Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

पशुपतिको जग्गामा बनेका अनधिकृत टहरामाथि काठमाडौं महानगरले चलायो डोजर


पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैध संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । शुक्रवार गौशालास्थित कोषको जग्गा अतिक्रमण गरी बनाइएका अवैध टहरा तथा संरचनामाथि महानगरले डोजर चलाएको हो । महानगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले अनधिकृत रुपमा निर्माण गरिएका पाँच वटा टहराहरु हटाएको जानकारी दिनुभयो । उहाँले सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका महानगरभित्रका सबै संरचना तथा टहराहरु भत्काउने कार्य पुनः शुरु गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘आज हामीले पशुपति क्षेत्र विकास कोषको जग्गामा अनधिकृत रुपमा निर्माण गरिएका पाँच वटा टहराहरु भत्कायौँ । यो प्रक्रिया अब निरन्तर रुपमा चलिरहन्छ । केही कागजातहरु प्रक्रियामै रहेकाले कोषबाट थप स्पष्ट भएर आउला नै ।’ पशुपति क्षेत्र विकास कोषको जग्गा अतिक्रमण गरी कवाड व्यवसाय गर्न तथा अन्य प्रयोजनको लागि बनाइएका टहरा भत्काइएको समेत उहाँको भनाइ छ ।

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैध संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

शुक्रवार गौशालास्थित कोषको जग्गा अतिक्रमण गरी बनाइएका अवैध टहरा तथा संरचनामाथि महानगरले डोजर चलाएको हो । महानगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले अनधिकृत रुपमा निर्माण गरिएका पाँच वटा टहराहरु हटाएको जानकारी दिएका छन् । उनले सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका महानगरभित्रका सबै संरचना तथा टहराहरु भत्काउने कार्य पुनः शुरु गरिएको बताएका छन् ।

उनले भने, ‘आज हामीले पशुपति क्षेत्र विकास कोषको जग्गामा अनधिकृत रुपमा निर्माण गरिएका पाँच वटा टहराहरु भत्कायौँ । यो प्रक्रिया अब निरन्तर रुपमा चलिरहन्छ । केही कागजातहरु प्रक्रियामै रहेकाले कोषबाट थप स्पष्ट भएर आउला नै ।’

पशुपति क्षेत्र विकास कोषको जग्गा अतिक्रमण गरी कवाड व्यवसाय गर्न तथा अन्य प्रयोजनको लागि बनाइएका टहरा भत्काइएको समेत उनको भनाइ छ ।


प्रकाशित मिति: ४ बैशाख २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?