Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१६ पुष २०८२, बुधबार
१६ पुष २०८२, बुधबार

सबै पदमा महिलाको ५० प्रतिशत उम्मेदवारी हुनुपर्ने माग


१८ असार ,काठमाडौँ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टीलगायतका पार्टीमा आबद्ध महिला नेत्रीहरूले राज्यका तीनै तहका सबै पदमा महिलाको समानुपातिक (५० प्रतिशत) उम्मेदवारी हुनुपर्ने लगायतका माग गरी निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएका छन् ।

पूर्वसभामुख ओनसरी घर्ती, एमाले नेत्री विन्दा पाण्डे, एकीकृत समावजादीकी नेत्री रामकुमारी झाँक्री र नेपाल समाजवादी पार्टीकी नेत्री मानुषी यमी भट्टराईलगायतले आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेट गरी ज्ञापनपत्र बुझाएकि हुन् ।

एकीकृत निर्वाचन कानूनको मस्यौदा बन्दै गरेको सन्दर्भमा संविधानको धारा ३८ (४) समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागिताको मौलिक हकअनुरूप कानून बन्नुपर्ने, निर्वाचनमा पार्टीहरूद्वारा राज्यका तीनै तहका सबै पदहरूमा महिलाहरूको समानुपातिक (५० प्रतिशत) उम्मेदवारी हुनुपर्ने महिला नेत्रीहरूको माग छ ।

सङ्घ र प्रदेशअन्तर्गत पालिका प्रमुख र उपप्रमुख दुवै र वडाअध्यक्षमा उम्मेदवार हुन पाउनुपर्ने र महिलालाई समानुपातिक सूचीमा, उप–पदहरूमा मात्रै सीमित गराइएको यथार्थलाई परिवर्तन गराउन अत्यावश्यक रहेको नेत्री मानुषी यमी भट्टराईले बताईन् ।


प्रकाशित मिति: १८ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?