Trending
>>   ‘पार्टी संगठनहरुभित्र दक्षिणपन्थी अवसरवाद मौलाउदै गएको छ’ >>   पूर्वराजाको सन्देश ‘राजा फर्काउने’ आन्दोलनको प्रस्थानबिन्दु हुनसक्छः राजेन्द्र लिङदेन >>   बाबुकाे पुरानो कार उपहारः मुल्यांकन र कदरकाे अर्थ ! >>   न देशमा चैन, न बिदेशमा बेचैनीबाट छुट्कारा ! नेपाली जाने कहाँ प्रधानमन्त्रीज्यू? >>   एफएटीएफ बैठकः नेपाल ग्रे–लिस्टमा परे ठूलो मात्रमा वैदेशिक सहयोग कटौति हुनसक्छ ! >>   मलेसियाको जनसंख्या ३४.२ मिलियन पुग्यो >>   चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्छः प्रमुख साह >>   यातायात कार्यालयका २५ लाख फाइलको विद्युतीय अभिलेखन शुरु >>   वर्तमानलाई समृद्ध बनाउन इतिहास बचाउनुपर्छः प्रधानन्यायाधीश राउत >>   सुदूरपश्चिम प्रदेशका एक लाख ४३ हजारभन्दा बढीलाई लगाइयो एचपिभी खोप
Logo
७ फाल्गुन २०८१, बुधबार
७ फाल्गुन २०८१, बुधबार

राजनिति


राप्रपा जिल्ला अध्यक्षहरूकाे काठमाडौंमा भेला

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ७७ वटै जिल्ला अध्यक्षहरूको दुईदिने भेला आज पनि काठमाडौंमा जारी छ।राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार धुम्बाराहीस्थित एसआर बैंक्वेटमा उक्त भेलाको उद्घाटन गरेका थिए। आजको बैठकमा जिल्ला अध्यक्षबाट सम्बन्धित जिल्लाको सांगठनिक प्रतिवेदन पेस भइरहेको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।

रास्वपाको दुई दिने बन्द कार्यशाला सुरु

काठमाडाैं । रास्वपाको दुई दिने बन्द कार्यशाला केन्द्रीय कार्यालय (चःमति, वनस्थली)मा सुरु भएकाे छ । – साउन १० गतेको केन्द्रीय समिति बैठकले पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यहरुलाई रणनीतिक रुपमा क्षमता अभिबृद्धि गर्न सघन प्रशिक्षण र आगामी अभियानका लागि दुई दिने बन्द कार्यशाला (क्लोज क्याम्प) सञ्चालन गर्ने निर्णय गरेको थियो।

टीआरसी चालु अधिवेशनबाटै पारित हुने !

काठमाडौं ।  गृहमन्त्री रमेश लेखकको नेतृत्वमा झण्डै १० वर्षदेखि अड्किएको संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा प्रमुख तीन राजनीतिक दलबीच सहमति जुटेको छ । संसदका प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार टीआरसी विधेयक अगाडि बढाउने सहमति भएको छ ।

नवनियुक्त प्रदेश प्रमुखहरूले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रदेश प्रमुखहरूलाई पद तथा गोपनियताको शपथ गराएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले प्रदेश प्रमुखहरू दीपक प्रसाद देवकोटा, कृष्णबहादुर घर्तीमगर र यज्ञराज जोशीलाई बुधवार पद तथा गोपनियताको शपथ गराएका हुन् । देवकोटा बागमती,घर्तीमगर लुम्बिनी र जोशी कर्णाली प्रदेशका लागि

रास्वपाले निर्वाचन आयोगमा बुझायो केन्द्रीय समिति हेरफेरको विवरण

काठमाडौं । रास्वपाले निर्वाचन आयोगमा केन्द्रीय समितिको अध्यावधिक विवरण बुझाएको छ। गत असार १९ गते महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट डा. मुकुल ढकाललाई निलम्बन गरेको रास्वपाको असार २५ गते बसेको केन्द्रीय समितिको बैठकले अनुशासनात्मक कारबाही गर्दै उनलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय समितिको सदस्य समेतको जिम्मेवारीबाट पदमुक्त गरेपछि रास्वपाले आज आयोगलाई केन्द्रीय

एमाले उपाध्यक्षमा गुरु बराल मनोनीत

काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त उपाध्यक्षमा गुरु बराललाई मनोनीत गरेको छ । आज बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य रहेकागुरु बराललाई नियुक्त गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । बरालले बागमती प्रदेश इन्चार्जको जिम्मेवारीसमेत सम्हालेका थिए ।

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक बिहीबार बिहान ११ बजे होटल बसेरामा बस्दैछ। च्यासलमा रहेको पार्टी कार्यालको भूइँ तलामा बाढी पसेपछि सचिवालयको बैठक हनुमानथानमा रहेको होटल बसेरामा बस्न लागेको हो । सचिवालय बैठकमा समयसामयिक राजनीतिक विषय, पार्टीको आन्तरिक रणनीति र नेताहरूको कार्यविभाजनको विषयमा छलफल हुनेछ ।

हाम्रीले आर्जन गरेको अनुभव, ज्ञान र सीप जनताको सर्वोत्तम हितमा केन्द्रित गरौँ: राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले परिकल्पना गरेको राजनीतिक स्थायित्व, विकास र सुशासनका माध्यमबाट देशलाई समृद्धिको बाटोमा लैजान सकेमात्र अग्रजहरूले परिकल्पना गरेको लक्ष्यमा पुग्न सकिने बताउनुभएको छ । डा.डिल्लीरमण कल्याणी रेग्मी पुस्तकालय विकास समितिद्वारा बुधवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले हामीले

संसदीय छानबिन विशेष समितिमा पाण्डेको स्थानमा बडू

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा नेपाली कांग्रेसका तर्फबाट सदस्य रहेका बद्रीप्रसाद पाण्डेको स्थानमा दिलेन्द्रप्रसाद बडूलाई ल्याइएको छ

राष्ट्रियसभा बैठक बस्दै,यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संयुक्त समितिमा सदस्यहरूको नाम मनोनयन गर्नेछन्। त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रश्तत गर्ने सम्भावित

सम्वन्धित समाचारहरु