Trending
>>   प्लाष्टिक प्रदुषण अन्त्य गर्ने चेतनामुलक चित्रकला प्रदर्शनी (फोटो फिचर) >>   नागरिकता सम्बन्धी विधेयक छिटो सदनमा लैजाने तयारीमा छौँः सभापति खतिवडा >>   टर्किएको वार्षिक मुद्रास्फीति मे महिनामा ३५.४१ प्रतिशतमा झर्यो >>   टर्किएद्वारा पूर्वी सीमाबाट १.८ टनभन्दा बढी मेथाम्फेटामाइन बरामद >>   आज मिति २०८२ साल जेठ २२ गते बिहिबार ,हेर्नूहोस् आजको राशिफल >>   भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन असम्भवः एमाले >>   संसद झगडा गर्नमा सिमित रह्योः काँग्रेस सांसद भण्डारी >>   नागरिकता वितरणको विषयलाई सामान्य रुपमा नलिन सांसदहरुको आग्रह >>   उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा बजेट कटौति गरियोः एकीकृत समाजवादी >>   अमानवीय व्यवहार राज्यमा विद्यमान रहेसम्म मुलुकको विकास सम्भव छैनः सभापति देउवा
Logo
२२ जेष्ठ २०८२, बिहीबार
२२ जेष्ठ २०८२, बिहीबार

नियमविपरीत सञ्चालित १ सय ३२ वटा ई-रिक्सा नियन्त्रणमा


जानकी। बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले यातायात कार्यालयमा सवारी बोक्ने प्रयोजनका लागि दर्ता नै नगरी आफूखुसी गुडिरहेका १ सय ३२ ई-रिक्सा नियन्त्रणमा लिएको छ । सवारी बोक्ने प्रयोजनका लागि दर्ता नै नगरी आफूखुसी गुडिरहेका रातो नम्बर प्लेटलाई कालो बनाइएका यात्रु बोकिरहेका ई-रिक्सालाई नियन्त्रणमा लिइएको नगरप्रमुख प्रशान्त विष्टले बताएका छन् । उनका अनुसार मङ्गलवार १ सय ३२ ई-रिक्सालाई नियन्त्रणमा लिइएको छ ।

त्यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीका अनुसार उक्त ई-रिक्सा ‘होल्ड’ गरिएको जानकारी दिए । जिल्ला प्रशासन कार्यालय, यातायात कार्यालय, ट्राफिक प्रहरी, ई-रिक्सा कम्पनीलगायत सरोकारवालाबीचको निरन्तर छलफल र बैठकपछि ई-रिक्सा होल्ड गर्न सुरु गरिएको उनले बताएका छन् ।

नीतिनियम र प्रक्रिया विपरीत गुडिरहेका रातो नम्बर प्लेटका ९३ यात्रुवाहक ई-रिक्सालाई जिल्ला प्रशासन कार्यालय बाँके र ३९ ई-रिक्सालाई नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालामा नियन्त्रणमा लिएर राखिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताए । “यातायात कार्यालयबाट कालो नम्बर प्लेट नबनाउँदासम्म ती ई-रिक्सालाई गुड्न दिइने छैन”, प्रजिअ पोख्रेलले भने, “यातायातमा प्रक्रिया पुर्‍याएर उपमहानगरपालिकामा सूचीकृत भएपछि मात्र हामीले ई-रिक्सा चल्ने अनुमति दिने छौँ ।”

सो उपमहानगरपालिकाद्धारा पछिल्लो पटक पनि सार्वजनिक सूचना जारी गर्दै रातो नम्बर प्लेटलाई कालो बनाउन आह्वान गरिएको थियो । नेपालगञ्ज सहरमा आवश्यकताभन्दा बढी ई-रिक्सा जथाभावी चल्न थालेपछि ट्राफिक अस्तव्यस्तता बढेको ट्राफिक प्रमुख सुवेदीले बताए । करिब चार हजार गुडे पुग्ने अनुमान गरिएको नेपालगञ्जमा झन्डै १० हजार ई-रिक्सा गुडेको उनको भनाइ छ । हालसम्म नेपालगञ्जमा दुई हजार आठ सय ई(रिक्सामात्र सूचीकृत भएको उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख वीरबहादुर थापाले बताए ।


प्रकाशित मिति: २० मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?