Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

आमसञ्चार नीति छिट्टै ल्याउँछौँ : सञ्चारमन्त्री शर्मा


२३ श्रावण, काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार ऐन छिट्टै ल्याउने तयारी भइरहेको बताएकी छन् । विश्व सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा काठमाडौँमा आयोजित तीन दिने दक्षिण एशियाली सामुदायिक रेडियो सम्मेलनको आज उद्घाटन गर्दै उनले आमसञ्चार ऐन मन्त्रालयले तयार गरेको र यसलाई छिट्टै मन्त्रिपरिषद्मा लैजाने जानकारी दिइन् ।

मन्त्री शर्माले भनिन्, “आमसञ्चार ऐन तयार छ । यो ऐन आएपछि रेडियोलगायत सञ्चार माध्यमको समस्या समाधान हुने छ भन्ने विश्वास छ ।” लोकतन्त्र र सञ्चार एकापसमा अभिन्न रुपले जोडिएका विषय भएको उल्लेख गर्दै उनले नेपालमा मात्र नभइ संसारभर नै सामुदायिक रेडियोको महत्वपूर्ण भूमिका रहेको बताइन् ।

“लोकतन्त्र र सञ्चार एकापसमा अभिन्न रुपले जोडिएका विषयवस्तु हुन् । जहाँ अभिव्यक्तिको स्वतन्त्रता हुन्छ, त्यहाँ लोकतन्त्र रहन्छ । त्यसकारण अभिव्यक्तिको स्वतन्त्रता लोकतन्त्रको सुन्दर पक्ष हो”, मन्त्री शर्माले भनिन् । विगतमा देशमा प्रजातन्त्र स्थापनाका लागि भएका सबै ठूलाठूला आन्दोलनलाई सफलतामा पुर्याउनका निम्ति पनि रेडियोको ठूलो भूमिका रहेको उनले उल्लेख गरिन् ।

सामुदायिक रेडियोका जटिल समस्या, केही नीतिगत र कानुनी सुधारका पाटा  रहेका र तिनको समाधानका लागि सरकारले आवश्यक पहल गर्ने मन्त्री शर्माले विश्वास व्यक्त गरिन् ।


प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?