Trending
>>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा >>   वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला >>   काँग्रेस विशेष महाधिवेशनः नेतृत्व चयन मंगलवारबाट, महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सत्तरी प्रतिशत पुर्‍याउने दाबी >>   राइजिङ स्टार यू–१२ क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि >>   एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छः विश्वप्रकाश शर्मा >>   सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा >>   विशेष महाधिवेशनलाई संविधान, कानून र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैनः गगन थापा >>   माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस
Logo
२९ पुष २०८२, मंगलवार
२९ पुष २०८२, मंगलवार

राजनिति


सरकारले छोटो समयमै महत्वपूर्ण काम गरेको छ : मन्त्री शर्मा

१६ वैशाख ,भालुवाङ । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले छोटो समयमै महत्वपूर्ण काम गरेको बताएकि छन् । दाङको राप्ती गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सरकारले समयमै हरेक विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याएको बताईन् । उनले भनिन्, “पछिल्लो समय ज्येष्ठ नागरिकले पाउँदै आएको सामाजिक

मिटरब्याजीलाई कानुनको दायरामा ल्याउन सरकार लागिपरेको छ : गृहमन्त्री श्रेष्ठ

१६ वैशाख, काठमाडाैँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरीबलाई दुःख दिने मिटरब्याजीलाई कानुनको दायरामा ल्याउन सरकार सक्रियतापूर्वक लागिपरेको बताएका छन् । आज सर्लाहीको बागमती नगरपालिका–११ स्थित नमूना पहरी बस्ती हस्तान्तरण कार्यक्रममा मन्त्री श्रेष्ठले राजनीतिक पहुँचका भरमा कुनै पनि मिटरब्याजीलाई उन्मुक्ति नदिने बताए । उनले थपे, “भ्रष्टाचार नियन्त्रणका लागि वर्तमान

१८ गते विश्वासको मत लिँदै मुख्यमन्त्री चाैधरी

१६ वैशाख, लुम्बिनी । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बैशाख १८ गते सोमबार विश्वासको मत लिने भएको छ । मुख्यमन्त्रीको पदभार ग्रहणपछि बसेको पहिलो मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो । विश्वासको मत सोमबार लिने निर्णय भएको विना विभागीय मन्त्री धनबहादुर मास्कीले जानकारी दिए । उनका अनुसार बैठकले लुम्बिनी

विकासका लागि पार्टी हितभन्दा साझा रुपमा अघि बढ्औँ : मन्त्री साउद

१६ वैशाख, सुर्खेत । परराष्ट्रमन्त्री नारायणप्रकाश साउँदले विकासका लागि राजनीति गरिएकाले पार्टीको हित मात्रै नभई साझा रुपमा अघि बढ्नुपर्ने बताएका छन् । परराष्ट्रमन्त्री बनेपछि आज पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र पुगेका उनले कृष्णपुर नगरपालिकाको मालुबेलामा आयोजना गरिएको ग्वासी समैजी समितिको साधारणसभामा विकास एउटा पार्टी, एउटा व्यक्तिको भन्दा पनि सबैको हातेमालोबाट

द्वन्द्वपीडितलाई कार्यविधि बनाएर राहत वितरण, मासिक २ हजार दिइने

१६ वैशाख, बर्दिया । बर्दियाको राजापुर नगरपालिकाले स्थानीयरुपमा कार्यविधि बनाएर द्वन्द्वपीडितलाई राहत वितरण गरेको छ । राजापुरका प्रमुख दिपेश थारुले आर्थिक वर्ष २०७९÷८० देखि बेपत्ता भएका १७ परिवारका पीडितलाई मासिक रु दुई हजार भत्ता वितरण गरेको जानकारी दिए । “परिवर्तनको आन्दोलनमा योगदान गरेका बेपत्ता परिवारलाई थोरै भए पनि यसले राहत

अनशनरत नुवाकोटका किसानको माग सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

१६ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानका समस्या सम्बोधन गर्न माग गर्दै अनशन बस्नुभएका नुवाकोटका किसानले उठाएका जायज माग पूरा गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् । यही वैशाख ५ गतेदेखि काठमाडौँको वसन्तपुरमा आमरण अनशन बसेका नुवाकोटका श्रीराम घिमिरेले उठाएका माग पूरा गर्न उनले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका

भारतमा उपचाररत कांग्रेस नेता भण्डारी आइतबार स्वदेश फर्कने

१६ वैशाख, काठमाडाैँ । भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारी यही वैशाख १७ गते आइतबार स्वदेश फर्कने भएका छन् । गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते हुनुभएका डा भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कन लागेका हुन् ।

अयोग्य लडाकुलाई आर्थिक सहयोग दिने पहिलाकै निर्णय हो : मन्त्री शर्मा

१६ वैशाख, दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अयोग्य लडाकुलाई आर्थिक सहयोग दिने निर्णय पहिलाकै भएको बताएकी छन् । नेकपा (माओवादी केन्द्र) दाङ क्षेत्र नं ३ समन्वय कमिटीको आयोजनामा शुक्रबार भएको प्रशिक्षण कार्यक्रममा मन्त्री शर्माले पहिला गरिएको निर्णयलाई अहिले कार्यान्वयनमा ल्याउन लागको स्पष्ट पारिन् । यस वर्ष विद्यालयको

संसद् अधिवेशन अन्त्य

१५ वैशाख ,काठमाडौँ । सङ्घीय संसद्को चालु अधिवेशन आजदेखि अन्त्य भएको छ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवबाट अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रको व्यहोरा जानकारी गराए । सदनको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य भएको छ । बैठकमा यसअघि अध्यक्ष तिमिल्सिनाले यस अधिवेशनमा सभामा भएका

चुनावी नतिजाबाट आत्तिनुपर्दैन : नेत्री राणा

१५ वैशाख ,सुदूरपश्चिम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा आरजु राणा देउवाले हालै सम्पन्न प्रतिनिधिसभाको उपचुनावको नतिजाबाट कांग्रेसले आत्तिनुनपर्ने धारणा व्यक्त गरेकि छन् । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा गरेको शुभकानमना आदानप्रदान कार्यक्रममा उनले भनिन्, “उपनिर्वाचनमा विजयी नहुँदैमा कांग्रेस कमजोर छैन, विगतमा पनि कांग्रेस कहिले पहिलो र

सम्वन्धित समाचारहरु