Trending
>>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन >>   कवाड व्यवसायीहरुको जिउधन र पेशागत सुरक्षा सुनिश्चित गर्न संघर्ष समितिको माग >>   सुहाङ नेम्वाङलाई प्रधानमन्त्रीले भनिन्ः कुनै दुविधा नराखि निर्वाचनमा लाग्नुस् >>   वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना >>   पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ >>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य
Logo
६ पुष २०८२, आईतवार
६ पुष २०८२, आईतवार

राजनिति


निजी क्षेत्रलाई अर्थतन्त्र साझेदारको रुपमा अघि बढाइने

५ जेठ, काठमाडाैँ । सरकारले निजी क्षेत्रलाई अर्थतन्त्रको साझेदारको रूपमा अघि बढाउने भएको छ । शुक्रबार संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेले निजी क्षेत्रलाई अर्थतन्त्रको साझेदारको रूपमा अघि बढाउँदै विदेशी लगानी प्राथमिकताको क्षेत्र विस्तार गरिने बताएका छन् । साथै राजस्वको दायरा विस्तार गरिने

काठमाडौँ नदी किनाराका जग्गा खाली गर्ने सरकारको घोषणा

५ जेठ, काठमाडाैँ । सरकारले काठमाडौंसहितका नदी किनारासहित सरकारी जग्गा खाली गराउने भएको छ । सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकासहितका स्थानका नदी किनारासहितका सरकारी जग्गा खाली गर्ने जानकारी दिएका हुन् । नदी किनारामा रहेकाहरुको उचित

सबै क्षेत्रमा सकारात्मक नतिजा देखिएका छन् : राष्ट्रपति पाैडेल

५ जेठ, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायको परिणामस्वरुप सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको बताएका छन् । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दैै उनले सरकारले कार्यभार सम्हालेको छोटो अवधिमा प्राप्त उपलब्धि उत्साहजनक रहेको बताए । राष्ट्रपति पौडेलले भने, “अर्थतन्त्रका सूचक

राष्ट्रपति पाैडेलले गरे संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

५ जेठ, काठमाडाैँ । सङ्घीय संसद्मा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम पेस भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उक्त नीति तथा कार्यक्रम वाचन सुरु गरेका हुन् । बैठकको प्रारम्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधनको प्रति राष्ट्रपतिसमक्ष पेस गरेका

टिआरसी विधेयकमा सहमति जुटाउन ११ सदस्यीय उपसमिति गठन

५ जेठ, काठमाडाैँ । कानुन न्याय तथा मानवअधिकार समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई निष्कर्षमा पुर्‍याउन उपसमिति गठन गरेको छ । समितिको आज बसेको बैठकले ११ सदस्य उपसमिति गठन गरेको हो । उपसमितिमा सांसद सुवासचन्द्र नेम्वाङ, महेशकुमार बर्तौला, रमेश लेखक,

‘राजनीतिज्ञ, कर्मचारी, बिचौलियाको ‘नेक्सस’माथि निगरानी गर्नुपर्छ’

५ जेठ, काठमाडाैँ । राष्ट्रियसभाका सांसद जीतेन्द्रनारायण देवले मुलुकबाट भ्रष्टाचार निर्मूल गर्न केही राजनीतिज्ञ, कर्मचारी, बिचौलिया र ठेकेदारको ‘नेक्सस’लाई राज्यको अनुसन्धानकारी संयन्त्रले निरन्तर निगरानी गर्नुपर्ने धारणा राखेका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसद देवले कुनै पनि अमुक व्यक्तिलाई लामो समयसम्म शक्ति केन्द्रमा राख्नु नहुने तथा नेपाल प्रहरी र सबै खालका

राष्ट्रियसभा बैठकबाट अध्यादेश स्वीकृत

५ जेठ, काठमाडाैँ । राष्ट्रियसभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले प्रस्तुत गर्नुभएको सो अध्यादेश सर्वसम्मतिबाट स्वीकृत भएको हो । विधेयक फिर्ता सरकारले कोरोना महामारी नियन्त्रण

पर्यटनमन्त्री किराती र बेलायती राजदूत पोलिटबीच भेटवार्ता

५ जेठ, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र नेपालका लागि वेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा नेपालको आकाशलाई हवाई सुरक्षा सूचीबाट हटाई सिधा उडान गर्न पहल गर्ने सम्बन्धमा छलफल भएको पर्यटनमन्त्री किरातीले जानकारी दिए। युरोपेली सङ्घ (इयू) ले नेपाललाई

मन्त्रिपरिषदको बैठकबाट नीति तथा कार्यक्रम पारित

५ जेठ, काठमाडाैँ । मन्त्रिपरिषदको बैठकले सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलले

आज जेनेभा जाँदै स्वास्थ्यमन्त्री बस्नेतको नेतृत्वमा छ सदस्यीय टोली

५ जेठ, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत नेतृत्वमा ६ सदस्यीय टोली आज स्विजरल्याण्डको जेनेभा प्रस्थान गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्री बस्नेतले विश्व स्वास्थ्य सङ्गठन(डब्लुएचओ)को ७६ औँ महासभामा भाग लिन आजै राति जेनेभा प्रस्थान गर्न लागेको जानकारी दिए । मन्त्री बस्नेतको नेतृत्वमा अतिरिक्त स्वास्थ्य सचिव

सम्वन्धित समाचारहरु