Trending
>>   १५ औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद शुरू >>   राष्ट्रिय एकीकृत वित्तीय रणनीति बन्दै >>   एमालेको झोलामा राष्ट्रवाद छः प्रवक्ता गुरुङ >>   नेपाल गुणस्तर (प्रमाण चिन्ह) (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत >>   खेल पूर्वाधारमा लगानी बढाउँदै सरकार >>   बजारमा अधिक तरलता, ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक >>   गैरकानूनी राष्ट्रिय गार्ड आदेशको लागि क्यालिफोर्नियाद्वारा ट्रम्पविरुद्ध मुद्दा >>   अस्ट्रियाको विद्यालयमा गोलीबारीबाट १० जनाको मृत्यु >>   इजरायली सेनाद्वारा वेस्ट बैंकमा प्यालेस्टिनीको हत्या >>   दिल्लीमा गर्मीको लहरः रेड अलर्ट जारी
Logo
२८ जेष्ठ २०८२, बुधबार
२८ जेष्ठ २०८२, बुधबार

पालिका अपडेट


न्यायिक समितिसँग जापानका न्यायिक प्रतिनिधि मण्डलको अन्तरक्रिया

११ ,भाद्र ,काठमाडौँ । स्थानीय न्यायिक निरुपणसँग सम्बन्धित ऐनमा सहरी विवादका नयाँ प्रकृतिहरु समेटिन सकेका छैनन् । यसकारण न्यायिक समितिले कार्य सम्पादन गर्दा प्रचलित कानुन र व्यवहार दुवै पक्षलाई समान महत्व दिएर विवाद समाधानको प्रयास गर्ने गरेको छ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सुनिता डंगोलले न्यायिक समितिको क्षेत्राधिकार

जनैपूर्णिमा र गाईजात्राको निर्णय सार्वजनिक गर्दै स्थानीय तह

११ भदौ, काठमाडाैँ । स्थानीय तह तथा विभिन्न सांस्कृतिक संस्थाले यस वर्षको रक्षाबन्धन, जनैपूर्णिमा एवं गाईजात्रा पर्व फरकफरक दिनमा मनाउने निर्णय सार्वजनिक गर्न थालेका छन् । काठमाडौँ उपत्यकाभित्रका स्थानीय तह तथा सांस्कृतिक संस्थाले रक्षाबन्धन, जनैपूर्णिमा एवं गाईजात्रा पर्व फरकफरक दिनमा मनाउने निर्णय सार्वजनिक गरेका हुन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास

ढुसी परेको कोकाकोला बेच्ने पसललाई काठमाडाैँ महानगरले तिरायो १ लाख ५० हजार जरिबाना

१० भदाै, काठमाडाैँ । कोकाकोला बिक्रेता कालिञ्चोक ट्रेडिङ नेपाललाई काठमाडाैँ महानगरपालिकाले १ लाख ५० हजार रूपैयाँ जरिबाना तिराएको छ । उक्त बिक्रेताले ढुसी परेको कोक बेचेको पाइएपछि उक्त जरिबाना तिराइएको हो । शुक्रबार अनुगमनका क्रममा महानगरको टोलीले उक्त पसलबाट ढुसी परेको कोकको बोतल भेटाएको थियो । जरिवानापत्रमा जार व्यवस्थापन तथा अनुगमन

छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीसँग शुल्क लिए काठमाडाैँ महानगरले कारबाही गर्ने

५ भदाै, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाबाट कक्षा ११ र १२ मा यस शैक्षिकसत्रका लागि अध्ययन छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीले सम्बन्धित विद्यालय तथा क्याम्पसमा कुनै पनि प्रकारको शुल्क तिर्नुनपर्ने स्पष्ट गरेको छ । कतिपय शिक्षालयमा आन्तरिक, प्रयोगशाला र विविध शीर्षकका नाममा शुल्क लिएको तथा स्थान अभावका कारण देखाएर भर्ना लिन आनाकानी

काठमाडाैँ महानगरले लामखुट्टेको लार्भा नष्ट गर्न जैविक औषधि प्रयोग गर्ने

५ भदाै, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले महानगरपालिकामा डेङगु रोग फैलन नदिने लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पटक ‘बायो लार्भिसिद’ नामक जैविक औषधि प्रयोग गर्ने भएको छ । महानगरपालिकाका प्रमुख बालेन शाहले काठमाडौँमा डेङ्गु फैलन नदिन लामखुट्टेको लार्भा नष्ट गर्न पहिलो पटक बायो लार्भिसिद नामक जैविक औषधि प्रयोग गर्न लागिएको जानकारी

दर्ता नभएका टिकट बुकिङ काउण्टर हटाउन सुरु

४ भदौ, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले दर्ता नभएका बस टिकट बुकिङ काउण्टर हटाउन सुरु गरेको छ । काठमाडौँको ट्राफिक व्यवस्थापनलाई चुस्त र यात्रुमैत्री बनाउने उद्देश्यले महानगरले दर्ता नगरी सञ्चालनमा आएका टिकट बुकिङ काउण्टर हटाउन सुरु गरेको हो । महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले गत साउन २६ गते सूचना जारी गरी

काठमाडौँ महानगरले श्रम बैंकमार्फत बेरोजगारलाई रोजगारीमा जोड्ने

४ भदाै, काठमाडाैँ । काठमाडाैँ महागरले श्रम बैंकमार्फत बेरोजगार नागरिकलाई रोजगारसँग जोड्ने भएको छ । महानगरले सूचना जारी गर्दै श्रम बैंकमा आबद्ध हुन नगरक्षेत्रभित्रका बेरोजगार नागरिकलाई आग्रह गरेको छ । सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मत सम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउने सम्बन्धमा महानगरपालिकालाई आवश्यक पर्ने श्रमशक्तिको आपूर्तिलाई निरन्तरता

कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई काठमाडाैँ महानगरले दैनिक ३० रूपैयाँको दिवा खाजा दिने

३ भदाै, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई यही भदौदेखि दिवा खाजाको व्यवस्था गर्ने भएको छ । गतवर्ष कक्षा ८ सम्म दिँदै आएको खाजा महानगरले यसवर्ष कक्षा १० सम्मका विद्यार्थीलाई दिने व्यवस्था गरेको महानगरपालिका शिक्षा विभागका अधिकारी सीताराम कोइरालाले जानकारी दिए । उनका अनुसार सङ्घीय सरकारले कक्षा

मेयर बालेन विरूद्ध फुटपाथ व्यवसायीहरूले गरे प्रदर्शन

३ भदाै, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन शाहको विरूद्धमा काठमाडाैँका फुटपाथ व्यवसायीहरूले विरोध प्रदर्शन गरेका छन् । काठमाडौं महानगरपालिकाले सडक व्यापारीहरूलाई विस्थापन गर्न खोजेको भन्दै व्यवसायीहरू विरोधमा उत्रिएका हुन् । विरोध प्रदर्शनमा सहभागीहरूले सडक व्यापारीहरूलाई गरिखान नदिएको, सामान गैरकानुनी रूपमा खोसिएर लिलाम गरिएको, सडक व्यापारलाई कानुनी मान्यता दिने व्यवस्था नगरिएको

जुवातास खेल्ने र खेलाउनेलाई जरिवाना तिराइने

३१ श्रावण, पर्वत । गाउँमा जुवातास, लागुपदार्थ र घरेलु हिंसाका घटना बढ्दै गएपछि पर्वतको जलजला गाउँपालिका–१ ले जुवातास खेल्ने र खेलाउने दुवैलाई जरिवाना तिराउने निर्णय गरेको छ । बाँसखर्कस्थित वडा कार्यालयमा मङ्गलबार बसेको बैठकले जुवातास, मदिरा र लागुपदार्थ नियन्त्रण अभियान चलाउने निर्णय गर्दै जरिवाना रकमसमेत टुङ्गो लगाएको हो । वडाध्यक्ष जकबहादुर

सम्वन्धित समाचारहरु