२३ ,असोज ,मकवानपुर । बागमती प्रदेशसभा बैठक आज मध्यरातदेखि अन्त्य हुँदै छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद्बाट सिफारिस भई आएअनुसार, प्रदेश सभाको १२औँ वर्षे अधिवेशन बैठक आज मध्यराति १२ बजेदेखि अन्त्य गरेका हुन् । मन्त्रिपरिषद्बाट आज पारित भई
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कोशी प्रदेशमा गठबन्धनकै सरकारको पक्षमा अडिग देखिएका छन् । सभापति देउवाले पदाधिकारी बैठकमा गठबन्धनबाट बाहिर गएर सरकार बनाउन नहुने बताएका छन् । सभापति देउवाले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने बताइएको छ । आज नै प्रधानमन्त्रीले कोशीका विषयमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पनि
काठमाडौं । राष्ट्रियसभाको आजका लागि तोकिएको बैठक राष्ट्रिय शोक परेका कारण स्थगन भएको छ । आज बिहान ११ः१ बजेका लागि तोकिएको बैठक यही असोज २६ गते शुक्रबार बिहान ११ः३१ बजे बस्ने गरी अध्यक्ष गणेशपसाद तिमिल्सिनाले निर्धारण गर्नुभएको सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा जनाइको छ । इजरायलमा मारिएका
बुटवल । बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा हरिप्रसाद अर्यालको प्यानल विजयी भएको छ । संघको २५औं अधिवेशनअन्तर्गत भएको निर्वाचनमा अर्यालले प्रतिष्पर्धी दिनेशप्रसाद श्रेष्ठलाई ८७ मतले पछि पार्दै निर्वाचित भएका हुन् । १५०६ मत खसेको मध्ये अर्यालले ७७६ मत प्राप्त गर्दा श्रेष्ठले ६८९ मत प्राप्त गरे । ७ जना पदाधिकारीका लागि
२३ ,असोज ,काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साह विदेश पलायनलाई सक्षम र महान् देख्ने तथा देशको सेवा गर्नेलाई अपमानित र कमजोर बुझ्ने प्रवृत्ति परिवर्तन गर्न आवश्यक देख्छन् । उनले युवा र विद्यार्थीलाई विदेश पलायन होइन, डाँडाकाँडा, नदीको धाप र गाउँलाई सुन्दर सहर बनाउँदै समृद्ध राष्ट्र निर्माण अभियानमा जुटेर
२३ ,असोज ,कास्की । समाजवादी मोर्चाले गण्डकी प्रदेशका ११ वटै जिल्लामा सन्देशसभा गर्ने भएको छ । मोर्चाको गण्डकी प्रदेश संयोजन समितिको सोमबार पोखरामा बसेको बैठकले मोर्चामा रहेका चार दलका दुई–दुई जनाको प्रतिनिधित्व हुने गरी असोज महिनाभित्रमा जिल्ला संयोजन समिति गठन गरी सन्देशसभा गर्ने निर्णय गरेको हो । समाजवादी मोर्चामा सत्तारुढ
२२ ,असोज ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इजरायलमा आतङ्कवादी समूह हमासले गरेको आक्रमणमा परी होनहार युवाको निधन भएको घटनाले आफू मर्माहत भएको बताएका छन् । प्रधानमन्त्रीले सामाजिक सञ्जालमा उक्त अकल्पनीय घटनाबाट जीवन गुमाएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । आजको मन्त्रिपरिषद्को
२२ ,असोज ,काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इजरायलबाट नेपालीको उद्धार गर्न सरकारसँग माग गरेका छन् । साथै उनले घाइतेहरुको उपचारको व्यवस्था गर्न आग्रह पनि गरेका छन् । एमाले अध्यक्ष ओलीले आज एक विज्ञप्ति जारी गरी आक्रमणमा ज्यान गुमाएकोहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको उपचारको व्यवस्था गर्न माग गरेका
२२ ,असोज ,काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आन्तरिक खपतपछि बचत भएको विद्युत्मात्र निर्यात गर्ने विषयमा सरकारको स्पष्ट दृष्टिकोण रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ‘विद्युत् विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री बस्नेतले बचत भएको विद्युतको व्यापार कसरी हुनुपर्छ भनेर
२२ ,असोज ,काठमाडौँ । सरकारले इजरायलमा आतङ्कवादी हमलामा परी ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई सहयोगस्वरुप प्रतिपरिवार रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् । बैठकले स्वदेश फर्कन चाहनेहरुलाई नेपाल वायु