Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

‘स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’बाट सम्मानित


१७ जेष्ठ ,काठमाडौँ । विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा ‘स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’बाट पत्रकार, स्वास्थ्यकर्मी एवं विभिन्न संस्थालाई पुरस्कृत गरिएको छ ।

आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य कर कोष सचिवालयले पत्रकार, स्वास्थ्यकर्मी एवं संस्थालाई रु ५० हजारका दरले कदरपत्रसहित पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनेमा स्वास्थ्यकर्मी प्राडा रिता थापा र डा भक्त केसी एवं पत्रकार पद्मराज जोशी हुन् । यस्तै विराटनगर महानगरपालिका, एक्सन नेपाल र नेपाल विकास अनुसन्धान प्रतिष्ठान पनि पुरस्कृत भएका छन् ।

सुर्तीजन्य पदार्थ आयात, उत्पादन, बिक्रीवितरण गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्ने, जनचेतना जगाउने, प्रचलित कानुन कार्यान्वयनमा महत्वपूर्ण सहयोग पुर्याउने एवं सो क्षेत्रमा कार्यरत उत्कृष्ट व्यक्ति, संस्था, तथा निकायलाई पुरस्कृत गरिएको हो ।


प्रकाशित मिति: १७ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?