Trending
>>   टेलिकमको अवरुद्ध सेवा सञ्चालन >>   खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न मन्त्री यादवको निर्देशन >>   भारतद्वारा हाइपरसोनिक मिसाइल प्रक्षेपण >>   मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्छौं : मन्त्री पाण्डे >>   दुर्गा प्रसाईकाे नयाँ महाअभियान ‘फस्ट नेपाल,फस्ट नेपाली’ >>   सञ्चालनमा ल्याएको तीन महिना नबित्दै अनिश्चितकालका लागि धरहरा बन्द ! >>   उपनिर्वाचनका लागि मनोनयन दर्ता थालियाे >>   नेपाल टेलिकमको सेवामा पटक-पटक समस्याः फोन नलाग्ने र एसमएम नगएर सेवाग्राही मर्कामा ! >>   उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू: सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ ! >>   संघीयताले आर्थिक केन्द्रहरु बिस्तार भए: अर्थमन्त्री पौडेल
Logo
२ मंसिर २०८१, आईतवार
२ मंसिर २०८१, आईतवार

जनता र विकासको कुरा दह्रोसँग उठाउँनेछु: सांसद कोइरी


काठमाडौं। नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले जनता र विकासको मुद्दा संसदमा दह्रोसँग उठाउने बताएका छन् । आफ्नो सांसद पदको निलम्बन फुकुवा माग गर्दै आइतबार संघीय संसद सचिवालयमा निवेदन दिएपछि उनले भने, ‘निर्वाचित भएर पनि यस अगाडि सदनमा भूमिका देखाउने अवस्था बनेन । अदालतले न्याय दिलाएको छ । निलम्बन फुकुवाको लागि संसद सचिवालयमा निवेदन दिएको छु ।’

संसद सचिवालयले छिट्टै आफ्नो निलम्बन फुकुवाको निर्णय दिने विश्वास व्यक्त गर्दै उनले अब संसदमा आफ्नो भूमिका देखाउने बताए । मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या अभियोग लागेका कोइरीलाई जिल्ला अदालत महोत्तरीले २८ मंसिरमा सफाइ दिएको थियो । सांसद कोइरीले भने- ‘जनताको कुरा लिएर, पार्टीको कुरा लिएर अगाडि बढ्छु । मेरा धेरै कुरा विकाससँग जोडिएको छ । मलाई समाजसेवी भनेर चिन्दछन् । त्यसअनुसार आफ्नो भूमिकामा दह्रो गरी संसदमा प्रस्तुत हुन्छु’। आफ्नो स्वभाव र विचारधारा स्वतन्त्र जस्तो भए पनि पार्टीको नीति अनुसार चल्ने पनि उनको प्रतिवद्धता छ ।

संसद सचिवालयका अनुसार कोइरीले माग गरे अनुसारको निलम्बन फुकुवाको विषय प्रक्रियामा छ । त्यसैगरी, २०७७ सालमा जनकपुर उच्च अदालतले फौजदारी अभियोगमा पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएदेखि फरार कोइरी ४ मंसिर २०७९ मा भएको चुनावमा महोत्तरी १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । चुनाव जितेपछि ७ पुस २०७९ मा प्रतिनिधिसभा सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा सहभागी भएका कोइरी २५ पुसमा बसेको प्रतिनिधिसभाको पहिलो बैठक र २६ पुसको दोसो बैठकमा उपस्थित थिए ।

प्रतिनिधि सभाको पहिलो अधिवेशनमा कोइरीको अनुपस्थितिको सूचना स्वीकृत हुन सकेको थिएन । फरार सांसद संसदमा उपस्थित भएको भनी प्रश्न उठेपछि कोइरी सम्पर्कविहीन थिए भने प्रहरी प्रधान कार्यालयले दुई पटकसम्म कोइरीलाई निलम्बन गर्न पत्र पठाएको थियो । त्यस्तै, प्रतिनिधि सभा नियमावली २०७९ ले फारार सांसद निलम्बित हुने व्यवस्था समेत गरेको थियो ।

यी तीन कारणबाट कोइरी १९ वैशाख २०८० मा निलम्बनमा परेका थिए । त्यसपछि निरन्तर सम्पर्कविहीन रहेका कोइरी महोत्तरी जिल्ला अदालतबाट सफाइ पाएसँगै संसद सचिवालय पुगेका हुन् ।


प्रकाशित मिति: ८ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?