काठमाडौँ। पूर्व उपप्रधान एवं गृहमन्त्री डा. भीम रावलले अलग्गै पार्टी निर्माण प्रक्रिया सुरु गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा सार्वजनिक अवधारणा पत्र अनुसार उनको पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’ रहनेछ । अवधारणा पत्र अनुसार वडा, पालिका, प्रदेशदेखि केन्द्रसम्म संगठन निर्माण गरिने छ। जुन तहको भेला हुन्छ, त्यही तहको समिति
काठमाडौँ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रमेश लेखकलाई छलफलका लागि बोलाएको छ । बिहीवार बसेको समितिको बैठकले शुक्रवार बस्ने बैठकमा गृहमन्त्री लेखकलाई राष्ट्रिय परिचयपत्रको विषयमा छलफल गर्न समितिमा बोलाएको हो । बैठकमा समिति सभापति रामहरि खतिवडाले बैठकले शुक्रवार गृहमन्त्री रमेश लेखकलाई राष्ट्रिय परिचयपत्रको बारेमा छलफल गर्न
काठमाडौँ। न्याय परिषद् सदस्यमा प्रश्तावित दामोदर खड्काको संसदीय सुनुवाई शुरु भएको छ । बिहीवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिले न्याय परिषद् सदस्यमा प्रश्तावित खड्काको संसदीय सुनुवाई प्रारम्भ गरेको हो । समितिले न्याय परिषद् सदस्यमा प्रश्तावित खड्काबिरुद्ध उजुरी आह्वान समेत गरेको छ । खड्कालाई न्याय परिषद् सदस्य बनाउन उपयुक्त छैन भन्ने
काठमाडौँ। खानेपानी मन्त्री प्रदीप यादवले ९८ प्रतिशत नागरिकमा आधारभुत खानेपानीको पहुँच पुगेको दाबी गरेका छन् । बिहीवार राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा लतिपुरमा आयोजित ‘भूकम्प र विपद् जोखिम व्यवस्थापन’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै मन्त्रि यादवले अबको एक वर्षभित्र शतप्रतिशत नागरिकमा आधारभुत खानेपानी पुर्याइसक्ने घोषणा गरेका छन्। उनले अहिले २७ प्रतिशत
काठमाडौं । गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनले ध्रुब गुरुङसँग इन्गेजमेन्ट गरको बताइन्छ । विहीबार उनीहरुले इंगेजमेन्ट गरेका हुन् । उनीहरुको इन्गेजमेन्टको फोटो सार्वजनिक भएको छ, जसमा मेलिना परम्परागत पहिरनमा ठाँटिएकी छिन् ।
गोकुल बास्कोटा न्याय मरेको छैन भन्थे अदालत परिसरमै मुक्का बजारेपछि जिउँदो मात्र होईन माईक टाईसन भन्दा तीनगुणा बललशाली रहेको प्रमाणित भयो।अझै तीन परिसर चाहार्न बाँकी छ जस्तो छ?कति कालाकोट धुजाधुजा हुने हुन?टेलर्स,मिडीया,मेडिकल ,म:म ,मकै सबै चल्ने भए।बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला?
सुर्य थापा प्रिय साथी माननीय मनिष झाजी संग्रामी अभिवादन ! तपाईं शालीन, भद्र, तर्कशील र तथ्ययुक्त समझदार व्यक्ति हुनुहुन्थ्यो, सायद अझै र अहिले पनि हुनुहोला नै! राजनीतिक प्रतिशोधको यहाँहरूको हावादारी बेलुनको हावा बबरमहलस्थित काठमाडौं जिल्ला अदालतको परिसरमा पुगेर फुस्स हुनपुगेको अवगत नै भएको होला। सम्मानित अदालतलाई स्वतन्त्रता र निर्भिकतापूर्वक काम
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् । बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘हामी दुई दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको छ । हाम्रा बीचमा कुनै
काठमाडौं । सरकारले सल्लाह गरेर नै अध्यादेशहरू ल्याएको नेपाली कांग्रेसले बताएको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार बसेको संसदीय दल कार्यसमिति र पार्टीबाट सरकारमा सहभागी १० मन्त्री तथा दुई राज्यमन्त्रीसहितको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले सहमतिमै अध्यादेशहरू ल्याइएको बताएका हुन्। ‘अध्यादेशका विषयको कुरा पनि आएको छ, सल्लाह गरेर नै
काठमाडौं । नेपाली कांग्रेसले पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई सातामा दुई दिन खुला भेटघाट गर्न निर्देशन दिएको छ । सभापति शेरबहादुर देउवा निवासमा संसदीय दलको कार्यसमितिसँग मन्त्रीहरूको छलफलपछि पार्टीले उक्त निर्देशन दिएको हो । ‘हप्तामा दुई दिन मन्त्रीहरूले खुला भेटघाट गर्न मन्त्रीहरूलाई निर्देशन दिइएको छ,’ बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले भने,