Trending
>>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप >>   भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल >>   समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने >>   मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा >>   जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण हुन्छः कानूनमन्त्री सिन्हा >>   आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छः प्रवक्ता भट्टराई >>   स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ >>   इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

राजनीतिक हस्तक्षेपका कारण सरकारी निकायप्रति अविश्वास : रास्वपा सभापति लामिछाने


२३ ,श्रावण ,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले राजनीतिक हस्तक्षेपका कारण सरकारी निकायप्रति अविश्वास पैदा भएको बताएका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा उनले सुन तस्करी प्रकरणको विषयमा सरकारी निकायबाट भइरहेको छानबिन र अनुसन्धानमा जनविश्वास नभएको बताएका हुन् ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुन प्रकरणको छानबिनबारे उनले भने, “यो २० दिनमा यो अनुसन्धानलाई प्रभावित हुने किसिमका कयौँ क्रियाकलापको निगरानी कसले गरिरहेको छ ? यसको जवाफ कसले दिन्छ ?” उनले सुन प्रकरणमा सत्तारूढ दलका नेताहरू संलग्न भएको आशङ्का भए उनहरू माथि पनि छानबिन गर्नुपर्ने माग गरे ।

बैठकमा उनले संसद् अवरोध गरेर तीन दलबीच हुने छलफलबारे समेत असन्तुष्टि व्यक्त गरे । “हामीलाई आशङ्का छ कि केही दलका केही नेता बसेर यतिका जनप्रतिनिधिका तर्फबाट आफूले निर्णय गरेर यो सदनलाई बन्धक बनाउन पाइँदैन”, उनले भने, “संसद् चल्ने भनेको कुनै अमूक दलका नेताको कुरा मिल्दा र नमिल्दा हैन, यहाँ नेपाली जनताको मुद्दामा छलफल हुुनपर्दछ । संसद् चल्नुपर्दछ ।”


प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?