Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

‘बजेटले सत्तापक्ष र विपक्षीबीच लक्ष्मणरेखा कोर्यो’


१८ असार, पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले प्रदेश सरकारले ल्याएको बजेट सत्तापक्ष र विपक्षीबीच लक्ष्मणरेखा कोर्ने खालको भएको बताएका छन् ।

प्रदेशसभामा जारी आगामी आव ०८०÷०८१ का लागि विनियोजित बजेटको मन्त्रालयगत छलफलमा भाग लिँदै उनले बजेट निर्माणमा प्रतिपक्षी दलप्रति राजनीतिक पूर्वाग्रह साँधिएको टिप्पणी गरे ।

“बजेटमा सत्तापक्षको एकाधिकार झल्किएको छ, योजनाको छनोट र बजेट विनीयोजनका हिसाबले यो आग्रही छ, असन्तुलित छ”, उनले भने, “आवश्यकताका आधारमा होइन, पहुँचका आधारमा बजेट आएको छ ।”

मन्त्रीहरुले आफू निकटका प्रदेशसभा सदस्य र कार्यकर्तालाई मनोमानी ढङ्गले बजेट बाँडेको उनले आरोप लगाए । “पालिकाको अध्यक्षले माग गरेको योजना परेको छैन, तर कार्यकर्ताको खल्तीबाट आउको योजना जस्ताको तस्तै परेको छ”, नेपालीले प्रश्न गरे, “योजना छनोटको मापदण्ड के हो ?”

उनले लक्ष्यहीन बजेटको कुनै परिणाम नदिने धारणा राखे । विगतका सरकारले टुक्रे योजनामा बजेट बाँडेको आरोप लाग्ने गरे पनि अहिलेको सरकार पनि त्यसबाट अछुतो रहन नसकेको उनको भनाइ थियो । भौगोलिक हिसाबले पनि बजेटको वितरण असन्तुलित रहेको नेपालीले बताए ।

सत्तापक्षका प्रदेशसभा सभा सदस्य र कार्यकर्तालाई खुसी पार्ने हेतुले आएको बजेटबाट समग्र प्रदेशको आवश्यकता र चुनौतीको सम्बोधन नहुने उनले उल्लेख गरे । प्रदेशसभा सदस्य बिन्दु पौडेलले पूर्वाधार विकास कार्यक्रममा नवलपुर जिल्लालाई विभेद गरिएको बताए । उनले पूर्वाधार मन्त्रालयले पनि टुक्रे योजनामा बजेट बाँडफाँट गरेको उल्लेख गरे ।

प्रदेशसभा सदस्य कुसुम बुढाले भौगोलिक अवस्थिति, जनसाङ्ख्यिक स्थिति आदिका आधारमा समानुपातिक तबरले बजेट विनियोजन भएको बताए । प्रदेशसभा सदस्य महेश भट्टराईले पूर्वाधार क्षेत्रलक्षित बजेटले प्रदेशको विकासलाई गति दिने धारणा राखे । सडक, पुललगायत योजनाले जनअपेक्षा पूरा हुने विश्वास व्यक्त गरे । प्रदेशसभा सदस्य कृष्णप्रसाद पाठकले पहुँच पुग्नेको मात्र योजना छनोटमा परेको बताए ।

बजेटमा स्रोत स्पष्ट नभएको उनको भनाइ थियो । प्रदेशसभा सदस्य सुधिरकुमार पौडेल, रोशनबहादुर गाहा थापालगायतले छलफलमा भाग लिएका थिए । प्रदेशसभाको अर्को बैठक सोमबार बिहान ११ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।


प्रकाशित मिति: १८ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?