Trending
>>   सुनसरीमा ५९ मतदान स्थल अति संवेदनशीलः खुला सीमा र सद्भाव बनाई राख्नु प्रमुख सुरक्षा चुनौति >>   निर्माण व्यवसायीलाई ‘रुखमा बाँध्ने’ बालेनको अभिव्यक्तिप्रति महासंघको आपत्तिः माफी माग्न आग्रह >>   बालेनलक्षित ओलीको कटाक्षः बच्चाबच्चीलाई सोध्यो भनेपनि प्रधानमन्त्री बनिदिन्छु भन्नसक्छ >>   स्थानीय जनप्रतिनिधिले निर्वाचनमा प्रसारप्रसार गर्न पाइँदैनः सूचना अधिकारी घिमिरे >>   घण्टी बजाउँदै प्रचार गर्न नपाइने: निर्वाचन आयोगको स्पष्ट आदेश >>   नेपाल पर्यटन बोर्ड ऐन संशोधन गरिने >>   समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ? >>   पूर्वराजाबाट नभई राष्ट्रिय स्वतन्त्र पार्टीबाट लोकतन्त्र खतरामा छः एमाले >>   ‘बनेको बाटोमा हिँड्ने भन्दा पनि नयाँ बाटो खन्ने मान्छे हुँ’: अध्यक्ष ओली >>   ‘सही कुराका लागि मात्रै मेरो जिद्दी हो’: एमाले अध्यक्ष ओली
Logo
११ फाल्गुन २०८२, सोमबार
११ फाल्गुन २०८२, सोमबार

पालिका अपडेट


स्काउटको जग्गामा बनाइएका संरचनामाथि महानगरको डोजर

काठमाडौँ। नेपाल स्काउटको जग्गामा बनाइएका संरचना काठमाडौं महानगरपालिका भत्काएको छ । पूर्वऊर्जामन्त्री एवं नेपाली काँग्रेसका नेता दीपक खड्काको खड्का ल्याण्ड प्रा.लि.ले जग्गा भाडामा लिएर प्रयोग गर्दै आएको थियो । त्यहाँ भएका संरचनामा काठमाडौं महानगरपालिकाले डोजर लगाएर भत्काएको हो । बिहीवार महानगर प्रहरीहरु डोजरसहित पुगेर त्यहाँ बनाइएका संरचनाहरु भत्काएका छन् ।

युनेस्कोद्वारा ललितपुर महानगरलाई संगीतको सिर्जनात्मक शहर घोषणा

ललितपुर। ललितपुर महानगरपालिकालाई युनेस्कोले संगीतको सिर्जनात्मक शहर घोषणा गरेको छ । महानगरले बिहीवार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । महानगरले संगीतको माध्यमबाट नगरवासीलाई रोजगारीको नयाँ अवसर सिर्जना गर्नसक्ने महशुस गरी संगीतको विधामा रम्परागत संगितको संरक्षण गर्र्दै समकालिन संगीतलाई युनेस्को सिर्जनात्मक शहरहरुको सञ्जालको सदस्यताको लागि पहल गरेको थियो ।

थापाथलीस्थित सम्पदा क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचनामा महानगरको डोजर (तस्बिरसहित)

काठमाडौं। काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा अवैध रुपमा बनाइएका भौतिक संरचनामा डोजर चलाएको छ । सम्पदा क्षेत्रमा निर्माण गरिएको संरचनाहरुमा आईतवार महानगरले डोजर चलाएको हो । महानगरले सम्पदा क्षेत्र खुला राख्ने र संरक्षण गर्ने उद्देश्यका साथ थापाथली क्षेत्रमा रहेका अवैध भौतिक संरचना भत्काइरहेको छ । महानगरपालिकाले राम मन्दिर परिसरमा

सात दिने सूचनाले सुकुम्वासीमा हलचल, बल प्रयोग गरे प्रतिवाद गर्ने सुकुम्वासी मोर्चाको चेतावनी

काठमाडौं।   काठमाडौंका धोविखोला, वागमती नदी किनारका बनेका अवैधानिक संरचना हटाउने भन्दै काठमाडौं महानगरपालिका र उपत्यका विकास प्राधिकरणले सात दिने सूचना जारी गरेपछि हलचल मच्चिएको छ । खसगरी नदी किनारा आसपासमा अतिक्रमण गरेर बसेकाहरुलाई हटाउने हिसावले अवैध संरचना हटाउन सूचना जारी गरेपछि सुकुम्वासी समुदायले कडा आपत्ति जनाएको छ । संयुक्त राष्ट्रिय

थापाथली क्षेत्रमा महानगरको डोजर (तस्बिरसहित)

काठमाडौं।काठमाडौं महानगरपालिकाले थापाथलीको कालमोचनस्थित राममन्दिर परिसरमा बनेका व्यावसायिक टहराहरू भत्काएको छ । शुक्रवार महानगरपालिकाले उक्त क्षेत्रमा बनेका टहराहरू डोजर चलाएर हटाएको हो । यि संरचनाहरु गुठी संस्थानको जग्गा हडपेर बनाइएको थियो । गुठी संस्थानको जग्गा हडपेर अस्थायी घर तथा संरचना बनाइएको महानगरपालिकाले जनाएको छ । महानगरकाअनुसार यी टहराहरूले मन्दिर परिसरको

५६ हजार ६ सय ७३ जना महानगरवासी स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध

काठमाडौँ। हालसम्म ५६ हजार ६ सय ७३ जना काठमाडौं महानगरवासी स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् । यसमा यसमा १३ हजार ५ सय ७५ जना ज्येष्ठ नागरिक, १ हजार ८५ जना अपाङ्गता भएका व्यक्ति, एचआइभी संक्रमित २ जनासहितका व्यक्ति रहेका छन् । महानगरपालिकाको स्वास्थ्य विभागले आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक

धोबिखोला करिडोरदेखि वागमती आसपासका अवैध संरचना हटाइनेः निर्धारित समयमै नहटाए बल प्रयोग गरिने

काठमाडौँ। धोबिखोला करिडोरदेखि वागमती आसपासका अवैध संरचना हटाइने भएको छ । काठमाडौं उपत्यका प्राधिकरणकाअनुसार धोविखोला, वागमती नदि आसपासमा सार्वजनिक जग्गामा संरचना बनाएर अवैध रुपमा बसेकाहरुलाई हटाउन लागिएको हो । लामो समयदेखि मौखिक रुपमा त्यस्ता संरचना बनाएर बसेकाहरुलाई हट्न भनिएपनि सुनुवाई नभएपछि ७ दिने अल्टिमेटम दिइएको प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले

महानगरले शुरु गर्‍यो सामुदायिक कुकुरको वन्ध्याकरण

काठमाडौं। काठमाडौं महानगरपालिकाले सामुदायिक कुकुरको वन्ध्याकरण कार्यक्रम शुरु गरेको छ । महानगरभित्रका ३२ वडामा रहेका सामुदायिक कुकुरहरूको बन्ध्याकरणका लागि पाँचवटा संघसंस्थासँग सम्झौता भइसकेको छ । छनोट भएका ती संघसंस्थालाई विभिन्न वडा विभाजन गरी कार्यादेश दिइसकिएको बताइएको छ । आर्थिक वर्ष २०८२/०८३ का लागि महानगरपालिकाले सामुदायिक कुकुर र बिरालोलाई वन्ध्याकरण तथा

काठमाडौंको सार्वजनिक जग्गा खालि गर्न ७ दिनको अल्टिमेटम

काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरितका संरचना खाली गर्न सात दिनको अल्टिमेटम दिएको छ । काठमाडौं महानगर र काठमाडौं उपत्यका विकास प्राधिकरणले (आज) शुक्रवार संयुक्त रूपमा सार्वजनिक सूचना जारी गर्दै यस्तो अल्टिमेटम दिएको हो । महानगर र प्राधिकरणले असोज २ गते बसेको संयुक्त बैठकले अतिक्रमित सार्वजनिक जग्गा र

काठमाडौं महानगरमा एनएफसि चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली जडान

काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र एनएफसि (नियर फिल्ड कम्युनिकेसन) चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली जडान गर्न शुरु गरिएको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ लैनचौर क्षेत्रबाट उक्त प्रणाली जडान प्रारम्भ गरिएको हो । लैनचौरस्थित वडा कार्यालयमा ०९–लक्ष द्रव्य ६१११ नम्बरको प्लेट जडान गर्दै बुधवार वडाध्यक्ष एवं महानगरपालिकाको सुशासन समितिका संयोजक

सम्वन्धित समाचारहरु