२२ असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य सेवाका लागि आवश्यकपर्ने जनशक्ति र स्वास्थ्य सेवा प्रवाहमा जनताको सरल र सहज पहुँचका लागि स्वास्थ्य क्षेत्रका प्रतिष्ठानले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको छैटौँ सभा बैठकलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्रीले स्वास्थ्य सेवा र यस
२२ असार, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा भारतीय गुप्तचरलाई भेटे दाबी गरेका छन् । प्रचण्डले लुकेर उनकै भवनमा भेटेको दाबी गरेका हुन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारतीय गुप्तचर प्रमुख नेपालमा आएका बेला आफूले सार्वजनिक रूपमै भेटेको
२२ असार, काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठक सूचना टाँसेर स्थगित भएको छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भन्दै स्थगित भएको हो । सङ्घीय संसद् सचिवालयले अर्को बैठक असार २४ गते दिउँसो १ बजेका लागि तोकेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)
२२ असार, काठमाडाैँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धन र सामाजिक न्याय वर्तमान सरकारको प्रमुख कार्यभार रहेको बताएका छन् । ललितपुरको हात्तीवनस्थित निजी निवासमा आज पत्रकारसँगको अनौपचारिक कुराकानीमा उहाँले सामाजिक, आर्थिक रुपान्तरणमा सरकारको ध्यान केन्द्रित भएको बताए । “राजनीतिक परिवर्तनपछि जनताको जीवनमा गुणात्मक परिवर्तन हुनुपथ्र्यो, त्यसो
२२ असार, विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिको सवाल लिएर नेकपा एमाले सर्वोच्च अदालत गएको छ । कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापाको नियुक्ति अवैधानिक भएको भन्दै एमाले सर्वोच्च पुगेको हो । नेकपा एमालेले संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधानविपरीत भएको एमालेले दाबी गरेको छ
२२ असार, काठमाडाैँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति गलत भएको बताएका छन् । उनले प्रचण्डको उक्त अभिव्यक्तिले जनतालाई ठेस पुगेको पनि बताएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् । उनले सो क्रममा भने, 'प्रधानमन्त्रीको अभिव्यक्तिले संसदको
२२ असार, काठमाडाैँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समाजिक न्यायसहितको सुशासन कायम गर्दा आइपर्ने जस्तो सुकै चुनौतीको सामना गर्न आफू तयार रहेको बताएका छन् । गृहमन्त्री श्रेष्ठको निवास ललितपुरको हात्तिवनमा शुक्रवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कमिसन र भ्रष्टाचारको जालो राजनीतिक नेतृत्वबाट संरक्षित रहेको दाबी गर्दै यसलाई तोड्न आफू जस्तोसुकै
२२ असार, काठमाडाैँ । राष्ट्रिय सभा बैठक शुक्रबार (तेस्रो) दिन पनि अवरुद्ध भएको छ । शुक्रबार पनि बैठक सुरु हुने बित्तिकै एमाले सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिनुपर्ने अडानसहित उठेर अवरोध गरेपछि राष्ट्रिय सभा बैठक असार २४ गते आइतबार बिहान ११ बजेर ३१ मिनेटमा बस्ने गरी स्थगित गरिएको हो ।
२२ असार, काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकारलाई जनताको पूर्ण समर्थन भएकाले सरकार ढल्ने कुनै सम्भावना नरहेको बताएकी छन् । प्रेस सेन्टर नेपाल काठमाडौँ शाखाले आज आयोजना गरेको अन्तक्र्रियामा नेपाल सरकारका प्रवक्ता शर्माले सरकारले राम्रो काम गरिरहेकाले सरकार ढल्ने औचित्य र आवश्यकता नभएको स्पष्ट गरिन् ।
२२ असार, काठमाडाैँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अनुसन्धानमा राजनीतिक हस्तक्षेप नभएको दाबी गरेका छन् । शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले ललिता निवास जग्गा प्रकरणमा संलग्न भेटिएका सबैमाथि कारबाही हुने बताएका छन् । ‘तथ्य र प्रमाणले पुष्टि भयो भने जोसुकै पनि पक्राउ पर्छन्’, मन्त्री