Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

कानुनमन्त्री धनराज गुरुङको अभिव्यक्तिप्रति कांग्रेसभित्रैबाट विरोध


काठमाडौं। सरकारले अध्यादेश ल्याउनसक्ने कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको बोलीप्रति कांग्रेसभित्रैबाट आलोचना भएको छ । कांग्रेस उपसभापति समेत रहेका गुरुङले पार्टीको गण्डकी र बागमती सम्मेलन बोल्ने क्रममा विधेयक पारित हुन संसद बैठक बस्न सक्ने अवस्था नभए सरकारलाई अध्यादेशको बाटो भएको बताएका थिए ।

त्यस्तै, मन्त्री गुरुङको उक्तबोलीप्रति केन्द्रीय सदस्य नैनसिंह महरले आपत्ति जनाएका छन् । अध्यादेशमार्फत विधेयक ल्याएर सरकार सञ्चालन गर्छु भन्नु अस्वभनीय रहेको महरले बताए । मन्त्रीबाट अध्यादेशबाट विधेयक ल्याएर शासन गर्ने अभिव्यक्ति आउनु जनताका लागि स्वीकार्य नहुने समेत बताए ।

संघीय प्रहरी ऐन, शिक्षा विधेयक, संघीय कर्मचारी ऐन संसदबाट पारित हुन नसके अध्यादेश मार्फत कानुन जारी गर्ने उनले बताएका थिए भने महत्वपूर्ण विधेयकका लागि ढिलो हुने अवस्था भए सरकारले अर्को बाटो लिनसक्ने मन्त्री गुरुङको भनाई थियो ।

 

 


प्रकाशित मिति: ८ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?