Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

सबै पदमा महिलाको ५० प्रतिशत उम्मेदवारी हुनुपर्ने माग


१८ असार ,काठमाडौँ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टीलगायतका पार्टीमा आबद्ध महिला नेत्रीहरूले राज्यका तीनै तहका सबै पदमा महिलाको समानुपातिक (५० प्रतिशत) उम्मेदवारी हुनुपर्ने लगायतका माग गरी निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएका छन् ।

पूर्वसभामुख ओनसरी घर्ती, एमाले नेत्री विन्दा पाण्डे, एकीकृत समावजादीकी नेत्री रामकुमारी झाँक्री र नेपाल समाजवादी पार्टीकी नेत्री मानुषी यमी भट्टराईलगायतले आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेट गरी ज्ञापनपत्र बुझाएकि हुन् ।

एकीकृत निर्वाचन कानूनको मस्यौदा बन्दै गरेको सन्दर्भमा संविधानको धारा ३८ (४) समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागिताको मौलिक हकअनुरूप कानून बन्नुपर्ने, निर्वाचनमा पार्टीहरूद्वारा राज्यका तीनै तहका सबै पदहरूमा महिलाहरूको समानुपातिक (५० प्रतिशत) उम्मेदवारी हुनुपर्ने महिला नेत्रीहरूको माग छ ।

सङ्घ र प्रदेशअन्तर्गत पालिका प्रमुख र उपप्रमुख दुवै र वडाअध्यक्षमा उम्मेदवार हुन पाउनुपर्ने र महिलालाई समानुपातिक सूचीमा, उप–पदहरूमा मात्रै सीमित गराइएको यथार्थलाई परिवर्तन गराउन अत्यावश्यक रहेको नेत्री मानुषी यमी भट्टराईले बताईन् ।


प्रकाशित मिति: १८ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?