Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

सदनको अवरोध अन्त्य गर्न एमाले सहमत


२३ श्रावण, काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा सुन बाहिरिएको विषयलाई लिएर लगातार सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रतिनिधिसभाको आजको बैठक सञ्चालन गर्नका लागि सहमत भएको छ ।

सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जवाफ राख्न दिने र गृहमन्त्रीबाट उच्चस्तरीय समिति गठनको प्रतिबद्धता नआए विरोध गर्नेगरी आजको बैठक चल्न दिन एमाले तयार भएको हो । सदनको अवरोध हटाउन प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित शीर्ष नेताको बैठक बसेपनि बिना निष्कर्ष टुङ्गिएको थियो ।

एमाले सचेतक महेश बर्तौलाले भने, “आज सदन अगाडि बढ्छ, गृहमन्त्रीले उच्चस्तरीय समिति बनाउने प्रतिबद्धता जनाए बैठक अगाडि जाने र समिति गठन गर्ने प्रतिबद्धता नआए हामीले उठेर विरोध गर्छौँ ।” शीर्ष तहको बैठकमा सरकारका तर्फबाट उच्चस्तरीय समिति गठन नगर्ने अडान कायमै भए पनि गृहमन्त्रीको जवाफ सुन्नका लागि सदन चल्न दिने निष्कर्षमा पुगिएको उनको भनाइ छ ।

“बैठकमा सरकार आफ्नो अडानमा रह्यो । उच्चस्तरीय छानबिन समिति बनाउन तयार नहुँदानहुँदै पनि आज गृहमन्त्रीको जवाफ सुन्नका लागि सदनलाई अगाडि बढाउन दिएका हौँ”, उनले भने, “गृहमन्त्रीको जवाफ पनि सुन्छौँ, देशभरका सांसदले पनि आफ्ना कुरा राख्ने अवस्था बनाउछौँ । अपराह्न ३ बजे सदन अगाडि जान्छ, हामी बैठकलाई अवरोध गर्दैनौँ ।”


प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?