काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि वामपन्थी शक्ति एकताबद्ध हुनुपर्ने बताएका छन् । उक्त पार्टीको आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा उनले लोकतान्त्रिक वाम शक्तिले राजनीतिक स्थिरता कायम गरी मुलुकलाई समाजवादतर्फ अगाडि बढाउन सक्ने बताए । त्यसैगरी, राजनीतिलाई विचारहीन, सिद्धान्तहीन र सस्ता
गोरखा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बूढीगण्डकी जलाशययुक्त आयोजना निर्माणका लागि आर्थिक अभाव नहुने बताएका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आज गाउँपालिका कार्यालयमा आयोजना गरेको ‘जनप्रतिनिधि र सरोकारवालासँग प्रधानमन्त्री’ विषयक कार्यक्रममा उनले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बूढीगण्डकी आयोजनाका लागि आर्थिक स्रोतको सुनिश्चिता गरिसकेको उल्लेख गरे । त्यसैगरी, गोरखा क्षेत्र
गोरखा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरोधी शक्तिहरु अहिले जनतालाई भ्रमित पार्न षड्यन्त्र गरिरहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) विशेष रुपान्तरण अभियानअन्तर्गत गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ मा पार्टीको वडा समितिको बैठकलाई आज सम्बोधन गर्दै, प्रधानमन्त्री दाहालले जनतालाई निराश बनाउन गणतन्त्रविरुद्ध भ्रम फैलाउने षड्यन्त्र गणतन्त्र विरोधीबाट भइरहेको बताएका
काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ७० वर्षे उमेरहद सान्दर्भिक नभएको बताएका छन् । ललितपुरमा जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उमेरहदबारे कसरी जाने नेतासँग सुझाव मागेका छन् । उनले भने, हामीले ९औँ महाधिवेशनमा ७० वर्षे उमेर हद राख्यौँ, तर त्यो भन्दा तलतिरको नेता जन्माउन सकेनौँ । त्यो
काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक कानुन छिटो निर्माण गर्नुपर्नेमा जोड दिएको छ । उक्त बैठक सकिएपछि आज पत्रकारसँग कुराकानी गर्दै जनता समावादी पार्टी (जसपा)का नेता राजेन्द्रप्रसाद श्रेष्ठले प्रदेशलाई अधिकार दिन अध्यादेशबाटै भए पनि कानुन कार्यान्वयन गर्न मोर्चाले प्रधानमन्त्रीलाई सुझाव दिएको बताएका छन् ।
काठमाडौं। नेकपा एकीकृत समाजवादीले पार्टीको विधान संशोधनका लागि केन्द्रीय कमिटीको बैठकबाट सुझाव लिने भएको छ । आजबाट सुरु हुने बैठकमा विधान संशोधनको लागि नेताहरूसँग ११ वटा प्रश्न तयार पारेरै सुझाव लिन लागेको हो। उक्त महाधिवेशन र अधिवेशनबाट प्रतिनिधि कसरी चयन गर्ने, केन्द्रीय सङ्गठनात्मक संरचना कस्तो बनाउने, केन्द्रीय परिषद् कस्तो बनाउने,
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ नागरिकको ज्ञान, अनुभव, सीप तथा प्रज्ञाको उपयोग गरी राज्य सञ्चालनका महत्वपूर्ण निर्णयमा मार्गदर्शन गर्ने वातावरणको निर्माण गर्न सरकार क्रियाशील रहेको बताएका छन् । त्यस्तै, तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री दाहालले सरकारले ज्येष्ठ नागरिकका नैतिक आदर्शलाई नयाँ पुस्तामा हस्तान्तरण हुने
काठमाडौं। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जीवनभरको सङ्घर्ष र भोगाइबाट आर्जित ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक जीवित पाठशाला रहेको बताएकी छन् । राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८० को शुभकामना सन्देश दिँदै उनले ज्येष्ठ नागरिकसँग रहेको अन्तर्निहित ज्ञान, सीप र अनुभवबाट नयाँ पुस्ताले जीवनोपयोगी शिक्षा ग्रहण गरी समाजको अग्रगति तथा
पोखरा। बागलुङ महोत्सव उद्घाटनको लागि राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ जादै छन्। गण्डकी प्रदेशस्तरीय व्यापार मेला तथा सातौँ बागलुङ महोत्सव उद्घाटनको लागि राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ जान लागेका हुन् । महोत्सव उद्घाटनसँगै उनले बागलुङ कालिका मन्दिरमा पुजा अर्चना गर्ने कार्यक्रम लगायत शालिग्राम संग्राहलयको अवलोकन गर्नेछन। रास्ट्रपति पौडेल आजै काठमान्डौ
काठमाडौं । शिक्षा मन्त्रालयले आज देशभरका विद्यालयहरूमा ज्येष्ठ नागरिकसम्बन्धी कक्षा सञ्चालन गर्न आदेश जारी गरेको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गरिदिन अनुरोध गर्दै शिक्षा मन्त्रालयलाई पत्र पठाएको आधारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालयमा ज्येष्ठ नागरिक सम्बन्धी पाठ पढाउन निर्देशन दिएको