Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

आफूले भनेको काम नगरिदिएको रिस फेर्न वडाध्यक्षको घरमा आगो


विराटनगर। आफूले भनेको काम नगरिदिएको झोंकमा स्थानीय एक युवाले धनकुटाको पाख्रीबास नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष देवेन्द्र गुरागाईंको घरमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान १२ः४८ बजेतिर वडाध्यक्षको परिवारले घरमा आगो लागेको थाहा पाएको थियो । लगत्तै गाउँलेको सहयोगमा आगो निभाएको थियो । धनकुटा प्रहरीले सोही ठाउँका २० वर्षका सुशील अधिकारीलाई नियन्त्रणमा लिएको थियो ।

‘हामीले शंका लागेर नियन्त्रणमा लिएका तिनै युवाले आगजनी गरेको स्वीकार गरेका छन्, धनकुटा प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले भने। आफूले भनेको काम वडाध्यक्षले नगरेको रिस पोख्न त्यसो गरेको उनको भनाइ रहेको छ ।

कोइरालाले परिवारलाई घरभित्रै थुनेर ज्यानै लिने नियतले आगजनी गरेको भने नदेखिएको समेत बताएका छन् । त्यस्तै, अधिकारीलाई आज म्याद थपेर थप अनुसन्धान गरिने उनले जानकारी दिए ।

पाख्रीबासको डाँडाखर्कस्थित घरमा गुरागाइँ दम्पती मात्रै बस्थे । उनीहरूका छोराबुहारी काठमाडौं बस्छन् भने उनी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका हुन्।

 


प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?