Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

सरकार आफैँले विरोधको वातावरण बनाइरहेको छः रवि लामिछाने


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले सरकारले संसदको मर्यादालाई उल्लङ्घन गरिरहेको बताएका छन्।

उनले सभामुखले समेत संसदमा उठिसकेको प्रश्नको जवाफ दिन रुलिङ्ग गरिसकेको अवस्थामा सरकारले त्यसलाई नमानेर संसदको मर्यादा उल्लङ्घन गरिरहेको बताउदै सरकारले जवाफ नदिए संसद अवरोधमा उत्रने चेतावनी समेत दिएका छन् । उनले सरकार संसदमा उठेका प्रश्नहरूको जवाफ नदिएर बाहिर पत्रकार सम्मेलन र अन्य कार्यक्रममा आफ्नो बचाउ गर्न खोजिरहेको उल्लेख गरे ।

संसदमा दिनदिनै उपस्थित भएर हाजिरी गर्ने क्रम र परम्परालाई अन्त्य गर्नुपर्ने भन्दै सांसद लामिछानेले मिटरब्याज पीडितको समस्या समाधान, किसानका समस्या समाधान, आजियाटाको रिपोर्ट लगायतका विषयमा सरकारले तत्काल जवाफ दिनुपर्ने समेत बताएका छन् ।


प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?