Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

कानुनमन्त्री धनराज गुरुङको अभिव्यक्तिप्रति कांग्रेसभित्रैबाट विरोध


काठमाडौं। सरकारले अध्यादेश ल्याउनसक्ने कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको बोलीप्रति कांग्रेसभित्रैबाट आलोचना भएको छ । कांग्रेस उपसभापति समेत रहेका गुरुङले पार्टीको गण्डकी र बागमती सम्मेलन बोल्ने क्रममा विधेयक पारित हुन संसद बैठक बस्न सक्ने अवस्था नभए सरकारलाई अध्यादेशको बाटो भएको बताएका थिए ।

त्यस्तै, मन्त्री गुरुङको उक्तबोलीप्रति केन्द्रीय सदस्य नैनसिंह महरले आपत्ति जनाएका छन् । अध्यादेशमार्फत विधेयक ल्याएर सरकार सञ्चालन गर्छु भन्नु अस्वभनीय रहेको महरले बताए । मन्त्रीबाट अध्यादेशबाट विधेयक ल्याएर शासन गर्ने अभिव्यक्ति आउनु जनताका लागि स्वीकार्य नहुने समेत बताए ।

संघीय प्रहरी ऐन, शिक्षा विधेयक, संघीय कर्मचारी ऐन संसदबाट पारित हुन नसके अध्यादेश मार्फत कानुन जारी गर्ने उनले बताएका थिए भने महत्वपूर्ण विधेयकका लागि ढिलो हुने अवस्था भए सरकारले अर्को बाटो लिनसक्ने मन्त्री गुरुङको भनाई थियो ।

 

 


प्रकाशित मिति: ८ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?