Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

एमालेमा वडामा चुनाव जिताउन नसक्नेहरु पनि नेता भएः प्रदीप ज्ञवाली


काठमाडौँ। नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका केही पदाधिकारीहरुले वडा तहमा समेत चुनाव जिताउने हैसियत नराख्ने बताएका छन् ।

सोमवार काठमाडौमा आयोजित आनन्दप्रसाद पोखरेलद्वारा लिखित पुस्तक कम्युनिष्ट पार्टी निर्माणका आधारको विमोचन गर्दै उनले पार्टीका केही पदाधिकारीहरुले कुरा ठूलाठूला गर्ने गरेको भएपनि वडा तहको समेत चुनाव जिताउन हैसियत राख्न नसक्ने अवस्था रहेको टिप्पणी गरेका छन् । उपमहासचिव ज्ञवालीले पार्टीका धेरै नेता, कार्यकर्ता धागो नभएको चंगा जस्तो माथिमात्रै रहने गरेको तर जनाधार नभएको पनि औल्याएका छन् । पार्टीका कतिपय पदाधिकारी, केन्द्रिय सदस्यहरुले कुरा ठूला गरेपनि जनाधार नहुँदा चुनाव जिताउने हैसियत गुमाएको उनको निष्कर्ष थियो । उपमहासचिव ज्ञवालीले पञ्चायत कालमा समेत जनमत बुझ्न राजा महेन्द्रले गाउँ फर्क अभियान चलाएको उल्लेख गर्दै पार्टीका नेता, कार्यकर्ताहरुले पनि जनाधार निर्माणमा विशेष ख्याल राख्नुपर्ने बताए ।

उनले भने, ‘आज हाम्रो समस्या के हो भने–हामी हाम्रा धेरै कमरेडहरु, कार्यकर्ताहरु अलिकति धागो चुँडिएको चंगा जस्तो माथिमाथि मात्रै, तल जनाधार छैन । गएको २०७९ सालको निर्वाचनमा हामीले एउटा नारा दिएको थियौं–म नै जिताउुँछु मेरो वडा । देशमा ६ हजार ७४३ वडा छन् । हाम्रो कम्तिमा पनि ८० प्रतिशत भन्दा बढी वडामा बलियो जनाधार छ । हाम्रो संगठन छ । वडा कमिटीहरु छन । प्रत्येक नेताले आफ्नो वडा जिताई दिएको भए त दीग्विजयनै हासिल गथ्र्यौं त हामीले । तर हामी कतिपय केन्द्रिय सदस्य हुँला, कतिपय पदाधिकारी हुँला, कति जिल्लाका नेताहरु हुँला–जसले आफ्नो वडा समेत जिताउन सक्दैनन् । कुरा चाहीँ ठूल्ठूला गर्दछन् । त्यसले गर्दा जनतासँग जोडिने कुरा ज्यादै महत्वपूर्ण कुरा रहेछ ।’

उपमहासचिव ज्ञवालीले नीति, विधि र व्यवहार सबै हिसावले जनतासँग एकाकार भएर मात्रै पार्टीलाई अघि बढाउन सकिने भएकाले सिंगो पार्टी पंक्ति सोहीअनुसार परिचालन हुन आवश्यक रहेको बताएका छन् ।


प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?