुलाई के भन्न चाहन्छु भने यो परिस्थिति हामीले बदल्नु पर्नेछ । अरुले होइन ।’

अध्यक्ष दाहालले मुलुकलाई सही बाटोमा अघि बढाउन प्रत्यक्ष निर्वाचन कार्यकारी राष्ट्रपतीय प्रणाली र समानुपातिक निर्वाचन प्रणाली जरुरी रहेको समेत बताए । उनले संविधानमाथि घात हुने खतरा अझै नटरेको पनि बताए ।


प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?