Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

सांसदले बैठक स्थगन गर्न माग गरेपछि संशोधनकर्तासँगको छलफल स्थगित


काठमाडौं। कानून, न्याय तथा मानव अधिकार समितिका अधिकांश सदस्यले बैठक स्थगित गर्न माग गरेपछि आइतबार बैठक स्थगित भएको छ । आइतबार बिहान ११ बजेदेखि सुरु भएको बैठकको सुरुमा नै समितिका अधिकांश सदस्यले सबै संशोधनकर्तालाई बोलाउन माग गरेपछि आगामी पुष १६ गते ११ बजे बैठक बस्नेगरी स्थगित भएको हो ।

उक्त बैठकको सुरुमा नेकपा एमालेका सांसद रघुजी पन्तले सबै संशोधनकर्तालाई बोलाए मात्रै आउने भनेकोले यस अघिका बैठकमा सहभागी नभएको बताएका छन् । त्यसैकारण अर्को बैठकमा सबै संशोधनकर्तालाई बोलाएर मात्रै छलफल गरेर अघि बढ्नुपर्ने भन्दै बैठक स्थगितको माग गर्दै बनाएको कानूनमा प्रश्न उठ्न नहुने र प्रक्रिया पनि लोकतान्त्रिक हुनुपर्नेमा समेत जोड दिएका छन् ।

त्यस्तै, अर्को बैठक बोलाउन समितिका सभापतिलाई आग्रह गरेपछि समितिका सभापति बिमला सुवेदीले आइतबारको बैठक स्थगित गरेकी हुन् । सभापति सुवेदीले ६२ जना संशोधनकर्तामध्ये ५६ जना सांसदलाई फोन सम्पर्क गरेर नै बोलाएकोमा १९ जनाले मात्र आउने प्रतिबद्धता जनाएको बताइन् । आगामी दिनमा संशोधनकर्तालाई पनि मोबाइलमा म्यासेज पनि पठाउने बताइन् ।

स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले केही संशोधनकर्तालाई मात्रै बैठकमा बोलाएर विधेयक पारित गराउनु बदनियतपुर्ण भएको बताए । त्यसैले सबै संशोधनकर्तालाई बोलाउन र नआउने भए नआउनेको गल्ती हुने बताए,तर आउनेलाई त बोलाउनुपर्ने उनको भनाई रहेको छ । आजको बैठक स्थगित गर्न सही प्रक्रियाबाट अघि बढ्न आग्रह गरेका छन् ।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले कम्तिमा हप्ता दिनको समय मागेर ५५ जनालाई नै बोलाएर आजको बैठक स्थगित गर्नका लागि अनुरोध गरे । रास्वपाकै सांसद प्रतीक्षा तिवारीले सबै संशोधनकर्तालाई बोलाएर अर्को बैठक बोलाउन र आजको बैठक स्थगित गर्न माग गरिन् ।

नेपाली कांग्रेसका सांसद रमेश लेखकले एउटै बैठकमा सबैलाई बोलाउँदा असहज हुने भएकाले छुट्टा छुट्टै समूहसँग पनि छलफल गर्न सकिने बताए, तर अधिकांश सांसदको माग पनि अर्को दिन सबै सदस्यलाई बोलाएर गर्दा राम्रो हुने भएकाले त्यसै अनुसार गर्न समिति सभापतिलाई सुझाव समेत दिएका छन् ।

त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) का सांसद रञ्जु झाले जति जना आउन सक्छन् सबै जना संशोधनकर्तालाई बोलाएर छलफल गर्न सकिने बताएका छन् ।


प्रकाशित मिति: ८ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?