Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
३ फाल्गुन २०८२, आईतवार
३ फाल्गुन २०८२, आईतवार

सुशासन र समृद्धिका लागि शान्तिपूर्ण क्रान्ति चाहिन्छ : प्रधानमन्त्री प्रचण्ड


१८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, न्याय र समृद्धिका शान्तिपूर्ण क्रान्तिको आवश्यकता रहेको धारणा राखेका छन् ।

चाबहिलस्थित जिपी कोइराला मेमोरियल कलेजको १२औँ वार्षिकोत्सव तथा गिरिजाप्रसाद कोइरालाको शतवार्षिकीको अवसरमा आज आयोजित समारोहमा प्रधानमन्त्री प्रचण्डले मुलुकका देखिएको बेथिति, अराजकता र लोकतन्त्रमाथि देखिएको खतराको अन्त्य सामान्य सुधारबाट सम्भव नहुने भनाइ व्यक्त गरे ।

‘लोकतन्त्रमाथि खतराको घन्टी बजिरहेको समयमा लामो इतिहास भएका राजनीतिक दलप्रति जनताको भरोसा र विश्वास जगाउन आवश्यक छ । यसका लागि नेपाली कांग्रेससँग सहकार्य आवश्यक ठानेरै म यो गठबन्धनलाई बलियो बनाउन लागेको हुँ ।’

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएका दाहालले भने, ‘कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र मेरो कुराकानीबाट तत्कालीन विद्रोही माओवादी जनयुद्धबाट शान्तिपूर्ण सङ्घर्षमा आयो र संयुक्त जनआन्दोलनको बलमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापित भयो । यस गणतन्त्रलाई बचाउनु हामी सबैको कर्तव्य हो । म बौद्धिक वर्गलाई पनि यही आग्रह गर्दछु ।’

उनले सामाजिक सञ्जालमा गाली गरेर नभई राष्ट्र निर्माण र लोकतन्त्रको रक्षाका लागि आत्मसमीक्षासहित समर्पित भई जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक भएको बताउँदै यस सन्दर्भमा कोइरालाको उच्च साहस र दृढ इच्छाशक्तिबाट प्रेरणा मिल्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘कोइराला मेरा लागि जीवनभर प्रेरणाका स्रोत रहिरहनुहुनेछ । उहाँ मेरो अभिभावक हुनुहुन्थ्यो । उहाँप्रति मेरो अगाध आस्था र विश्वास रहीरहनेछ ।’

उनले राष्ट्र निर्माणका लागि शिक्षा क्षेत्र निर्णायक तत्व भएको उल्लेख गर्दै विश्वविद्यालय ऐनको तयारीका काम भइरहेको अवगत गराए ।


प्रकाशित मिति: १८ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?