काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मजदुरहरूको रगतले देशको झन्डा रातो भएको बताएका छन् । १ सय ३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले बिहीवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालको झण्डा ख्याल ख्यालमा रातो नभएको बताउँदै मजदुरहरूको रगतले झण्डा रातो भएको बताउदै शान्तिको प्रतीक
काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले परिवर्तित अवस्थामा काँग्रेसले शाहसिक निर्णय लिएकोले मुलुकले आर्थिक रुपमा फड्को मारेको बताएका छन् । नेपाली काँग्रेस जनसम्पर्क समितिले बिहीवार पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले २०४६ सालपछिको मुलुकमा धेरै परिवर्तन भएको उल्लेख उनले विदेशमा रहेका गैरआवासीय नेपालीले मुलुकमा भएका परिवर्तनका बारेमा प्रचारप्रसार
काठमाडौँ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सरकारको अस्थिरताका कारण गैरआवासीय नेपाली नागरिकतासम्बन्धी कानून निर्माणमा ढिलाइ भएको बताएकी छिन् । नेपाली काँग्रेसको जनसम्पर्क विभागले बिहीवार पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले संविधान जारी भएपछिका वर्षहरूमा बारम्बार सरकार परिवर्तन हुँदा नीतिगत निरन्तरतामा बाधा पुगेको उनको भनाइ छ ।
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजवादीहरूले समाज, संस्कृति र सभ्यतामाथि चुनौति दिन खोजेको बताएका छन् । १ सय ३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले बिहीवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले राजावादीहरूले सामाजिक मूल्य र मान्यताहरूलाई ध्वस्त पार्न र समाजलाई विकृत बनाउन खोजेको भन्दै
काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रोजगारी वृद्धि गर्नेगरी सरकारको नीति तथा कार्यक्रम र नयाँ बजेट ल्याउन सुझाव दिएका छन्। बिहीवार ललितपुरमा नेपाल ट्रेड युनियन काँग्रेसले १ सय ३६ औं अन्तर्राष्ट्रिय श्रमीक दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले श्रमीकहरुलाई पूर्ण अधिकार सम्पन्न बनाउँदै स्वदेशमै रोजगारी सिर्जना
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सीपमुलक जनशक्ति रोजगारीमा जोडिएमात्रै समृद्ध नेपाल सम्भव रहेको बताएका छन् । बिहीवार बालुवाटारबाट १ सय ३६ औं श्रमीक दिवसको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुरु गरेको श्रम संसार पोर्टलको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले श्रमीकको कल्याण, महिलाको आत्मनिर्भरता आवश्यक रहेको बताएका छन् । श्रम
काठमाडौँ। जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आदिवासी, जनजाति, दलित, मधेसी, मुस्लिममाथि अन्याय र दमन भइरहेको बताएका छन् । बुधवार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरेपछि चौधरीलाई भेट्न डिल्लिबजार कारागार पुगेका उनले कार्यक्रमको मुखमै आएर पक्राउ गर्नु अलोकतान्त्रिक भएको बताउदै अधिकार माग्नै नहुने, बोल्नै नहुने जस्तो व्यवहार सरकारले
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्र शाहलाई कला क्षेत्रमा लाग्न सुझाव दिएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको ९ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई बुधवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वनवयुवराज शाहलाई यस्तो सुझाव दिंदै राजा हुने सपना नदेख्न समेत चेतावनी दिएका छन् । केही दिनअघि अभिनेत्री
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अबहेलना मुद्दामा लिखित जवाफ माग्ने आदेश भएको छ । संवैधानिक निकायमा ५२ जनाको नियुक्तिविरुद्धको रिटको बारेमा गगनले अदालतको भूमिकामाथि उठाएको प्रश्नलाई लिएर अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेयको इजलासले उक्त मुद्दामा लिखित जवाफ
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकार शिक्षकहरूका जायज मागहरूलाई सम्बोधन गर्न अनुदार बनेको आरोप लगाएका छन् । मंगलवार बसेको प्रतिनिधिसभा बैठकपछि संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले संसद्मा प्रतिपक्षी दलहरूको तर्फबाट जरुरी सार्वजनिक महत्वको प्रश्ताव प्रश्तुत गरिए पनि सरकारले त्यसमा गम्भीरता नदेखाएको आरोप लगाएका छन् ।