Trending
>>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली >>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

सरकारसँग चिरिबाबु महर्जनको मागः सार्वजनिक खरिद ऐन तत्काल परिमार्जन गरियोस्


ललितपुर। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सम्पदाहरुको निर्माणमा सहज हुनेगरी सार्वजनिक खरिद ऐन तत्काल परिमार्जन गर्न सरकारसँग माग गरेका छन् ।

बिहीवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सम्पदा निर्माण÷पुनर्निर्माणमा समस्याको रुपमा देखिएको सार्वजनिक खरिद ऐन तत्काल परिमार्जन गर्न सरकारसँग माग गरेका छन् । मेयर महर्जनले आफूले मेयरको रुपमा काम गर्दा सबै भन्दा ठूलो समस्याको रुपमा सो ऐन देखेकाले सरकारले त्यसलाई तत्काल संशोधन गरेर विकास, निर्माणको कामलाई सहज बनाउनुपर्ने बताएका छन् ।

उनले भने,‘म महानगरको मेयर भएको करिव नौ वर्ष भयो । यो नौ वर्षको दौरानमा हामीले ललितपुर महानगर क्षेत्र भित्र रहेका सम्पदाहरु लगभग बनाउन सिद्धियो । सबै नै बनाउने काम सकियो भन्दा पनि फरक पर्दैन । एउटा, दुई वटा अन्डर कन्सट्रक्शनमा छ । तर यो बनाउँदै गर्दा हामीले भोगेको साह्रै गाह्रो, साह्रै नमिल्ने कुरा भनेको चाँही सार्वजनिक खरिद ऐन, २०६३ हो । हुन त मैले यो मेरो पहिलो कार्यकाल देखि नै यो विषयमा कुरा उठाउँदै आईराखेको र अहिलेको वर्तमान सरकारले चाहीँ यसलाई संशोधन पनि गर्छ भनेर प्रतिवद्धता पनि जाहेर भइसकेको तसर्थ अहिले हाम्रो संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्रीज्युको समुपस्थितिमा मैले जोडदार माग गर्न चाहेँ–त्यहाँ एउटा अलग्गै दफा जोडियोस्, थपियोस कि यो मठ, मन्दिर, शिवालय, देवालय अर्थात सम्पदा बनाउनको निमित्त यो सार्वजनिक खरिद ऐनमा एउटा विशेष दफा जोडियोस् जसले गर्दा यो काम गर्न निकै सहजीकरण होस । सजिलो होस् । र हाम्रो जति पनि वर्कम्यानसिप छ । त्यो काममा एकदमै राम्रो नतिजा निस्कियोस् ।’

त्यस अवसरमा मेयर महर्जनले आफूले ललितपुर महानगरपालिकाको क्षेत्रभित्रका सबै सम्पदाहरुको पुनर्निर्माणको काम सम्पन्न गरिसकेको दावी समेत गरे ।


प्रकाशित मिति: १७ बैशाख २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?