Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

अमेरिकी राष्ट्रपति बाइडेनको कूटनीतिक भ्रमण कार्यक्रम तय


१८ असार, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै महिना लिथुआनियामा हुने नेटो शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम तय भएको ह्वाइट हाउसले आइतबार जनाएको छ । उनले बेलायत र फिनल्यान्डमा हुने बैठकका लागि युरोपको कूटनीतिक भ्रमण गर्ने कार्यक्रम पनि रहेको छ ।

बेलायती राजा चार्ल्स तृतीय र प्रधानमन्त्री ऋषि सुनकसँग ‘भेटवार्ता’का लागि राष्ट्रपति बाइडेन जुलाई ९ मा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसपछि उनी भिल्नियसमा हुने नेटो शिखर सम्मेलनमा सहभागी हुनेछन् र अन्त्यमा अमेरिका-नर्डिक लिडर्स शिखर सम्मेलनका लागि हेलसिन्की जानेछन् ।

पश्चिमी राष्ट्रहरूको सहयोगमा पूर्वी युरोपेली मुलुक युक्रेनले रुसी आक्रमणविरुद्ध लडिरहेको अवस्थामा युक्रेनको सदस्यता प्रक्रियालाई आगामी शिखर सम्मेलनमा कसरी सम्बोधन गर्ने भन्ने विषयमा गठबन्धन लगभग एकमत भएको अमेरिकाले जनाएको छ ।

ह्वाइट हाउसले स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्चर्सनलाई वासिङ्टनमा स्वागत गर्ने तयारी गरिरहेका बेला ह्वाइट हाउसले भिल्नियसमा हुने वार्ताअघि स्टकहोम नेटो गठबन्धनमा सामेल हुने बताएको छ ।

रूसले युक्रेनमाथि आक्रमण गरेको तीन महिनापछि स्वीडेनले मे २०२२ मा नेटोमा सामेल हुन आग्रह गरेको थियो तर ३१ वटै सदस्य राष्ट्रले अनुमोदन गर्नुपर्ने यसको सदस्यता प्रयासलाई टर्की र हंगेरीले रोकेका छन् ।

क्रिस्टर्सनको ह्वाइट हाउस भ्रमणको भोलिपल्ट बिहीबार टर्की र स्वीडेनका उच्च कूटनीतिज्ञहरूले ब्रसेल्सस्थित नेटो मुख्यालयमा स्टकहोमको गठबन्धनमा सामेल हुने प्रयासबारे छलफल गर्नेछन् ।

टर्कीले स्वीडेनको नर्डिक छिमेकी फिनल्यान्डलाई यस वर्षको सुरुमा सामेल गरेकोमा आपत्ति जनाएको थियो र अप्रिलमा हेलसिंकी नेटोको सदस्य बनेको थियो ।


प्रकाशित मिति: १८ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?