Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
५ फाल्गुन २०८२, मंगलवार
५ फाल्गुन २०८२, मंगलवार

राष्ट्रियसभामा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत शीर्षकमाथि छलफल


१८ असार, काठमाडाैँ । प्रतिनिधिसभाबाट पारित भइसकेको विनियोजन विधेयक, २०८० माथि राष्ट्रियसभामा छलफल सुरु भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमध्ये वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेटमाथि छलफल गर्ने सम्भावित कार्यसूची छ ।

यी मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजित बजेटमा सांसदहरु इन्दिरादेवी गौतम, भगवती न्यौपाने, सोनाम गेल्जेन शेर्पा, सुमित्रा बिसी र नरपति लुवारले खर्च कटौतीका प्रस्ताव पेस गरेका छन् ।

आजको बैठकमा सांसदहरूले दलितमाथि हुने विभेदको विषय उठाएका छन् । दाङको तुलसीपुरमा दलित विद्यार्थीको जात थाहा पाएपछि घरबेटीले घर निकाला गरेको विषय राष्ट्रियसभामा उठेपछि यसबारे छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिइएको छ ।

“यस विषयमा के भएको हो आवश्यक कारबाही गरी सभालाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउँदछु । अवश्य पनि सरकारबाट जवाफ आउनेछ”, राष्ट्रियसभाको बैठक सञ्चालन गरेकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभा बैठकमा भनिन् ।

त्यस्तै, राष्ट्रिय सभाको आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नुहुने कार्यतालिका छ । शिक्षामन्त्री राईले आजको बैठकमा ‘नेपाल विश्वविद्यालय विधेयक, २०७९ पारित गरियोस् भन्ने प्रस्तावसमेत पेस गर्नुहुने कार्यतालिका छ ।


प्रकाशित मिति: १८ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?