Trending
>>   काठमाडौं महानगरमा आज शोक बिदा >>   डोल्पा केन्द्रबिन्दु भएर भूकम्प >>   आज आमाको मुख हेर्ने पर्व मनाइँदै, मातातीर्थमा मेला >>   आज मिति २०८२ साल वैशाख १४ गते आइतबार ,हेर्नुहोस् आजको राशिफल >>   फोटो पत्रकारिताको विकासमा राज्यले जोड दिनुपर्छः सभामुख घिमिरे >>   शिक्षक आन्दोलनमा शिक्षकहरूबिच कुटाकुट, एक जना घाइते >>   दृश्य बेगर समाचार पूरा हुँदैनः उर्जामन्त्री खड्का >>   संसदीय दलको बैठकमा सांसदहरुलाई अध्यक्ष ओलीका १६ उपदेश ! >>   आहा ! मुस्ताङको डुम्बा ताल (तस्बिरहरु) >>   ट्रेडमार्क र पेटेन्टको मुद्दामा सरकारले विशेष कानूनी व्यवस्था गर्न आवश्यकः अध्यक्ष ढकाल
Logo
१४ बैशाख २०८२, आईतवार
१४ बैशाख २०८२, आईतवार

पालिका अपडेट


काठमाडाैँ महानगरले लामखुट्टेको लार्भा नष्ट गर्न जैविक औषधि प्रयोग गर्ने

५ भदाै, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले महानगरपालिकामा डेङगु रोग फैलन नदिने लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पटक ‘बायो लार्भिसिद’ नामक जैविक औषधि प्रयोग गर्ने भएको छ । महानगरपालिकाका प्रमुख बालेन शाहले काठमाडौँमा डेङ्गु फैलन नदिन लामखुट्टेको लार्भा नष्ट गर्न पहिलो पटक बायो लार्भिसिद नामक जैविक औषधि प्रयोग गर्न लागिएको जानकारी

दर्ता नभएका टिकट बुकिङ काउण्टर हटाउन सुरु

४ भदौ, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले दर्ता नभएका बस टिकट बुकिङ काउण्टर हटाउन सुरु गरेको छ । काठमाडौँको ट्राफिक व्यवस्थापनलाई चुस्त र यात्रुमैत्री बनाउने उद्देश्यले महानगरले दर्ता नगरी सञ्चालनमा आएका टिकट बुकिङ काउण्टर हटाउन सुरु गरेको हो । महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले गत साउन २६ गते सूचना जारी गरी

काठमाडौँ महानगरले श्रम बैंकमार्फत बेरोजगारलाई रोजगारीमा जोड्ने

४ भदाै, काठमाडाैँ । काठमाडाैँ महागरले श्रम बैंकमार्फत बेरोजगार नागरिकलाई रोजगारसँग जोड्ने भएको छ । महानगरले सूचना जारी गर्दै श्रम बैंकमा आबद्ध हुन नगरक्षेत्रभित्रका बेरोजगार नागरिकलाई आग्रह गरेको छ । सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मत सम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउने सम्बन्धमा महानगरपालिकालाई आवश्यक पर्ने श्रमशक्तिको आपूर्तिलाई निरन्तरता

कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई काठमाडाैँ महानगरले दैनिक ३० रूपैयाँको दिवा खाजा दिने

३ भदाै, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई यही भदौदेखि दिवा खाजाको व्यवस्था गर्ने भएको छ । गतवर्ष कक्षा ८ सम्म दिँदै आएको खाजा महानगरले यसवर्ष कक्षा १० सम्मका विद्यार्थीलाई दिने व्यवस्था गरेको महानगरपालिका शिक्षा विभागका अधिकारी सीताराम कोइरालाले जानकारी दिए । उनका अनुसार सङ्घीय सरकारले कक्षा

मेयर बालेन विरूद्ध फुटपाथ व्यवसायीहरूले गरे प्रदर्शन

३ भदाै, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन शाहको विरूद्धमा काठमाडाैँका फुटपाथ व्यवसायीहरूले विरोध प्रदर्शन गरेका छन् । काठमाडौं महानगरपालिकाले सडक व्यापारीहरूलाई विस्थापन गर्न खोजेको भन्दै व्यवसायीहरू विरोधमा उत्रिएका हुन् । विरोध प्रदर्शनमा सहभागीहरूले सडक व्यापारीहरूलाई गरिखान नदिएको, सामान गैरकानुनी रूपमा खोसिएर लिलाम गरिएको, सडक व्यापारलाई कानुनी मान्यता दिने व्यवस्था नगरिएको

जुवातास खेल्ने र खेलाउनेलाई जरिवाना तिराइने

३१ श्रावण, पर्वत । गाउँमा जुवातास, लागुपदार्थ र घरेलु हिंसाका घटना बढ्दै गएपछि पर्वतको जलजला गाउँपालिका–१ ले जुवातास खेल्ने र खेलाउने दुवैलाई जरिवाना तिराउने निर्णय गरेको छ । बाँसखर्कस्थित वडा कार्यालयमा मङ्गलबार बसेको बैठकले जुवातास, मदिरा र लागुपदार्थ नियन्त्रण अभियान चलाउने निर्णय गर्दै जरिवाना रकमसमेत टुङ्गो लगाएको हो । वडाध्यक्ष जकबहादुर

गाउँपालिकामा आँखा पाक्ने रोगको औषधि अभाव, बिरामी मर्कामा

३१ श्रावण, बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकामा आँखा पाक्ने रोगको औषधि अभाव भएको छ । पालिकाभरिका अस्पताल तथा स्वास्थ्य चौकीमा दैनिक बिरामीको चाप बढ्दो छ । आँखा पाक्ने रोगका बिरामीलाई औषधि अभाव भएको राप्ती सोनारी अस्पतालका प्रमुख चिकित्सक डा राम साहले बताउनुभयो । उहाँका अनुसार १० दिनमा दुई सय ७३

२,३२२ जना परीक्षार्थीको नाम छात्रवृत्तिका लागि म्याचिङ् लिष्टमा, भर्नाको पहिलो सूची प्रकाशन

३० ,श्रावण ,काठमाडौँ । कक्षा ११ मा अध्ययनका लागि छात्रवृत्ति पाउने २ हजार ३२२ जना परीक्षार्थीको नाम छात्रवृत्तिका लागि म्याचिङ् लिष्ट, भर्नाको पहिलो सूचीमा सार्वजनिक भएको छ । आज काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले वेभसाइटमा सूची सार्वजनिक गरेको हो । छात्रवृत्तिका लागि साउन २० गते परीक्षा सञ्चालन गरेर त्यसै दिन प्रारम्भिक

पानीपुरी र चटपटे बिक्रीमा रोक लगाउने काठमाडाैँ महानगरको तयारी

२८ श्रावण, काठमाडाैँ । काठमाडाैँ महानगरले खुलारूपमा पानीपुरी, चटपटे र दुध बिक्रीमा रोक लगाउने तयारी गरेको छ । संक्रामक रोगहरूको जोखिम बढेको भन्दै महानगरले यी खाद्य पदार्थको खुला बिक्रीमा रोक लगाउने तयारी गरेको जानकारी दिइएको छ । उपप्रमुख सुनिता डंगोलले आइतबार बसेको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा बर्खायाममा

महानगरपालिकाभित्र दर्ता नभएका टिकट बुकिङ कार्यालय हटाइने

२६ श्रावण, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले जथाभावीरुपमा सञ्चालनमा आएका र महानगरपालिकाभित्र दर्ता नभएका टिकट बुकिङ कार्यालय हटाउने भएको छ । महानगरपालिकाले आज एक सूचना जारी गर्दै काठमाडौँको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त र यात्रीमैत्री बनाउनका लागि दर्ता नभई सञ्चालनमा रहेका टिकट बुकिङ कार्यालय भदौ १ देखि हटाउने भएको हो । महानगरपालिकाले काठमाडौँ

सम्वन्धित समाचारहरु